सडकका माटो थुपार्दा दुर्घटना बढने जोखिम

नवलपरासी,३२ असार
जिल्लाको महेशपुर —त्रिवेणी सडकमा जथाभावी माटो थपुारेर अवरोध भएकोले दुर्घटनाको जोखिम बढदै गएको स्थानियले बताएका छन् । सडक स्तरोन्नती गर्ने ठेक्का लिएको ठेकेदारले सडक किनारामा माटो खसाल्नु पर्नेमा सडक नै छेक्ने गरी माटो राखेको र हप्तौसम्म माटो राखिएको थप्रो ब्यवस्थान नगर्दा अहिले सडकमा दुर्घटनाको जोखिम बढाएको स्थानियले बताएका हुन् ।
सडक किनारमा खाल्टा छन्,माटो खाल्टोमै राख्दा पनि हुने हो,तर ठेकेदारको लापर्वाहीले सडकमा आउ जाउ गर्ने मोटरसाईकल,साईकल,पैदरयात्री र अन्य सवारीसाधनसँगै चौपाया जनावर समेत हिड्ने गर्छन्,त्यसैमा माटो राखिर सडक साँघुरो बनाउदा सडक दुर्घनाको जोखिम बढेको पाल्हीनन्दन गाउपालिका वार्ड नं १ शंकरपुरका स्थानिय चुल्हाई यादवले बताए । एक लैनको सडक छ,त्यसमा पनि सडक वरिपर गहिरो खाल्टाहरु छन्, उनले माटोको थप्रो देखाउदै भने,यस प्रति ठेकेदारको ध्यान गएको छैन् ।
सवारी साधन देख्ने र जाँच्ने प्रहरीले पनि सडकको अवस्था देख्न सकेको छैन् । लुम्बिनी प्रदेश सरकारले सडकको स्तरोन्नती गर्नका लागि ठेक्का लगाएको छ । ठेकेदार को हो ? आफुहरुलाई थाहा छैन् । यसका लागि गाउपािलका,प्रदेश साँसद र अन्य सरोकारवाला कार्यालयले पनि ध्यान दिइनु पर्ने उनको भनाई थियो । झरही पुल देखी पश्चिम रमपुरवा जाने सडकमा यस्ता अब्यवस्थित माटोले समस्या गराएको यात्रुहरुले पनि बनाएका थिए । एक तर्फबाट आउने सवारी साधान विपरित दिशाबाट यदि आर्को सवारी साधन आई दिएमा अन्य यात्रुलाई जाने स्थान नै नभएको उनले देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *