
नवलपरासी, २५ असार
नेपाल–भारत सीमामा रहेको महेशपुर भन्सार नाकामा प्रभावकारी प्लान्ट क्वारेन्टाइन (वनस्पति संगरोध) सेवा नहुँदा भारतबाट भित्रिने ताजा तरकारी तथा फलफूल गाडिनु परेको छ । प्लान्ट क्वारेन्टाईन नहुदा भन्सार गर्न नमिल्ने र भन्सार विनाका तरकारी फलफूल प्रहरीले बरामद गरि भन्सार बुझाउदा गाडिनु पर्ने समस्या दिन प्रति दिन बढ्दै गएको हो ।
आवश्यक वनस्पति स्वास्थ्य परीक्षणको व्यवस्था नहुँदा भारतीय बजारबाट ल्याइने तरकारीमा यस्ता समस्या देखिन थालेको उपभोक्ता तथा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन ्। किसानले परिश्रम गरेका उत्पादन परिक्षणको अभावमा गाडिनु पर्दा उपभोतmालाई पनि असर पर्ने गरेको स्थानिय लक्ष्मि हरिजनले बताए । भन्सारमा प्लान्ट क्वारेन्टाईन नहुदासम्म तरकारी तथा फलफूलको क्वारेन्टाईन परिक्षण हुदैन,उनले भने, परिक्षण नहुदा भन्सार हुदैन । जस्ले गर्दा तरकारी तथा फलफूल खान योग्य भए पनि बैद्यताका कारण गाडिुन परेको छ । यस्ले उत्पादक र उपभोतmा दुबैलाई नोक्सानी ब्यहोर्न परेको उनका ेभनाई थियो ।
उनका अनुसार हालै मात्र सशस्त्र प्रहरी बल सीमा सुरक्षा प्रस्तावित गुल्म हरपुरले भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको ताजा तरकारी नियन्त्रणमा लिई नष्ट गरेको छ । सशस्त्र प्रहरी बलका वरिष्ठ हवलदार हरिराम लोहारको कमान्डमा खटिएको टोलीले सीमावर्ती क्षेत्रबाट शंकास्पद रूपमा ल्याइँदै गरेको ताजा तरकारी तथा फलफूल नियन्त्रणमा लिएको थियो । बरामद गरिएका तरकारी तथा फलफूलको करिब १ लाख १७ हजार रुपैयाँ रहेको जनाइएको थियो । नियन्त्रणमा लिइएको सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी महेशपुर भन्सार कार्यालयमा बुझाइएको थियो ।
महेशपुर भन्सार कार्यालयका सुब्बा लेखनाथ भण्डारीको रोहवरमा उक्त तरकारी तथा फलफूल झरही नदीको किनारमा लगेर नष्ट गरिएको जनाइएको थियो । भन्सार कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा सम्बन्धित पक्षको उपस्थितिमा बरामद सामग्री नष्ट गरिएको थियो । सीमा क्षेत्रमा अवैधरूपमा भित्रिने तरकारीमा रोग तथा कीरा लागेको हुन सक्ने, अत्यधिक विषादी प्रयोग गरिएको हुन सक्ने वा नेपालमा प्रतिबन्धित रसायनको अवशेष हुन सक्ने सम्भावना रहने भएकाले प्लान्ट क्वारेन्टाइन परीक्षण अत्यन्त आवश्यक मानिन्छ । तर महेशपुर नाकामा यस्तो सेवा प्रभावकारी रूपमा सञ्चालनमा नहुँदा सुरक्षाकर्मीले नियन्त्रणमा लिन नसकेका तरकारी सहजै बजारसम्म पुग्न सक्ने अवस्था रहेको सरोकारवालाको भनाइ छ ।

कृषि क्षेत्रमा कार्यरत जानकारहरूका अनुसार विदेशबाट आयात हुने बोटबिरुवा, फलफूल तथा तरकारीको वनस्पति स्वास्थ्य परीक्षण नगर्दा नयाँ रोग, कीरा तथा संक्रमण नेपाल भित्रिने जोखिम रहन्छ। यसले नेपाली कृषि उत्पादनमा दीर्घकालीन असर पार्न सक्ने भएकाले सीमावर्ती नाकामा प्लान्ट क्वारेन्टाइन सेवा अनिवार्य रूपमा सञ्चालन हुनुपर्ने उनीहरूको सुझाव छ । उपभोक्ता अधिकारकर्मीहरूले पनि खाद्य सुरक्षा र जनस्वास्थ्यका दृष्टिले सीमा नाकामा कडाइ गर्नुपर्ने आवश्यकता औँल्याएका छन ्। परीक्षणबिनै बजारमा पुग्ने तरकारीमा प्रयोग भएका विषादीको मात्रा, उत्पादनको गुणस्तर तथा स्वास्थ्य मापदण्डबारे कुनै सुनिश्चितता नहुने भएकाले सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्ने उनीहरूको धारणा छ ।
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा अवैध आयात नियन्त्रणका लागि नियमित गस्ती तथा निगरानीलाई निरन्तरता दिएको जनाएको छ । खुला सीमाको फाइदा उठाउँदै चोरीपैठारी गर्ने समूह सक्रिय रहेकाले स्थानीयवासीको सहयोगसहित निगरानी अझ प्रभावकारी बनाइएको सुरक्षा स्रोतले जनाएको छ । महेशपुर नाका हुँदै दैनिक रूपमा तरकारी, फलफूल तथा अन्य कृषि उपज अवैधरूपमा भित्र्याउने प्रयास हुने गरेको सुरक्षा निकायको भनाइ छ । कतिपय अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिए पनि केही सामग्री विभिन्न वैकल्पिक बाटो प्रयोग गरी बजारसम्म पुग्ने गरेको आशंका व्यक्त गरिएको छ ।
स्थानीयवासीले महेशपुर भन्सार नाकामा स्थायी र प्रभावकारी प्लान्ट क्वारेन्टाइन सेवा सञ्चालन गर्न, कृषि तथा वनस्पति स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन, सीमा क्षेत्रमा संयुक्त अनुगमन बढाउन तथा अवैध आयातमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनीहरूका अनुसार यसबाट नेपाली किसानको संरक्षण हुनुका साथै उपभोक्ताले सुरक्षित खाद्य सामग्री उपभोग गर्न पाउने वातावरण पनि सुनिश्चित हुनेछ । सीमावर्ती क्षेत्रमा अवैध कृषि उपजको ओसारपसार रोक्न सुरक्षा निकायको सक्रियता प्रशंसनीय भए पनि दीर्घकालीन समाधानका लागि प्लान्ट क्वारेन्टाइन सेवा विस्तार, प्रभावकारी भन्सार व्यवस्थापन तथा सम्बन्धित निकायबीच समन्वय अझ सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
महेशपुर भन्सार २०७७ सालमै तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले मुलनाकाको रुपमा स्थापित गरि उदघाटन समेत गरेका थिए । तर हालसम्म सो भन्सारमा प्लान्ट क्वारेन्टाईन स्थापना हुन नसक्नु दुःखद भएको हाटबजार ब्यावसायी जिल्ला समन्वय समिति नवलपरासीका अध्यक्ष समेत रहेका ब्यवसायी राधेश्याम अग्रहरीले बताए । सरकारले एका तिर जाँच परिक्षणका लागि क्वारेन्टाईन स्थापना नगर्नु आर्को तर्फ आर्को तर्फ दैनिक उपभोग्य बस्तुको रुपमा रहेको तरकारी तथा फलफूल आशंकाको नाममा बरामद गरि गाडिने गरेको छ । सरकारले आफ्नो कमजोरी पनि हेरिनु पर्छ, उनले भने, किसान र उपभोतmालाई राहत पुग्ने कार्य माथि निर्ममता देखाउने कार्य सरकार गलत गरि रहेको छ ।
