संस्कारयुक्त शिक्षा र नैतिक मूल्य विकासका लागि विद्यार्थीलाई सरल पठनीय श्रीमद्भगवद गीता वितरण

नवलपरासी,२८ जेठ
जिल्लाकोे परासीस्थित सयपत्री माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ८ जना विद्यार्थीलाई सरल पठनीय श्रीमद्भगवद गीता वितरण गरिएको छ । विद्यार्थीहरूमा नैतिक शिक्षा, संस्कार, सकारात्मक सोच र जिम्मेवार जीवनशैलीको विकास गर्ने उद्देश्यले गीता परिवार नेपालले उक्त कार्यक्रम आयोजना गरेको हो ।
बिहीबार विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा गीता परिवार नेपालकी प्रमुख प्रशिक्षक अनामिका सिंहको नेतृत्वमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूलाई गीता हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई गीता केवल धार्मिक ग्रन्थ मात्र नभई मानव जीवनलाई सही दिशामा अघि बढाउने ज्ञानको स्रोत भएको सन्देश दिइएको थियो । पछिल्लो समय आधुनिक प्रविधिको तीव्र विकास, सामाजिक सञ्जालको बढ्दो प्रयोग र बदलिँदो जीवनशैलीका कारण बालबालिका तथा किशोरकिशोरीहरूमा नैतिक शिक्षा र संस्कारको पक्ष कमजोर बन्दै गएको चर्चा भइरहेका बेला विद्यालय तहबाट यस्ता जीवनोपयोगी कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको सहभागीहरूले बताएका छन ्। उनीहरूका अनुसार गीता अध्ययनले विद्यार्थीलाई आत्मअनुशासन, कर्तव्यबोध, धैर्यता र सही निर्णय क्षमताको विकास गर्न प्रेरित गर्दछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशिक्षक अनामिका सिंहले श्रीमद्भगवद गीता कुनै एक धर्म वा समुदायमा मात्र सीमित नभई सम्पूर्ण मानव समाजका लागि उपयोगी जीवनदर्शन भएको बताएकी थिईन् । उनले गीता जीवनका हरेक परिस्थितिमा कसरी धैर्यतापूर्वक निर्णय गर्ने, कठिनाइसँग कसरी जुध्ने र आफ्नो कर्तव्यप्रति कसरी इमानदार रहने भन्ने शिक्षा दिने अनुपम ग्रन्थ भएको उल्लेख गरेकी थिईन् । उनले विद्यार्थीहरूलाई सानै उमेरदेखि गीता अध्ययन र त्यसका शिक्षालाई व्यवहारमा उतार्न सके भविष्यमा आउने चुनौतीहरू सामना गर्न सहज हुने धारणा राखिन । “गीताले मानिसलाई आत्मविश्वासी, अनुशासित र जिम्मेवार बनाउँछ, उनले भनिन, यसले सकारात्मक सोचको विकास गर्नुका साथै नेतृत्व क्षमता अभिवृद्धि गर्न पनि सहयोग पु¥याउँछ,” ।

Health Advertisement
Health Advertisement

सिंहका अनुसार गीता अध्ययनले विद्यार्थीहरूमा मानसिक सन्तुलन कायम राख्न, तनाव व्यवस्थापन गर्न तथा आफ्नो लक्ष्यप्रति केन्द्रित हुन मद्दत पुग्छ । प्रतिस्पर्धात्मक युगमा ज्ञानसँगै नैतिक मूल्य र असल संस्कार पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै उहाँले शिक्षालाई केवल परीक्षा उत्तीर्ण गर्ने माध्यमका रूपमा नभई जीवन निर्माणको आधारका रूपमा लिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा विद्यालयका संस्थापक रामप्रसाद पाण्डेले वर्तमान समयमा प्रविधिको विकाससँगै बालबालिकाको जीवनशैलीमा तीव्र परिवर्तन आइरहेको बताउँदै यस्ता कार्यक्रमले उनीहरूलाई सही मार्गमा डो¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी थिईन् । उनले विद्यालयले औपचारिक शिक्षासँगै नैतिक, सामाजिक र सांस्कृतिक शिक्षालाई पनि प्राथमिकता दिँदै आएको जानकारी गराएका थिए । संस्थापक पाण्डेका अनुसार राम्रो समाज निर्माणका लागि असल नागरिक आवश्यक पर्छ र असल नागरिक निर्माणको आधार विद्यालय तहबाटै सुरु हुनुपर्छ । “विद्यार्थीहरूमा संस्कार, अनुशासन र मानवीय मूल्य विकास गर्न सके मात्र शिक्षाको वास्तविक उद्देश्य पूरा हुन्छ । गीता जस्ता जीवनोपयोगी ग्रन्थले उनीहरूलाई सही बाटोमा अघि बढ्न प्रेरणा दिन्छ,” ।
गीता वितरण कार्यक्रम सफल बनाउन विद्यालयका संस्थापक रामप्रसाद पाण्डे, समाजसेवी अमरचन्द्र अग्रवाल तथा उमाशंकर उपाध्यायले विशेष सहयोग थियो। उनीहरूको सहयोगले विद्यार्थीहरूसम्म नैतिक शिक्षासँग सम्बन्धित महत्वपूर्ण सामग्री पु¥याउन सहज भएको विद्यालय प्रशासनले जनाएको छ । कार्यक्रममा सहभागी शिक्षकहरूले पनि गीता अध्ययनले विद्यार्थीहरूको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गरेका थिए । उनीहरूका अनुसार विद्यालयमा शैक्षिक उपलब्धिसँगै चरित्र निर्माणलाई पनि प्राथमिकता दिन आवश्यक छ । पाठ्यपुस्तकबाट प्राप्त ज्ञानसँगै जीवन जिउने कला सिकाउने ग्रन्थहरूको अध्ययनले विद्यार्थीहरूलाई परिपक्व र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
विशेष कुरा के छ भने प्रमुख प्रशिक्षक अनामिका सिंहले विगत तीन महिनादेखि विद्यालयमा साप्ताहिक रूपमा प्रत्यक्ष तथा दैनिक रूपमा अनलाइन माध्यमबाट सरल पठनीय गीता सम्बन्धी कक्षा सञ्चालन गर्दै आएकी छिन् । नियमित कक्षाका माध्यमबाट विद्यार्थीहरूलाई गीता अध्ययन, त्यसका श्लोकहरूको सरल व्याख्या तथा व्यवहारिक प्रयोगबारे जानकारी दिइँदै आएको छ । विद्यालयका अनुसार गीता शिक्षा प्रति विद्यार्थीहरूको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । धेरै विद्यार्थीहरूले गीता अध्ययनबाट आफूहरूमा सकारात्मक सोच, आत्मविश्वास र अनुशासनको भावना विकास भएको अनुभव सुनाउने गरेका छन । यसले विद्यालयमा नैतिक तथा आध्यात्मिक शिक्षाप्रतिको रुचि थप विस्तार हुँदै गएको देखिएको छ । कार्यक्रममा सहभागी अभिभावक तथा सरोकारवालाहरूले पनि बालबालिकाको सर्वाङ्गीण विकासका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताएका थिए। उनीहरूका अनुसार बदलिँदो सामाजिक परिवेशमा बालबालिकालाई असल संस्कार र नैतिक मूल्यसँग जोड्न सके भविष्यमा सभ्य र जिम्मेवार समाज निर्माण गर्न सहज हुनेछ ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले यस्ता गतिविधिलाई एकदिने औपचारिक कार्यक्रममा सीमित नराखी निरन्तर रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । विद्यालय, अभिभावक र सामाजिक संघसंस्थाबीचको सहकार्यबाट नैतिक शिक्षा प्रवद्र्धनका कार्यक्रम विस्तार गर्न सके विद्यार्थीहरूमा सकारात्मक सोच, कर्तव्यबोध, सहिष्णुता र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो । गीता परिवार नेपालको यो अभियानले पश्चिम नवलपरासीमा विद्यालयस्तरमै नैतिक तथा जीवनोपयोगी शिक्षाको प्रवद्र्धन गर्न नयाँ सन्देश दिएको छ। ज्ञान, संस्कार र चरित्र निर्माणलाई सँगसँगै अघि बढाउने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यमा सक्षम, जिम्मेवार र नैतिकवान नागरिकका रूपमा स्थापित हुन प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *