
नवलपरासी,२० जेठ
जिल्लाको सिमसार क्षेत्रहरू विस्तारै सुक्दै जाँदा दुर्लभ मानिने सारस चराको अस्तित्व संकटमा पर्न थालेको महशुस गर्दै अहिले डिभिजन बन कार्यालयको सहयोगमा सारस देखिने क्षेत्रमा सचेतना अभियान शुरु गरिएको छ । स्थानिय वातावरणिय प्रदुषण चेतना र न्युनिकरणका लागि राष्ट्रिय संगठन (नारेप) को सहकार्यमा सो अभियान शुरु गरिएको सस्थाका उपाध्यक्ष हैदर अलि मोमिनले बताएका हुन्
उनका अनुसार हाल जिल्लाको नन्दन ताल क्षेत्र रहेको रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिकासँगै पिडुरा झरही दोभान गोही आरक्ष क्षेत्र जोडिएको सरावल गाउपालिकामा उतm अभियान सञ्चालन भएका छन् । रामग्राम १७ बरारीमा पहिलो कार्यक्रम गरि अभियानको शुभारम्भ गरिएको हो,अलिले भने,नन्दन ताल भएको पाल्हीनन्दन ६ सनईमा पनि सचेतना कार्यक्रम गरिएको छ। कार्यक्रम गर्दा सहभागिहरुले अज्ञानताबस ताल क्षेत्रमा धान खेतमा सारसले फूल पार्ने क्षेत्र रहेको र केहीले फूल खोज्दै ल्याउदै पकाएर खाने जस्ता घटना सुनाएका थिए ।
यि कार्य अब देखी नगरिने प्रतिवद्धता समेत सहभागिहरुले जनाएका थिए । त्यसै गरि उतm ताल क्षेत्रमा अहिले पनि करिब ४० जोडी सारस रहने गरेको सो वार्डका वार्डअध्यक्ष कृष्णचन्द्र यादवले सुनाए । दिनभरि जहाँ सुकै सारसहरु चर्न जाने तर रातीको बेला सुत्न भनेर नन्दन ताल क्षेत्रमै आउने गरेका छन् । यसलाई संरक्षण गर्नु धेरै नै आवश्यक रहेको सुनाएका थिए । सारस संरक्षणका लागि यो बर्ष देखी सचेतना अभियान स्थानिय संस्था नारेपको सहयोगमा थालिएको डिभिजन बन अधिकृत राजु क्षेत्रीले बताए । तिन पालिकाको विभिन्न ६ स्थानमा स्थानिय भाषा भोजपुरी,नेपाली र अग्रेजी भाषामा होर्डिगँबोर्ड राखिएका छन् । सबै क्षेत्र समेटेर डकुमेन्ट्री पनि बनाउने कार्य भई रहेको छ । तिनै पालिकामा सचेतना गोष्ठिहरु हुदैछन् ।
केही वर्षअघिसम्म धानखेत, पोखरी र दलदली क्षेत्रमा सहजै देखिने सारस अहिले भने कम मात्रामा देखिन थालेपछि स्थानीयवासी, संरक्षणकर्मी र वातावरणविद्हरू चिन्तित बनेका छन ्। सिमसार क्षेत्रको अतिक्रमण, पानीको अभाव, विषादीको बढ्दो प्रयोग तथा जलवायु परिवर्तनका कारण सारसको प्राकृतिक बासस्थान खुम्चिँदै गएको हो । विशेषगरी धानखेती हुने खुला मैदान, पानी जम्ने खेत तथा साना पोखरी आसपास सारसले गुँड बनाउने र बच्चा हुर्काउने गथ्र्यो। तर पछिल्ला वर्षमा सिमसार क्षेत्र सुक्न थालेपछि सारसको संख्या घट्दै गएको स्थानीय बताउँछन् ।
तिन चार दशक पहिला प्राय सबै जसो गाँउको छेउछाउमा ताल तलैया र पोखरी हुने गरेको थियो, पाल्हीनन्दन गाउपालिकाका सम्पुर्णानन्द गिरीले भन्छन्,अहिले अधिकाँस ताल तलैया सुक्दै गयो,यस्को प्रत्यक्ष असर जलचरसँगै जलचरलाई नै आहारा बनाउने सारस समेत संकटमा पर्न थालेका छन् । पुर्व भु संरक्षण अधिकृत समेत रहेका गिरीले विगतमा जिल्ला जिल्लामा सरकारले भु संरक्षण तथा जलाधार ब्यवस्थापनमा काम गर्ने भु सरक्षण कार्यालय समेत राखेको थियो । अहिले ति कार्यालयहरु समेत खुम्चिएका छन् ।
सरकारी अतिक्रमण मात्रै नभई ब्यतिmको अतिक्रमण पनि तिनै सिमासार र जलाधार क्षेत्र हुने गरेको उदाहरण जिल्लाकै ठूलो रामसारमा सुचिकृत १ सय विघामा फैलिएको नन्दनताल समेत अतिक्रमण भई खेतीपाती हुने गरेको दृष्टान्त उनी सुनाउछन् । आफु जिल्लामा भु संरक्षण अधिकृत हुदा तालको स्वरुप फर्काउन केही पोखरीहरु खनेर पानी जम्ने अवस्था सृजना गरेको थिए,तर अहिले ति सबै पुरेर फेरी खेती हुन थालेका छन् । सबै सिमसार र जलाधार क्षेत्र पुरिदै खेती र पुर्वाधार बनाउदा पानीको पुर्नभरण(रिचार्ज) नभएर चापाकलमा पानी समेत आउन छाडेका छन् । यस्ले सिमसार र जलाधार नै सारसको बाच्ने आधार बिलय हुदै जादा सारस संकटमा पर्नु स्वभाविक भएको उनी बताउछन् ।
पोखरी सुक्दै गयो, खेतमा पानी कम भयो, त्यसैले चराहरू हराउन थाले।”जिल्लामा रहेका धेरै प्राकृतिक पोखरी तथा सिमसार अहिले अतिक्रमणको चपेटामा छन्। कतै घर निर्माणका लागि पुरिने, कतै सडक विस्तारका क्रममा मासिने तथा कतै फोहोर फाल्ने स्थलमा परिणत हुने क्रम बढेको छ। सिँचाइका लागि अत्यधिक मात्रामा भूमिगत पानी निकालिँदा पनि सिमसार क्षेत्रको जलस्तर घट्दै गएको स्थानीय बताउँछन ्। सारस चराको जीवनशैली नै सिमसारसँग जोडिएको हुन्छ । यसले उथलो पानी भएको क्षेत्रमा कीरा, माछा, भ्यागुता तथा खेतबारीमा पाइने साना जीवजन्तु खाने गर्छ।
चराविद्हरूका अनुसार सारस नेपालमा पाइने सबैभन्दा ठूलो उड्ने चरामध्ये एक हो। लामो खुट्टा, रातो घाँटी र जोडीमा बस्ने स्वभावका कारण यो विशेष आकर्षणको केन्द्र मानिन्छ। सारसलाई प्रेम र निष्ठाको प्रतीकका रूपमा पनि लिने गरिन्छ। तर अहिले मानव गतिविधिका कारण यसको सुरक्षित बासस्थान लगातार घटिरहेको छ । कतिपय अवस्थामा विषादीकै असरले चल्ला मर्ने तथा अण्डा नष्ट हुने समस्या देखिएको संरक्षणकर्मीहरू बताउँछन ्। जलवायु परिवर्तनले पनि समस्या थपिएको छ । असमयमा वर्षा हुने, लामो समय खडेरी पर्ने तथा तापक्रम बढ्ने अवस्थाले सिमसार छिट्टै सुक्न थालेका छन ्। पहिले वर्षभरि पानी रहने पोखरी अहिले गर्मीयाम सुरु नहुँदै सुक्ने गरेका छन्। यसले सारस मात्र होइन, अन्य जलचर तथा चराचुरुङ्गीसमेत प्रभावित भएका छन ्।
संरक्षणकर्मीहरूका अनुसार सारस केवल एउटा चरा मात्र नभई स्वस्थ वातावरणको संकेत पनि हो। जहाँ पानी, हरियाली र जैविक विविधता सुरक्षित हुन्छ, त्यहाँ सारस बस्न सक्छ। त्यसैले सारस जोगाउनु भनेको सम्पूर्ण सिमसार र पर्यावरणीय प्रणालीको संरक्षण गर्नु हा े। वातावरणविद्हरू दीर्घकालीन योजना बनाएर सिमसार पुनःस्थापना गर्नुपर्नेमा जोड दिन्छन्। प्राकृतिक पोखरी संरक्षण गर्ने, वर्षाको पानी संकलन गर्ने, विषादीको प्रयोग घटाउने तथा समुदायलाई संरक्षणमा सहभागी गराउने हो भने सारसलाई जोगाउन सकिने वातावरण क्षेत्रमा काम गर्दै आएको वातावरणिय प्रदुषण चेतना र न्युनिकरणका लागि राष्ट्रिय संगठन (नारेप) का अध्यक्ष सुदर्शन खरवार को भनाइ थियो ।
