रामग्रामको संघाराम पोखरी संरक्षणमा डिभिजन बनको चाँसो

नवलपरासी,१७ जेठ
भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपकै अभिन्न अंग मानिने संघराम क्षेत्रको प्राचीन पोखरी संरक्षणमा डिभिजन बन कार्यालयले चाँसो लिएको छ । जैविक विविधता संरक्षण,जलस्रोतको उपकरणसँगै बौद्ध तिर्थयात्रीका लागि अध्यात्मिक अभ्यास गर्ने स्थल भएको संघाराम प्राचीन पोखरी संरषण गर्न डिभिजन बन अधिकृत राजु क्षेत्रीले स्थलगत अवलोकन गर्दै संरक्षणमा चाँसो लिएका हुन् ।
विगत बर्ष देखी नै उतm पोखरीको संरक्षण गरिनु पर्ने त्यहाँ आउने बौद्ध भिच्छुले पनि चाँसो देखाएका थिए । जुन अहिले जिल्लाको सरोकारवाला सरकारी निकाय डिभिजन बन कार्यालयले तत्काललाई ३ लाख रुपिया लगानी गरि पोखरीको संरक्षण कार्य गरिने क्षेत्रीको भनाई थियो । यसका लागि एक विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) गराउन आवश्यकता औल्याउदै उनले डिपिआर पछि क्रमशःयसलाई प्राचीनता झल्किने मौलिक रुपमा ब्यवस्थापन र संरक्षण गर्न सकिन्छ । यसका लागि रामग्राम नगरपालिकाले डिपिआरसम्मको कार्य गर्नु पर्ने आवश्यकता औल्याएका थिए ।
बौद्धकालिन उतm पोखरीमा तत्कालिन बौद्ध भिच्छुले स्नान गर्ने,साधना गर्दै आएको अध्यात्मिक पोखरी रहेको भन्दै बौद्ध भिच्छुको पनि चाँसो लिएका थिए । बुद्धसँगै यस पोखरी तथा संघारामको महत्व जोडिएको छ, सोही वार्डका वार्डअध्यक्ष कन्यैया मौर्यले भने,बुद्ध भिच्छुलाई अहिले पनि यो उत्तिकै अध्यात्मिक साधानका लागि उपयुतm देखिएको छ । उनका अनुसार बौद्धकालिन उतm पोखरीबाट केही प्राचीन बस्तु सिला पनि भेटिएको थियो ।
उतm सिला पोखरी किनारमा राखिएको छ । विगतमा गाउघरका भैसीहरु नुहाउन लैजाने,खेतीपातीमा सिचाई गर्न प्रयोग गर्दै आएको उतm पोखरीलाई अहिले विभिन्न क्षेत्रबाट चाँसो बढदै गएको छ, उनले भने,संघाराममा बास बस्ने बौद्ध भिच्छुले उपयोग गर्ने उतm बौद्धकालिन पोखरीको संरक्षणमा वार्ड स्तरबाट सम्भव हुने संरक्षणका काम भई रहेको रामग्राम १७ का वार्ड अध्यक्ष मौयले जानकारी गराएका थिए । तर सबै ब्यवस्थापनका कार्य वार्ड स्तरबाट मात्रै गरेर सम्भव देखिदैन,यसका लागि नगरपालिका,प्रदेश सरकार र संघिय सरकारले समेत काम गरिनु पर्ने आवश्यकता छ ।
रामग्राम स्तुप नजिक र बौद्धकालिन प्राचीन समाग्रिहरु समेत फेला पर्ने गरेको छ । स्तुप देखी पुर्वमा रहेको देवगाव नै संंघराम भएको पहिचान पछि संघराम स्थल र पोखरीको समेत संरक्षण कार्य भई रहेको वार्ड अध्यक्ष मौर्यले बताए । सो स्थानमा पुरातत्व विभागले पनि प्राचीन स्मारक भनेर उल्लेख गर्दै सुचना बोर्ड राखेको छ । बुद्धकाल कै पोखरी पनि हो, उनले भने, यसको संरक्षणका लागि आफु लागि परेको छु । ५ विघा क्षेत्रफलमा उतm प्राचीन पोखरी रहेको छ, उनले थपे,अहिले पोखरीको पश्चिम तर्फको तटबन्ध गरि ९० मिटर पक्कि ढलान गरि संरक्षण गरिएको छ,क्रमशः यसलाई विस्तार गर्दै संरक्षण गर्दै लैजाने लक्ष्य रहेको छ ।
बौद्ध संस्कृति र इतिहास अनुसार संघराम (संस्कृतः संघाराम संघाराम) ले “मन्दिर“ वा “मठ“ लाई जनाउँछ । यो त्यो ठाउँ हो, यसको बगैंचा वा ग्रोभ सहित, जहाँ बौद्ध भिक्षु समुदायको संघ बस्छ । तत्कालिन मगधको राजधानी पाटलिपुत्रमा रहेको कुक्कुटुर संघरामको एउटा प्रसिद्ध संघराम थियो । दोस्रो शताब्दीको अशोक वादनका अनुसार, कुक्कुटुर संघराम पछि नष्ट भयो र यसका भिक्षुहरूलाई मौर्य वंशका अन्तिम राजा वृहद्रथको हत्या पश्चात उनका सेनापति पुष्यमित्रले मारे । “त्यसपछि राजा पुष्यमित्रले चार गुणा सेना सज्जित गरे, र बौद्ध धर्मलाई नष्ट गर्ने उद्देश्यले, उनी कुक्कुटराम गए । त्यसैले पुष्यमित्रले संघरामलाई नष्ट गरे, त्यहाँका भिक्षुहरूलाई मारेर गए ।
मौर्य बंशका आफ्ना राजा वृहद्रथको हत्याको प्रतिसोध पाटलीपुत्रका प्रजाले लिन सक्ने खत्तरा महशुस गरेर पुष्पमित्र सुंघले आफ्नो राजधानी उज्जैनमा सारेका थिए । सम्भवतः तिनी पुष्पमित्रकै सेनाले रामग्रामको संघाग्राम भएको देवगावका भिच्छुलाई मारेर भगाएको हुन सक्ने अनुमान पनि छ । उजैनबाट आउने वृहद्रथका सेना रामग्राम स्तुप नजिकै बस्ने हुदा नजिकै उजैनी गाँउ रहेको अनुमान गर्न सकिन्छ । स्तुप भएको गाँउ देउरवा हो,संघराम भएको गाउ देवगाव हो । संघरामको पहिचान पछि अब बौद्ध भिच्छुको गतिविधि यहाँ पनि गरिने योजना समेत उनले सुनाएका थिए । बौद्धकालिन इतिहासमा संघरामको पनि ठूलो महत्व हुने गर्छ ।
संघरामसँगै जोडिएको स्थानमा बौद्ध भिच्छु तथा पर्यटकका लागि कोरियन नागरिकले पनि आवास स्थान निर्माण गरिरहेको छ । संघरामको महत्व सायद उनीहरुले बुझेको हुनु पर्ने र त्यसलाई नै निरन्तरता दिनका लागि ठूलै भवन सहितको विहार निर्माण गरिरहेको स्थानियले बताएका थिए । रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्तुप मध्ये यो रामग्राम स्तुप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ, र आर्को देवलोकमा अवस्थित छ ।
पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तुप क्षेत्र दुर्लभ स्थान हो । विश्वसम्पदा सुचिको प्रकृयामा रहेको रामग्राम स्तुप क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्व विभाग पनि काम गरि रहेको छ । सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो । त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाएका थिए । भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरुले ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक,पुरातात्विक,ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रुपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोक मौर्यले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरुको आग्रहमा रामग्राम स्तुप उत्खनन नगरि फर्केका थिए । त्यो भएर पनि यो रामग्राम स्तुप संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ ।
प्रतापपुर गाउपालिकाको सहयोगमा पाँच दिने योग शिविर सञ्चालन
नवलपरासी,१७ जेठ
जिल्लाको प्रतापपुर गाउपालिका १ भिट्ठामा पाँच दिवसिय योग शिविर सञ्चालन भएका छन् । योगको माध्यमले मानिसको शारिरिक तथा मानसिक स्वास्थ्यमा योगदान पुर्याउने हुदा योगबारे जानकारी गराउने उदेश्यले सो शिविरको आयोजना गरिएको हो ।
प्रतापपुर गाउपालिकाको सहयोगमा गोपीगँज बजार विकास समितिले उतm शिविरको आयोजना गरेको गाउपालिकाले जनाएको हो । योगका सबै विधि,प्रकृयाहरु पताञ्जली योगको रहने हुदा त्यसको सहकार्य पताञ्जली योग सेवा केन्द्र गोपीगँजको सहकार्यमा शुरु गरिएको छ । जेठ १७ गते देखी २१ गतेसम्म उतm योग शिविर सञ्चालन हुने छन् ।
योगका आधारभुत नियम,विधि,समय सिमा लगायतका कुरालाई सैद्धान्तिक तथा प्रयोगात्मक गराई सिकाईने गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताएका थिए । योगलाई पनि जनस्वास्थ्यको एक आधारभुत तत्व हो,भनेर नै गाउपालिकाले आफ्ना स्वाीथ्य सेवासँगै योग सेवालाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको छ । शिविरमा योगका प्रशिक्षित योग्य गुरुहरुबाट मार्गनिर्देशनसँगै योग शिक्षा र अभ्यास गराईने छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *