रामग्रामका दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि

नवलपरासी,१० जेठ
जिल्लाको रामग्राम नगरपालिकाका दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ । जागरण मिडिया सेन्टरले ति दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रमको आयोजना गरि नगरसभामा दलित महिला जनप्रतिनिधिको अर्थपुर्ण सहभागिता हुनु पर्नेमा जोड दिएको हो ।
हालसम्म एक दिनको नगरसभा त्यसमा पनि एक घण्टामै सभा सकाउने परिपाटीले दलित जनप्रतिनिधि उपस्थित हुने र हाजिरी गर्नु पर्ने बाहेकका अन्य कुनै काम गर्न नपाएको गुनासो गरेका थिए । समान्य कुरा उठाउदा सुक्ष्म रुपमा मासिक सेवा सुविधा लिन छैन ? भन्दै त्रास दिईने पनि काम नगरपालिका नेतृत्वबाट आउने गरेको उनीहरुले सुनाएका थिए । दलित जनप्रतिनिधि देखाउनलाई मात्र रहेका छन्,आफ्ना वार्ड अध्यक्षले भनेको स्थानमा हस्ताक्षर गर्ने कार्य मात्र रहेको अधिकाँस दलित महिला जनप्रतिनिधिहरुको गुनासो रहेको थियो । दलित महिलाबाट कम्तीमा एक जना कार्यपालिकामा समेत समेटिनु पर्ने संवैधानिक तथा कानुनी अधिकार भए पनि रामग्राम नगरपालिकाको कार्यपालिकामा दलित प्रतिनिधि सुन्य छन् ।
बन्द कोठामा सभा गर्ने र पछि पत्रकार सम्मेलन गरि सभाका निर्णय सुनाउने परिपाटी रहेको रामग्राम नगरपालिकाका दलित जनप्रतिनिधिहरुले आफ्नो काम कर्तब्य अधिकारबारे नै अनभिज्ञता प्रकट गरेका थिए । झण्डै एक अर्ब बजेट बनाउदै आउने रामग्राममा दलित लक्षित कति बजेट विनियोजन छ ? भन्ने कुरा समेत थाहा नभएको सुनाएका थिए । यस्ता क्षमता अभिवृद्धि कार्यक्रम पहिला नै दिईनु पर्ने उनीहरुको भनाई थियो । कार्यक्रम प्रश्चात दलित जनप्रतिनिधि चन्द्रभामा हरिजनको नेतृत्वमा दलित महिला जनप्रतिनिधि सञ्जाल गठन समेत गरेका छन् । कार्यक्रममा प्रशिक्षण दिदै प्रशिक्षक अधिवतmा मनोज नागबंशीले दलित माथि पौराणिक काल देखी नै छलकपट हुदै आएको र अहिले आधुनिक कालमा समेत दलितहरु गैरदलितको छलकपट कृत्यको शिकार हुन परेको बताएका थिए ।
संविधान,कानुनले दिइएको अधिकार कार्यान्वय हुदैन भने थप दलित मैत्री कार्यक्रम कसरी बनाउछन ? उनले दलित आन्दोलनको परिणाम स्वरुप राज्यमा दलितको केही मात्रामा सहभागिता गराईएको भए पनि निर्णय प्रकृया बाहिर नै राख्नका लागि विभिन्न छलकपट अहिले पनि हुने गरेको छ । यसका लागि दलित महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धि अति नै आवश्यक रहेको औल्याएका थिए । सदियौ देखीको शोषणमा रहेका दलित जनप्रतिनिधिलाई मिडियाले सहयोग र सहजीकरण गर्नु पर्ने जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले बताएकी थिईन् । दलित महिला जनप्रतिनिधिहरु आवश्यकता महशुस गरेको जुन सुकै बेला जागरण मिडिया सेन्टर लुम्बिनी प्रदेश संयोजक विनोद परियारले बताएका थिए ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *