नेपाल गण्डक नहरमा जेठ १५ गते देखी पानी प्रवाह हुने

नवलपरासी, ९ जेठ
गण्डक सिचिँत(कमाण्ड क्षेत्र)का किसानका लागि नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा जेठ १५ गते देखी पानी प्रवाह गरिने भएको छ । बर्षेबाली धानखेती लक्षित सिचाईका लागि नहरमा पानी प्रवाह गर्नका लागि भारतिय पक्षसँग कुरा अगाडी बढाइएको र जेठ १५ गते नै पानी प्रवाह गरिने सिचाई प्रणाली ब्यवस्थापन कार्यालय सेमरीले जानकारी गराएको हो ।
नेपाली नहरको सफाई भई रहेको हुदा सफाई कार्य सकिने वित्तिकै नहरमा पानी प्रवाह हुने कार्यालय प्रमुख तिलकराम बुढाथोकीले बताए । विगतमा बोरिगँ पाम्पिगँसेटका लागि आवश्यक इन्धन सस्तो भएकोले नहरको पानीमा धेरै चाँसो नभए पनि यो बर्ष डिजल,पेट्रेलको भाउ बढेर भुमिगत सिचाई भन्दा सतही नहर सिचाई प्रति नै निर्भर हुने किसानले नहरमा पानी प्रवाह छिट्टै हुनु पर्ने माग समेत गर्न थाले पछि अहिले सिचाई ब्यवस्थापन कार्यालय पनि पानी प्रवाहका लागि चाडै नै सक्रिय भई रहेको छ ।
ब्यवस्थापन कार्यालयका अनुसार नहरमा पानी प्रवाहका लागि गण्डक ब्यारेजका ढोकाहरु बन्द गर्ने(सर्टडाउन) गरि पानीको सतह निर्धारण गर्न केही समय लाग्ने भएको हुदा त्यसका लागि पनि गण्डक परियोजना कार्यालय बाल्मिकी नगरसँग पहल भई रहेको छ । गण्डक बाँधको सञ्चालन नै भारतिय पक्षको हातमा रहेको छ,उनले भने,त्यसैले हामीले नेपाली नहरमा पानी प्रवाहका लागि पनि भारतिय पक्षसँग आग्रह गर्नु पर्ने हुन्छ । नेपाल भन्दा केही समय ढिलो गर्ने गरेको हुदा भारतिय पक्षले आफु अनुकुल नै गण्डक बाँध सञ्चालन गर्न चाहन्छ । तर नेपालीलाई चाडै नै पानीको आवश्यकता पर्ने गर्छ,उनले भने, अब भारतको किसानसँग नै तालमेल मिलाई खेतमा विउँ छर्ने कार्य भयो भने सहज हुने थियो ।
केही किसानहरु चाडै नै धानबालीका लागि विउँ हाल्ने कारण सिचाई गर्ने बेला भई सकेको छ । उनीहरु बैकल्पिक बोरिगँ र पम्पिगँसेटको प्रयोग गरि सिचाई गर्न थालेका छन् । तर गण्डक सिचित(कमाण्ड) क्षेत्रमा अधिकाँस किसानले नहरकै पानी सिचाईमा प्रयोग गर्ने ब्यवस्थापन कार्यालयका प्रमुख बुढाथोकीले बताए । उनका अनुसार ब्यवस्थापन कार्यालयले नेपाली किसानलाई राहत पुग्ने गरि भारतिय पक्षसँग निरन्तर पहल गर्दै आएको छ । उनका अनुसार नहरको थुप्रै स्थानमा सफाई गर्ने कार्य पनि भई रहेका छन् । विगत भन्दा यो बर्ष नहरमा पानी प्रवाह ठिकै रहने दाबी उनको थियो । नहर २०३९ सालमा निर्माण भएको हो । जसको सिंचाई क्षमता ८ हजार ७ सय हेक्टर क्षेत्रफल हो ।
विगत बर्षमा नहरको मर्मत सम्भार एवं नहरमा बालुवा थुप्रिदै जादा क्षमताको २० प्रतिशत भूमिमा मात्रै सिंचाई हुँदै थियो । ४ बर्ष पहिला नहरमा ३५ करोड लगानी गरि नदिको बालुवा नहरमा जानबाट रोक्ने प्रविधि (डि सिल्ट्रेसन)का लागि सिल्ट बेसिन(बालुवा जम्मा हुने पोखरी)को निर्माण गर्नका लागि पहल भएको थियो । जस्को निर्माण सम्पन्न भई अहिले कार्यान्वयनमा ल्याइएको छ र अब यो नहर पूर्ण क्षमतामा सञ्चालन हुदैछ । जसका कारण अब साविकमा भन्दा नहरबाट पाँच गुणा बढि भूमिमा सिंचाई सुविधा उपलब्ध हुने छ । उक्त डिसिल्ट्रेसन सिल्टबेसिन निर्माण परियोजनाको गत बर्ष जेठ २६ गते नै उदघाटन भएको थियो ।
सिल्टले सधै नहर पुरिने अवस्थाको अन्त्य गर्न सिचाई बिभागले नहरको मुहानमा सिल्ट बेसिन बनाउन झण्डै ३५ करोडको डिपिआर गरेको थियो । डिपिआर अनुसार सिचाई प्रणालीले ठेक्का आह्वान गरेको थियो । सो ठेक्का भैरव नारायण जेभि नेपालले ३० करोड ४० लाख ४६ हजार ५ सय ६२ रुपियामा ठेक्का हाथ परेको थियो । २०७९ पुस ८ गते सम्झौता भई २०८२ असार ४ गते भित्र सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । संरचनागत सुधान भए पछि भारतिय पक्षलाई पानी छाड्न बेलामै लगाउन सकिने भएको छ ।
नेपाल गण्डक पश्चिमी नहर प्रणाली कुल ३२ किलोमिटर लम्बाई रहेको छ । मुल नहरबाट विभिन्न शाखा र प्रशाखा नहर मार्फत सिचाई हुने गरेको छ । नहरमा डेढ सय क्युसेक पानी प्रवाह हुने गरि संरचनाहरु बनेका छन् । तर अहिले पनि चुरे पहाडबाट बग्ने खोलाका पानी ठाँउ ठाँउबाट नहरमा पस्ने भएकोले नहर पुरिने समस्या पनि रहेको छ,बालुवा बालुवा नै रहेको स्थानमा नहरको डिल नै भत्किने अवस्था पनि छ । नहरबाट बालुवा (सिल्ट) सफा गर्दा टाढा राखिनु पर्ने आवश्यकता देखिएको तर ति सिल्ट नहरकै डिलमा राखिदा पानी पर्दा नदीको पानीमा कम सिल्ट आउने भए पनि नहर डिलकै बालुवा पुनःनहर भित्र बगेर जादा नहर सिल्टले पुरिने चुनौती पनि उत्तिकै रहेको हुदा यस्मा प्राविधिक ध्यान पुर्याउनु पर्ने आवश्यकता समेत स्थानिय कृषकले औल्याएका थिए ।
विगत बर्षमा भुमिगत सिचाई प्रति आकर्षित किसान अहिले सतही सिचाई नै स्थाई सिचाईको स्रोत भएको हुदा नहर सिचाई प्रणालीलाई मजबुत बनाउन आवश्यक रहेकोले ब्यवस्थापन कार्यालयले सो काम सम्पन्न गराउनमा लागेको थियो । सतही सिचाई निरन्तर गरि राख्यो भने जमिन रिचार्ज भएर जलभण्डार गरि राख्छ,जुन भुमिगत सिचाई बोरिगँको माध्यमले पानी तानेर सिचाई गर्न सम्भव हुन्छ । भुमिगत सिचाई मात्रै गरिराख्यो भने जमिन मुनिको जलभण्डर घट्दै जाने अवस्था छ ।
कुनै बेला २० देखी ४० फिटमा पानीको स्रोत भेटिन्थ्यो । तर अहिले त्यही स्रोत घटदै जादा १ सय देखी डेढ सय फिट गहिरो बोरिगँ गाड्नु पर्ने अवस्था छ । समान्य स्यालो ट्युवेलले प्राप्त हुने पानी अहिले डिप ट्युवेलमा जानु परेको छ । तर कुनै दिन डिप ट्युवेलले पनि पानी दिन छाड्ने अवस्था आउन सक्थ्यो । यसले सिचाई लागत झन बढाउने थियो । तर अहिले नेपाली नहरको सिल्टबेसिन निर्माणले नहरमा पानी प्रवाह सहज रुपमले हुने हुदा सतही सिचाई सहज बन्ने अवस्था देखिएको छ ।

Health Advertisement
Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *