विद्युत प्रसारण आयोजनाको अवरोध हटाउन साँसदसँग आग्रह

नवलपरासी, २३ बैशाख
विद्युत प्रसारणलाईन विस्तारमा भएको अवारेध हटाउन नेपाल विद्युत प्राविधिकरण परासी वितरण शाखाले सो क्षेत्रका संघिय साँसद नरेन्द्र कुमार गुप्तासँग आग्रह गरेको छ । स्थानिय प्रशासनको समेत वेवास्ताले परासी क्षेत्रका विद्युतको ४० हजार ग्राहकले २२ करोड नोक्सानी ब्यहोर्नुका साथै कम भोल्टेजका विद्युत बाल्न बाध्यता रहेको जनाउदै केन्द्रका प्रमुखले साँसद गुप्तासँग आग्रह गरेका हुन् ।
किसानलाई सहज ढंगले सिचाई मिटर उपलब्ध गराउनु पर्ने जनताको माग लिएर केन्द्रमा पुगेको साँसदलाई केन्द्र प्रमुखले त्यसका लागि आवश्यक बजेट विनियोजनसँगै नीतिगत सुधारका लागि पहल गरिनुका साथै स्थानिय स्तरमा भएका अवरोध हटाउन पनि आग्रह गरेका थिए । केन्द्रका अनुसार विद्युत मिटरमा सिचाई मिटर भनेर उल्लेख छ,तर किसानले कृषि मिटरको माग गर्ने गरेका छन् । यसका लागि सरकारले नीतिगत रुपमै सिचाई मिटर भन्दा कृषि मिटर उल्लेख गरि पठाईदिए मात्र सबै क्षेत्रलाई समेटन सकिने छ । सिचाईका लागि बोरिगँबाट बालीनालीमा सिचाई गर्नका लागि मात्र विद्युत महशुलमा छुटको प्रावधान छ,तर मत्यस्य पालन,चिस्यान केन्द्र लगायतका क्षेत्र ब्यवसाय भित्र हुदा ति क्षेत्रका कृषकले विद्युत महशुलमा छुट पाउन सकेका छैनन् । अहिले इन्धानको मुल्य पनि बढेको हुदा पम्मिगँसेट भन्दा विद्युत मिटरको माग बढद थालेको छ,तर सरकारले कृषि विद्युतकरणका लागि बजेट कटौती गर्दै आएको छ ।
यता गत आर्थिक बषै नै निर्माण कार्य सम्पन्न हुनु पर्ने विद्युत प्रसारणलाईनको कार्य अहिलेसम्म अवरुद्ध हुदा उपभोतmाहरुले करोडौ नोक्सानी ब्यहोनु पर्ने अवस्था हुदा हुदै पनि काम गराउनमा स्थानिय प्रशासनले काम गर्न सकेको छै्रन् । सरकारी शुरक्षा निकाय नै गैरजिम्मेवार बनेका कारण जनताले करोडौ रुपियाको नोक्सानी ब्यहोर्नु परिरहेको स्वम् विद्युत प्राधिकरण परासी वितरण शाखाका कर्मचारीले स्वीकार गरेका छन् । विद्युत आपुर्ति सहज बनाउन जिल्लाको सुनवल ८ क्षेत्रमा निर्माणाधिन ३२ केभिए प्रसारणलाईन आयोजनामा केही स्वार्थ समुहले अवरोध गर्दै आएका छन् ।
स्थानिय प्रशासनले चाँसो लिएर कार्य सम्पन्न गर्नमा तदारुकता नदेखाउदा जनताले सो नोक्सानी ब्यहोर्न परेको प्राधिकरणका कर्मचारीको भनाई छ । उतm आयोजनाको ९९.२ प्रतिसत काम सम्पन्न भएको छ । तार र पोल खानेपानी पाईपलाईन भित्र नै राखिएका छन् । तर समान्य अवरोधले करोडौको आयोजना प्रभावित भएका छन् । उद्योग र जनतालाई करोर्डाैको क्षति ब्यहोर्न परेको छ । विद्युत वितरण केन्द्र परासीका अनुसार आयोजनाको कामको अवरोध हटेर जति सक्दो छिटो सम्पन्न भयो भने नेपाली विद्युत आपुर्ति हुन्छ । सो आयोजना मार्फत नै नेपाली लाईनको २२० भोल्टको विद्युत आपुर्ति गर्न सहज हुन्छ । तर अवरोधका कारण परासी क्षेत्र तथा सो क्षेत्रका उद्योगले भारतिय विद्युत प्रयोग गर्न बाध्य छन् । त्यसको भोल्टेज मात्र १७० रहेको छ । यसले विद्युतको कार्य क्षमतामा ३५ प्रतिसत फरक हुन्छ । कम भोल्टेज विद्युत जादा विद्युत मिटरमा करेन्ट प्रवाह भएको देखिन्छ । जस्ले विद्युत युनिट गणना विद्युत मिटरले गरि रहन्छ । तर पुरा भोल्टेज नहुदा कार्य क्षमता कम हुन्छ । यसले गर्दा उद्योग तथा ग्राहकले युनिटको पुरा मुल्य तिरे पनि पुरा क्षमताको काम लिन नसक्नु नोक्सानी हो ।
यदि बेलामै पुर्ण भोल्टेजको विद्युत पुर्याउन सकिए भन्ने गा्रहक तथा उद्योगले पुरा क्षमतामा काम लिन पाउछन् । नोक्सानीबाट जोगिन्छन् । राष्ट्रिय प्रसारणलाईनको विद्युत आपुर्ति नहुदा परासी क्षेत्रमा ६ महिनासम्म भारतिय विद्युत आपुर्ति गर्न परेको छ । साधारण ग्राहकले ५० युनिट विद्युत खपत गर्न भन्ने त्यसको क्षमतामा ३५ प्रतिसत थप आर्थिक भार बहन गर्न परेका छ । जुन त्यो ग्राहकले १७ युनिट बराबरको बढि रकम तिर्न परेको छ । यदि ६ महिनासम्म यसरी ति ग्राहकले बढि युनिटको ९ सय बढि रकम तिर्नु पर्ने अवस्था देखिएको छ । यसरी ४० हजार ग्राहक परासी क्षेत्रमा छन् । ति ग्राहकले पनि ३ करोड ६० लाख रकम बढि बुझाउन परेको छ ।
त्यसै गरि औद्योगिक क्षेत्रमा पनि १० मेगावाट विद्युत खपत भई रहेका छन् । प्रति घण्टा उद्योगले ३१ हजार ५ सय रकम बढि तिर्न परिरहेको अवस्था छ । १ महिना नोक्सानीको हिबास गर्ने हो, भने २ करोड २६ लाख ८० हजार हुन आउछ । आयोजना सम्पन्न भएको भए १० देखी पुरा भोल्टेज क्षमताको विद्युत पाउने थिए,तर आयोजना अवरोधका कारण अहिलेसम्म २२ करोड ६८ लाख बराबरको नोक्सानी ब्यहोरिसकेका छन् । काममा अवरोध भई राख्यो भन्ने यो नोक्सानी दिन दिनै थपिदै जाने हो ।
राष्ट्रिय प्रसारणलाई सुनवल सब स्टेसनबाट परासी सब स्टेसनमा ल्याउने गरि कन्ट्रक्सन वर्क अफ ३२ केभिए डबल सर्किट फ्राम सुनवल सब स्टेसन टु शान्तिचौर नामक आयोजना २०७८ चैत्र २२ गते सम्झौता भई निर्माणधिन रहेको छ । उतm अयोजनाको काम २०८२ असार २२ गते नै सम्पन्न हुनु पर्ने हो,तर केही स्वार्थ समुहको उक्साहटमा सुनवल ८ मा अवरोध गरिएको छ । सो अवरोधले म्याद भित्रै सम्पन्न हुने कार्य अहिलेसम्म रोकिएको नेपाल विद्युत प्राधिकरण परासी वितरण शाखाका सुचना अधिकारी इन्जिनियर रामशंकर शाहले बताएका थिए । उनका अनुसार अब तिन घण्टा मात्रै काम गर्न दियो भन्ने काम सम्पन्न हुन्छ ।
काम गर्ने वातावरण बनाई दिनका लागि जिल्ला तहका नेतृत्व र स्थानिय प्रशसानसँगै पनि पटक पटक बैठक र छलफल गरिएको थियो । तर स्थानिय प्रहरी र प्रशासनले पनि चाँसो लिइएका छैनन् । सम्पन्न हुनै लागेको आयोजनामा अवरोध सृजना हुदा काममा ढिलाई भएको छ । उनका अनुसार २२.५ किलो मिटर दुरी रहेको सो विद्युत लाईन विस्तरका लागि कुल ७ सय ५३ वटा पोल मध्ये अब ६ वटा पोलमा मात्रै तार तान्न बाकी छ । तर त्यही काम रोकिएके छ, सुचना अधिकारी शाहले भने, यसका लागि स्थानिय प्रशासनले अवरोध गर्नेलाई नियन्त्रणमा लिई काम गराउन सहज गर्न सक्छ,तर त्यो कार्य हुन सकेको छैन् । सो आयोजना सम्पन्न गर्नका लागि ४ करोड ६८ लाख पोल र ८ करोड ९८ लाख ५६ हजार ८ सय ६८ गरि कुल १३ करोड १९ लाख बराबरको आयोजना लागत हो । औद्योगिक क्षेत्र तथा परासी क्षेत्रका ४० हजार भन्दा बढि साधारण ग्राहक कम भोल्टेजको विद्युत बाल्न बाध्य छन् ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *