
नवलपरासी,२० बैशाख
जिल्लाको रामग्राम ३ घोलपाली स्थित हरिशुशिल आधारभुत विद्यालयको जग्गा एक गैरसरकारी सस्थाले कब्जा गरेको विद्यालयले जनाएको छ । उतm बिद्यालयको जग्गामा रामग्राम नन्दन नामक सस्थाले सामुदायिक अध्ययन केन्द्र सञ्चालन गर्न लिएको उतm जग्गामा भवन निर्माण गरि कार्यालय मात्र सञ्चालन गर्दै आएको आरोप विद्यालयले लगाएको हो ।
उतm जग्गा खाली गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गरिने विद्यालयका प्राधानाध्यापक रामलखन हरिजनले बताए । उनले कब्जा गरिएको उतm भवन देखाउदै भने,फरक उदेश्यले लिएको जग्गा उदेश्य अनुरुप काम नगरिएकोले सो जग्गा र भवन पुनः विद्यालयकै स्वामित्वमा फर्काउनका लागि नगरपालिकामा लेखि पठाईने छ ।
रामग्राम नगरपालिका वडा नं ३ नवलपरासीमा रहेको हरि सुशील बिधालयको जग्गामा एक गैरसरकारी संस्थाले आफ्नो भबन बनाई कार्यालय संचालन गरेको पाईएको छ । रामग्राम नन्दन सामुदायिक अध्ययन केन्द्रले भबन बनाएको प्रधानाध्यापक हरिजनले बताए । बिधालय ब्यबस्थापन समितिले खै कसरी निर्णय गरेर भवन बनाउन दिएको रहेछ भन्दै हरिजनले भने यो त मिल्दै मिल्दैन ।
सरकारी बिधालयको जग्गा गैरसरकारी संस्थालाई कसरी दिईयो यो कुरा संबंधित निकायमा पुराउछु उनले भने, तत्कालीन ब्यबस्थापन समितिले बिधालयको उत्तर तर्फ सो गैर सरकारी संस्थालाई जग्गा दिने निर्णय भएको रहेछ उनले थपे , आफ्नो जग्गा १६ कठठा १५ धुर रहेको उनले जानकारी दिए । विद्यालयको जग्गालाई विद्यालय हितमा भाडा लिईने कुरा पनि उल्लेख छैन् । सार्वजनिक संघसस्थाको जग्गा त्यसै अतिक्रमण गर्न नहुने बताउदै उनले खाली गराउनका लागि सम्बन्धित निकायसँग समन्वय गरिने उनको भनाई थियो ।
