
नवलपरासी,१८ बैशाख
नवलपरासीमा विविध कार्यक्रम गरि २५७० औँ बुद्ध जयन्तीक मनाइएको छ । विभिन्न बौद्ध स्थलमा विविध कार्यक्रम गरि बुद्धजयन्ती मनाइएको हो ।
सरावल गाउँपालिका–२, जावामा अवस्थित कोलबृक्ष स्थल(प्राचीन ककरपत्त नगर)मा बुद्ध जयन्ती मनाइएको स्थानियले जनाएका छन् । “कोलबृक्षको संरक्षणको लागि पर्यटकीय क्षेत्रको विकास गरौं, महोत्सव, मेला तथा खेलकुद–संस्कृति कार्यक्रम सफल पारौं“ भन्ने मूल नाराका साथ बुद्ध जयन्ती कार्यक्रम तथा बृहत् मेला सम्पन्न भएको छ ।
उतm कार्यक्रममा प्रतिनिधि सभा सदस्य नरेन्द्र कुमार गुप्ताले यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्त्वलाई जोगाउँदै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सबै सरोकारवालाहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले स्थानीय पहिचान र धार्मिक आस्थाको जगेर्ना गर्न यस्ता कार्यक्रमहरू कोसेढुङ्गा सावित हुने बताएका थिए ।
यसै गरि रामग्राम नगरपालिकामा पनि कोलिय गणराज्यको राजधानी प्राचीन कोलनगरबाट रामग्राम स्तुपसम्म साईकल र्याली निकालेर कार्यक्रम गरिएको थियो । यस्तै सुस्ता ५ स्थित भगवान बुद्धले महाभिनिष्क्रमण स्थल(प्राचीन अनोमाघाट)मा पनि स्थानिय आयोजकहरुले दिप प्रज्वलन गरि बुद्धजयन्ती मनाएका छन् । जिल्ला भित्र रहेका विभिन्न गुम्बाहरुमा समेत भब्यताका साथ बुद्ध जयन्ती मनाइएको थियो । अम्बेडकारबादीले समेत रामग्राम स्तुप परिसरमा विभिन्न कार्यक्रम गरि बुद्धजयन्ती मनाएका थिए ।
