पाल्हीनन्दन गाउपालिकाले गर्यो निशुल्क रगतका लागि ब्लड बैकसँग सम्झौता

नवलपरासी,
जिल्ला स्थित पाल्हीनन्दन गाउपालिकाले आफ्नो नागरिकलाई आवश्यक पर्ने रगतका लागि कुनै प्रकारको शुल्क नलाग्ने गरि नेपाल रेडक्रस सोसाईटी नवलपरासीसँग सम्झौता गरेको छ । रगत आवश्यक पर्ने बिरामीलाई सहज ढंगले रगतको उपलब्ध गराउने उदेश्यले कुनै प्रकारको शुल्क नलिईने र आवश्यक शुल्क गाउपालिकाले नै तिर्ने गरि सम्झौता भएको हो ।
रगत निशुल्क नै हुने भए पनि ब्लड बैंक सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाईटीले ब्लड बंैक सञ्चालन गर्दा आवश्यक ब्यवस्थापकिय कार्यका लागि शुल्क लिदै आएको छ । तर अहिले गाउपालिकाका नागरिकलाई आवश्यक पर्ने रगत ब्लड बैकबाट लिदा लाग्ने सेवा शुल्क गाउपालिकाले नै तिरिदिइने गरी सम्झौता भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । दुर्घटना तथा प्रसुती महिलालाई बढि आवश्यक पर्ने गरेको छ, उनले भने, पाल्हीनन्दनका विरामी भएको खण्डमा सिफारिस सहित रेडक्रससँग रगत माग गर्दा ति विरामीले तिर्ने शुल्क गाउपालिकाले नै तिर्छ । यसले विरामीलाई राहत पुग्ने विश्वास गरिएको उनले बताए ।
प्रमुख प्रशासकिय अधिकृत शुरुमा सरावल गाउपालिकामा हुदा देखी नै सरावलबाट यस्तो चलन चलाएका थिए । पछि सुस्ता जादा पनि सुस्तामा पनि यस्तो निर्णय भएको थियो । अहिले पाल्हीनन्दनमा सरुवा भई आएका प्रमुख प्रशासकिय अधिकृत पौडेलले सो सेवा पाल्हीनन्दन गाउपालिकामा पनि शुरु गराएका छन् । निटक भविष्यमा आँखा अस्पतालसँग सम्झौता गरि मोतिविन्दु भएका विरामीलाई पनि मोतिविन्दुको अप्रेसन गराउने खर्च पालिकाले नै ब्यहोरिदिने जानकारी गराए । शिविर सञ्चालन गर्दा विरामीलाई निशुल्क सेवा लिनका लागि शिविर कुर्ने पर्ने बाध्यता पनि हट्ने र पाल्हीनन्दन गाउपालिकाको स्रोत अन्यलाई पनि दिइनु पर्ने बाध्यता हट्ने छ, प्रशासकिय अधिकृत पौडेलले भने , रगतका लागि पनि विरामीलाई कति लाग्ने के लाग्ने र कहाँ पाउने जस्ता समस्या हट्नेछ ।
निशुल्क रगत र मोतिविन्दुका विरामीको आँखा अप्रेसन सधैभरि नै निशुल्क सेवा दिईने प्रति गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता पनि सकारात्मक र उत्साही नै रहेको उनको भनाई थियो । अध्यक्ष गुप्ता र नेपाल रेडक्रस सोसाईटी नवलपरासी शाखाका सभापति राजेन्द्र अग्रहरी विच निशुल्क रगत उपलब्ध गराउने गरि विभिन्न सर्त सहितको दुई पक्षिय सम्झौता भई सकेको छ । आँखा अस्पतालसँग सम्झौता पनि छिट्टै हुने प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताएका थिए ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *