नागरिकता विहिनयुवाद्धारा परासीमा दवाव र्याली

नवलपरासी,२२ जेठ
जिल्लाका नागरिकता विहिन युवाहरुले नागरिकता प्राप्तीका लागि सदरमुकाम परासीमा दवाव र्याली निकालेका छन् । विगत डेढ दशक भन्दा बढि समय देखी नागरिकता माथि राजनीतिक खेल हुदा नागरिकताबाट बन्चित युवायुवतीहरुको भविष्य अन्धकार भई रहेको जनाउदै उनीहरुले नागरिकताका मुद्दा बेलामै सम्बोधन गराउने उदेश्यले दवाव र्याली निकालेका हुन् ।
नागरिकता विधेयक राष्टपतिद्धारा लालमोहर लागएर प्रमाणिकरण भई सकेको अवस्थामा केही नागरिकता विरोधी समुहले सम्मानित सर्वोच्च अदालतमा रिट हालेर नागरिकता प्राप्तीमा समस्या सृजना गरेको बताउदै उनीहरुले सम्मानित सर्वोच्च अदालतले सो रिट जटिसक्दो छिटो सुनुवाई गरि फुकुवा गरि नागरिकता विहिन युवायुवतीको पक्षमा न्याय गर्न पनि आग्रह गरेका थिए । बुद्धचोक देखी नाराबाजी गर्दै उनीहरु जिल्ला प्रशासन कार्यालय पुगेर विरोध प्रदर्शन पनि गरेका थिए ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *