Koliyakhabar

सरावल गाउपालिकामा ‘पुत्रन्जिव’को बगैचा भएको जिवक बन फेला


बेचु गौड
नवलपरासी
जिल्लाको सरावल गाउपालिका १ मा प्राचिन बौद्धकालिन जिवक बन फेला परेको छ । स्थानिय भाषामा पतजिव भन्ने गरिएको उतm बनमा पुत्रन्जिव नामक रुखहरुको रहेको बगैचालाई प्राचिन जिवक बन भएको अनुमान गरिएको हो ।
बौद्धकालिन इतिहास तथा पुरातत्वका अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले आयुर्वेदेकि महत्व रहेको पुत्रन्जिव रुख भएको र बौद्धकालिन बुद्ध संघमा जिवक नामक आर्युेवदाचार्य भिच्छु समेत यस क्षेत्रमा आएको हुदा सो बनलाई जिवक बन भनेर उल्लेख भएको बताए । प्राचिन कोलिय गणराज्य अन्तरगत उज्जनेल नगरमा भगवान बुद्ध कोलिय पुत्री सुप्पबासाको घरमा भोजन ग्रहण गर्न आएका थिए । सुप्पबासा कोलिय गणराज्यकी एक मात्र अग्रउपासिका रहेको बौद्ध ग्रन्थहरुमा उल्लेख भएको पाईन्छ । सज्जनेल नगर भित्रकै आर्को सालबास जंगलमा भगवान बुद्धका सबै भन्दा प्रिय भिच्छु आनन्द आफ्नो भिच्छु संघ सहित आएर कुण्डिय भन्ने स्थानमा बास बसेका थिए । भिच्छुहरुको आउने जाने क्रम सज्जनेल नगरमा हुने गरेको थियो । त्यही क्रममा आयुर्वेद चिकित्सा जानेका भिच्छु जिवक समेत आएको दाबी उनको थियो । जिवक तत्काािलन मगध सम्राट विम्बिसार र बैशालीकी नगरबधु अम्रपालीका पुत्र थिए । उनी दक्षशिला विश्वविद्यालयबाट आयुर्वेदको अध्ययन पश्चात भगवान बुद्धसंग दिक्षा लिएर भिच्छु भएर बुद्ध संघमा सेवा गर्दै आएका थिए । 
अहिले सरावल गाउपालिका भित्र प्राचिन बौद्ध स्थलहरुको खोजी भई रहेको छ । तिनै बौद्ध स्थलहरुको खोजीको क्रममा पुत्रन्जिवका रुख भएको बगैचा जिवक बन भएको भनाई डा.श्रीवास्वको रहेको छ । परापुर्वकाल देखी नै सो बनमा पुराना रुखहरु भएको सरावल १ का वार्ड अध्यक्ष भेष नारायण चौधरीले बताए । सालबास गाउ नजिकै भगडा भन्ने स्थानमा सो जिवक बन पुर्वपश्चिम राजमार्ग देखी करिब ५ सय मिटर दक्षिणमा अवस्थित छ । त्यसलाई स्थानियबासीले हसनी देवीको स्थान भनेर पनि भन्ने गर्छन् । पुत्रन्जिव भन्ने उतm पतजिवको फल भित्र सेतो सेतो विउ हुन्छ । सो विउको माला बनाएर पनि लगाउने गर्छन् भन्ने स्थानियले एलर्जी वा खजुली हुदा लेप बनाएर लगाउने गर्छन् । पहिला यसको क्षेत्रफल धेरै थियो,वार्ड अध्यक्ष चौधरीले भने,अहिले करिब दश कट्ठा जग्गामा करिब डेढ दर्जन साना ठूला पतजिवको रुख विरुवा रहेका छन् । यसलाई अहिले संरक्षणको पहल भई रहेको छ । 
देवी देवताको स्थान भनेर संरक्षण गरिएका यि स्थानहरु प्राचिन बौद्धकालिन स्थानहरु प्रमाणित  हुदै जादा हामीलाई पनि खुशी लागेको छ, उनले थपे, खोज अनुसंधान पछि अब गाउपालिकाले स्वामित्व लिएर संरक्षण तथा विकासका लागि पनि काम गर्नु पर्ने आवश्यकता छ । प्रदेश सरकार र संघिय सरकारले पनि यस्ता प्राचिन बौद्ध स्थलको संरक्षण कार्य गर्न आवश्यक देखिएको उनले औल्याए । कोलिय गणराज्यको प्राचिन नगर सज्जनेल नगर यसै क्षेत्रमा भएको अनुमान गरिए पछि त्यसको खोज गर्ने र प्राचिन नाम घोषणा गर्ने कार्यमा पनि गाउपालिका लागेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । 
उनका अनुसार सरावल गाउपालिका भित्रै वार्ड नं. २ जावा गाँउमा रहेको कोलवृक्ष बगैचा रहेको स्थान प्राचिन ककरपत्त नगर भएको भनेर गत असोज पुर्णिमामा घोषणा गरि सकिएको छ । भगवान बुद्धले सो स्थानमा आएर ककरपत्त नगरका नगरप्रमुख समेत रहेका कोलियपुत्र दिर्घजानुलाई गृहशुख सन्देश सुनाएका थिए । अहिले ककरपत्त नगरलाई बुद्धकालिन पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि गाउपालिकाले करिब ६ अर्ब लागत पर्ने गरि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत बनाई काम थालेको छ । कोलियपुत्र दिर्घजानुको नामले जावा गाउ भएको अध्ययेता डा.श्रीवास्तवले बताएका थिए । 
त्यसै गरि उज्जनेल नगरका नगरप्रमुखकी पुत्री कोलिय पुत्री सुप्पबासाको नामले अहिलेको बासा गाउ रहेको छ । सालबास जंगलको कुण्डिय क्षेत्रमा भिच्छु आनन्द संघ सहित बास बसेको हुदा अहिले पनि सालबास गाउ रहेको छ । त्यसै गरि भिच्छुसंघसंगै आएका भिच्छु जिवक आएको सो स्थानलाई जिवक बन भनेर पनि हो । यसको प्राचिन ऐतिहासिक महत्व रहेको छ, डा.श्रीवास्तवले भने, सरकारले इतिहास पुरातत्व अनुसंधान गरि कोलिय गणराज्यका प्राचिन नगरहरुको पहिचान गर्दै घोषणा गरेर कोलिय गणराज्यको पनि पुनउत्र्थान गर्नु पर्ने आवश्यकता छ । यो काम स्थानिय तहबाट भए पनि सरावल गाउपालिकाले शुरु गरेकोले बुद्ध अध्ययेताहरुलाई हौस्याएको छ ।
पुत्रन्जिव आयुर्वेदिक महत्वले पनि महत्वपुर्ण बनस्पती भएको आयुर्वेदका जानकार दिनबन्धु मिश्रले बताए । उनका अनुसार पुत्र नहुने दम्पतीलाई यस बनस्पतीबाट बनेको औषधी सेवन गर्न लगाईन्छ । यसले शरिरमा कोष विभाजन हुदा एक्स क्रोमोजोम बनाउनमा भुमिका खेल्छ । पुरुषमा एक्स क्रोमोजोमको कमी भएमा पुत्रि मात्र जन्मने गर्छन् । तर यो पुत्रन्जिवको सेवनले एक्स क्रोमोजोमको वृद्धि भए पछि दम्पतीको सहबास हुदा पुरुषको विर्यबाट एक्स क्रोमोजोमको वृद्धि गराएर पुत्र जन्मने प्रकृयालाई मद्दत पुर्याउछ । त्यसैले यो बनस्पतीको नाम पनि पुत्रन्जिव राखिएको भनाई मिश्रको रहेको छ । यो अत्यन्तै गुणकारी औषधीय बनस्पती हो, मिश्रले भने, कहि कहि मात्र यो बनस्पती पाउने गरिन्छ । बजारमा अहिले पनि यसको विउको मुल्य २ हजार भारु प्रति किलो मुल्य रहेको छ । तर अहिले यस्तो महत्वपुर्ण बनस्पतीको विउ संरक्षण नहुदा सोही बगैचामा कुहिएर जाने गरेको छ । यसको महत्व थाहा पाए पछि अब यसको संरक्षणमा गाउपालिकाले काम गर्ने गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताए ।