Koliyakhabar

रामग्राममा आधारभुत अन्तरविद्यालय खेलकुद प्रतियोगिता शुरु

नवलपरासी,१चैत्र
रामग्राम नगरस्तरिय पाँचौ आधारभुत तह अन्तरविद्यालय खेलकुद प्रतियोगिता शुरु भएको छ । सदरमुकाम परासी स्थित आदर्श माविमा चार दिन सम्म प्रतियोगिता चल्ने आयोजक सस्थाले जानएको हो ।
प्रतियोगितामा नगरपालिका क्षेत्रका ३२ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालयका छात्रछात्राले भाग लिएको आदर्श माविका प्रधानाध्यापक अरबीन्द पाठकले जानकारी गराएका थिए । सो खेल प्रतियोगितामा १ सय,२ सय,४,८ सय सय मिटरको रिले दौड,लंग जम्प,जिलेबी दौड,चम्चा दौड,बोरा दौड,तीनखुट्टे दौड,हाइ जम्प लगायतको खेल हुने छ । खेलमा विजयी तथा सहभागि छात्र छात्रालाई फागुन ४ गते पुस्कारहरु वितरण गरि सम्पन्न गरिने छ । कार्यक्रमको उदघाटन विद्यालयका अध्यक्ष छोटेलाल अग्रहरीको अध्यक्षतामा भएको थियो ।