Koliyakhabar

सरावल गाउपालिकाद्धारा बौद्ध भिच्छुलाई भोजनदान

बेचु गौड
नवलपरासी,१५ पुस
बुद्धकालिन प्राचिन स्थलको खोज अनुसंधान र पहिचान गर्ने कार्यलाई तिब्रता दिएको जिल्लाको सरावल गाउपालिकाले ककरपत्त नगर क्षेत्रमा भिच्छुलाई भोजनदान गरेको छ । प्राचिन बुद्ध स्थल मात्रै नभई बुद्धकालिन संस्कृतिको पनि पुनर्उत्थान गर्ने उदेश्यले सरावल २ जावा स्थित बुद्धकालिन प्राचिन ककरपत्त नगरमा भिच्छुलाई भोजनदानको आयोजना गरेको हो ।
पच्चिस सय बर्ष पहिला बुद्धकालमा प्राचिन कोलिय गणराज्य अन्तरगत ककरपत्त नगर(निगम) का प्रमुख दिर्घजानुलाई भगवान बुद्धले गृहशुख सन्देश दिएका थिए । ककरपत्त नगरमा आएका बुद्धसंग कोलियपुत्र समेत रहेका दिर्घजानुले आफुहरु भिच्छु बन्न नसक्नेले कसरी शुख शान्ति पुर्वक बाच्ने र मुतिmको मार्गमा लाग्नेबारे जिज्ञासा राखे पछि बुद्धले दिर्घजानुलाई गृह शुख सन्देश सुनाएका थिए । कालान्तरमा यो संस्कृति लोप भई सकेको थियो । बुद्ध स्थलको पहिचान पनि नभएको अवस्थामा हालै कोलवृक्ष बगैचा क्षेत्रलाई बौद्ध इतिहास तथा पुरातत्वका अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले असोज पुर्णिमाको अवसर पारेर प्राचिन ककरपत्त नगर घोषणा गरियो ।
अहिले बुद्धसंग सम्बन्धित स्थानको पहिचान भए पछि गाउपालिकाले सो स्थानमा बौद्धकालको प्रमुख संस्कृति भिच्छुलाई भोजनदान गर्नु र शिक्षा प्राप्त गर्ने र्सस्कृतिको शुरुवात गर्ने उदेश्यले कार्यक्रम गरिएको गाउपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए । भगवान बुद्धकै पहिचान हुने गरि लुम्बिनी प्रदेश नामाकरण भएको छ, उनले भने, लुम्बिनी प्रदेश भित्रको सम्भवतः गाउपालिकाद्धारा भिच्छुलाई आमन्त्रण गरेर भोजनदान गरिनु पहिलो कार्यक्रम हो । बुद्धकालमा पनि तत्कालिन मगध सम्राट विम्बिसारले पनि बुद्धलाई बेला बेला भोजनदान गर्ने र उनका लागि राजधानी राजगिर(हाल भारतको बिहार प्रदेश) नजिकै बेलुबनमा बेलुबन विहार निर्माण गरि दात गरेका थिए । बुद्धलाई गृहस्तले मात्रै नभई सम्राट लगायत विभिन्न राजाहरुले पनि बुद्ध सहित उनको संघलाई भोजनदानका लागि आमन्त्रण गर्ने र बुद्धबाट धर्मदेशना गराई आफ्ना जनतालाई शिक्षा दिलाउने संस्कृति थियो ।
बुद्धस्थालमा भिच्छुलाई सरकारी स्तरबाट आमन्त्रण गर्ने र भोजनदान गरिनुका साथै स्थानियबासीलाई धर्मदेशना सुन्न पाउने अवसर मिलाउने प्राचिन संस्कृति पनि पुनर्उत्थान हुनेमा उनले विश्वास ब्यतm गरेका थिए । गाउपालिकालाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा पहिचान गराउने गाउपालिका भित्रको बुद्ध स्थल प्राचिन ककरपत्त नगरमा बुद्ध आएर जसरी कोलियपुत्र दिर्घजानुलाई गृहशुख सन्देश सुनाएका थिए,त्यही संस्कृतिको शुभारम्भ गर्नका लागि अहिले यहाँ बौद्ध भिच्छुलाई आमन्त्रण गरिएको हो । भोजनदान पुर्व भिच्छुहरुले त्यही दिर्घजानुलाई सुनाएको गृहशुख सन्देश गाउपालिका प्रमुख चौधरी लगायत स्थानियबासीलाई सुनाएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी गराए ।
गृहस्तका लागि भगवान बुद्धले जुन महत्वपुर्ण शिक्षा यो दिर्घजानु सुत्त मार्फत गृहशुख सन्देश सुनाएका थिए । त्यो सन्देश अब यो ककरपत्त नगरमा निरन्तर सनाउने गरि योजना बनिरहेको उनको दाबी थियो । यस क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनेको छ,त्यसमा बुद्ध बिहारलाई पनि महत्व दिएका छौ,निकट भविष्यमा नै यो ककरपत्त नगरमा बौद्ध विहारको निर्माण गर्ने र सो बौद्ध विहार पनि भिच्छुलाई दान गर्ने कार्यक्रमको आयोजना गरिने छ । त्यस पछि लुम्बिनी लगायत देश विदेशबाट बौद्ध दर्शनका लागि आउने पर्यटक तथा दर्शानार्थी भतmजनलाई यस क्षेत्रमा बोलाउने र गृहशुख सन्देश सुनाउने लक्ष्य अनुसार कार्य भई रहेको छ ।
भोजनदान कार्यक्रममा रुपन्देही डिगँगरनगर स्थित अन्तराष्र्टि बौद्ध बिहारबाट बौद्ध भिच्छु जटिल भन्ते सहित ६ बर्गिय (६ जना) भिच्छुको उपस्थिती रहेको थियो । भन्ते जटिलले आफुहरु त्रिपिटक लगायत बौद्ध साहित्यमा दिर्घजानुको कथा तथा उनलाई दिएको गृहशुख सन्देश पढदै आएको तर अहिले यहाँ उपस्थित हुन पाएर स्थानियलाई सोही गृह शुख सन्देश सुनाउन पाउदा खुशी लागेको ब्यतm गरेका थिए । यहाँका स्थानियबासीको पुण्यकर्मले यो स्थान अझै सुरक्षित रहेको र अहिले सो सन्देश सुन्ने मौका पाएर मगल अनुभुति गर्न पाएका छन्,उनले भने, भारतबर्ष भित्र नै तथागत बुद्धले ककरपत्तमा गृहस्तलाई लाभ हुने सन्देश सुनाएका थिए । त्यो सन्देश अहिले फेरी यहाँका स्थानियबासीले सुन्न पाए,यो अब निरन्तरता पाउनेमा उनले विश्वास ब्यतm गरेका थिए । सरावल गाउपालिका भित्र नै ककरपत्त लगायत बुद्धको आगमान भएको प्राचिन सायुगा नगर र सुप्पबासाको कथासंग जोडिएको प्राचिन सज्जनेल नगर,कुण्डिय क्षेत्र पनि पहिचान हुदैछ ।