Koliyakhabar

बीउ ब्यवसायिलाई बीउ बिजन तथा ब्यवस्थापन तालिम

बेचु गौड
नवलपरासी, १७ मंसिर
तालिम नै नलिई लामो समय देखी बीउको बिक्रि वितरण गर्दै आएको एग्रोभेट ब्यवसायीलाई निजी क्षेत्रकै पहलमा बीउ बिजन तथा ब्यवस्थापन तािलम लिन पाएका छन् । नेपाल बिउ व्याव्सायी संघ पश्चिम नवलपरासीले सो तालिमको आयोजना गरे पछि तालिम लिने अवसर पाएका हुन् ।
बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको प्राविधिक सहयोगमा विउबिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धि तीन दिने तालिमको बुधवार परासीमा समुदघाटन भएको नेपाल बिउ ब्यवसायी संघ नवलपरासीका कोषाध्यक्ष चन्द्र प्रकाश गुप्ताले जानकारी गराए । नेपालमा उत्पादन, ब्यावस्थापन, तथा बितरणको राम्रो व्यवस्था हुन नसक्दा रैथाने विउबिजन लोप हुनलागेको वक्ताहरूले बताएका थिए । विउबिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ वाली विकास अधिकृत केशव देवकोटाले एक आर्थिक बर्षमा १ अर्व २७ करोडको विउबिजन नेपालमा बैधानिक रूपमा विदेशबाट आयात भए पनि नेपालको तराईमा भारतीय बजारबाट पनि करोडौँ रूपैयाँ बराबरको मल र विउबिजन अबैधानिक रूपमा भित्रने गर्दा हाईब्रिड बिउले किसानहरू समस्यामा पर्ने गरेको उनले जनाए । नेपालमा २४० जातका उन्मोचन गरेका बिउहरू भए पनि त्यसको संरक्षण गर्न नसकेको हुनाले रैथाने विउबिजन लोपहुने अवस्थामा पुगेका देवकोटाले बताए ।
प्रमुख अतिथि जिल्ला कृषि ग्यानकेन्दरका प्रमुख देवेशकुमार मिश्रले पश्चिम नवलपरासी लगाएतका जिल्लाहरूमा विउबिजन सम्बन्धि अबैधानिक रूपमा खुलेका पसलहरु खुलेको जनगुनासो बढेपछि त्यसको रोकथामका लागि यस्तो तालिमको व्यवस्था गरेको जानकारी गराएको थिए । सरकारले विउ बिजन तथा ब्यवसायका लागि लाईसेन्स दिनु अगाडी नै यो तालिम दिनु पर्ने हो, उनले भने, तर अहिले सरकारले यस्तो तािलम दिन नसकेको अवस्थामा निजी क्षेत्रले अग्रसरता लिएको छ । बीउ ब्यवसायि संघले आफै सशुल्क तालिमको आयोजना गर्दा पनि ब्यवसायि र किसानको यस प्रतिको आकर्षणले कृषि प्राविाधिकलाई पनि उत्साही बनाएको छ । नेपालका पुराना बिउको संरक्षण गर्दै बिउहरू उत्पादन , भण्डारणको व्यवस्था मिलाएर किसानहरूलाई सफल विउबिजन हस्तान्तरण गर्नु पर्नेमा मिश्रले जोड दिएका थिए ।
 बरिष्ठ बाली बिकास अधिकृत भैरहवाका प्रमुख दिपक सापकोटाले सम्पूर्ण विउबिजनको व्याव्सायी भए पछि किसानहरू मर्कामा पर्दा व्याव्सायी नै जवाफदेही हुनुपर्नेमा बताएका थिए । विउ बिजन गुणस्तर नियन्त्रण पद्यती अनुसार जातिय विकास सम्बर्धन,बीजबृद्धि,बीउ प्रशोधन,बीउको बजारीकरण र बीउको प्रयोगसम्मका आधार भुत जानकारी ब्यवसायिलाई जानकारी हुनु पर्छ । यसबारे जानकारी नै नभई बीउ बिजनको क्षेत्रमा काम गरियो भने जुनसुकै अवस्थामा पनि बीउको गुणस्तरमा ह्रास आउन सक्छ । प्रजनन बीउ,मुल बीउ,प्रमाणित बीउ र उन्नत बीउ गरि प्रमुख चार प्रकारको बीउबारे पनि आवश्यक जानकारीका लागि पनि यो तालिम उपयोगी हुने बतmाहरुले बताएका थिए । हरेक प्रकारको बीउमा गुणस्तर कायम गर्नका लागि आवश्यक ज्ञान शिपको अवाश्यकता रहेको कुरा औल्याइएको थियो ।  नेपाल बिउ व्याव्सायी संघ पश्चिम नवलपरासीका कार्यबाहक अध्यक्ष दिपक कुमार आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख अव्दुल रहमान चुरिहर, प्रेस संगठन नेपाल पश्चिम नवलपरासीका संयोजक बेनीमाधव बस्याल, नेपाल बिउ व्याव्सायी संघ पश्चिम नवलपरासीका सदस्य हरिप्रसाद चापागाईं लगायतले शुभकामना मन्तव्य राख्नु राखेका थिए । कार्यक्रम संस्थाका कोषाध्यक्ष चन्द्रप्रकाश गुप्ताले स्वागत तथा सञ्चालन सचिव मधुशुदन पौडेलले गरेका थिए ।  ३ दिने तालिममा पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु र अर्घाखाँचीका ८० जनालाई दुई स्थानमा तालिमको व्यवस्था मिलाइएको छ ।