Koliyakhabar

सरावलको जनता मावि मनरीमा विद्यार्थीहरुकै सञ्चार समुह गठन

नवलपरासी,२२ फागुन
जिल्लाको सरावल २ स्थित जनता नमुना माध्यमिक विद्यालयका बालबालिकाहरुले सञ्चार समुह गठन गरेका छन् । विद्यालयमा पठन पाठनसंगै विद्यालय तथा समुदायका गतिविधिलाई समाचार बनाई प्रकासन÷प्रशारण गर्ने उदेश्यले सो सञ्चार समुह गठन गरेका हुन् ।
विद्यालयले नमुना कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई नै सञ्चार सिप तथा समाचार लेखन सम्बन्धि दुइ दिने तालिम गराएरको थियो । तालिम लिएका विद्यार्थीहरुले विद्यालयका विभिन्न गतिविधिलाई समेटेर समाचार बनाउने तथा विद्यालयको बेभसाईट मार्फत प्रकाशन÷प्रशारण गर्ने गर्नका लागि सञ्चार समुह गठन गरिएको विद्यालयका समाजिक शिक्षक श्रवण सहानीले जानकारी गराए । विद्यालयले आफ्नै वेभसाईट बनाई सकेको छ,उनले भने, त्यसमा समाचार अपलोड गर्न सक्छन् । विद्यालयको गतिविधि सार्वजनिक रुपमा जानकारी हुनुका साथै विद्यार्थीहरुले पढाईसंगै शिप पनि सिक्ने अवसर भएको उनको भनाई थियो । पहिला बालबालिकाहरुले भित्ते पत्रिका प्रकाशन गराउने गरेको तर अहिले न्यु मिडियाको रुपमा अनलाईन समेत भई सकेको हुदा विद्यार्थीलाई पढाईसंगै अतिरितm कृयाकलापमा सहभागी हुने र उनीहरुले पछि सञ्चार शिप सिके पछि पत्रकारिता पेशा पनि बनाउन सक्ने भएकोले नमुना कार्यक्रम भित्र राखेर तालिम गराइएको विद्यालयका प्रधानाध्यापक प्रदिप चौधरीले बताएका थिए ।
गठित सञ्चार समुहको अध्यक्षमा दुर्गा चौधरी,उपाध्यक्षमा टेकनारायण हरिजन,सचिवमा आकाश काजी र सहसचिवमा शान्ति ठाकुर रहेकी छिन् । त्यसै गरि तालिममा सहभागि हुने सोमवारिका चौधरी,परमशिला कुर्मी,आशमा कुमारी चौधरी, आशा कुमारी ठाकुर,जनक नन्दनी चौधरी,अमर सिँह चौहान,ओम बहादुर चौधरी,कल्पना कुमारी चौधरी,माया कुमारी चौधरी, अवधेश कुर्मी छन् । तालिममा ९ कक्षा देखी १२ कक्षाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । उनीहरुलाई पत्रकार बेचु गौडले समाचार लेखन सम्बन्धि तालिम दिएका थिए । सरावल गाउपालिका भित्र नेपाल सरकारद्धारा नै नमुना विद्यालय छनौट भई नमुना बनाउनका लागि विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।