Koliyakhabar

कृषि ज्ञान केन्द्र नवलपरासीद्धारा ‘हेलो किसान’ कार्यक्रमको शुभारम्भ

बेचु गौड
नवलपरासी,१२ मंसिर
जिल्ला स्थित कृषि ज्ञान केन्द्रले किसान समक्ष धेरै भन्दा धेरै सुचना प्रवाह गर्नका लागि ‘हेलो किसान’ कार्यक्रम ल्याएको छ । कृषि क्षेत्रलाई प्रोत्साहित र प्रबद्र्धन गर्ने उदेश्यले किसानलाई कृषि विज्ञहरुसंग प्रत्यक्ष साक्षात्कार गर्न सकुन भनेर हेलो किसान कार्यक्रम अगाडी सारेको हो ।
कृषि ज्ञान केन्द्रले दिने हरेक सेवा सुविधाबारे किसानलाई जानकारी गराउन र किसानको समस्या बुझेर समाधान निकाल्नका लागि यो कार्यक्रम ल्याइएको कृषि ज्ञान केन्द्रका प्रमुख देवेश कुमार मिश्रले बताए । यसको औपचारिक शुरुवात शुक्रवार देखी शुरु गरेका हौ,प्रमुख मिश्रले भने, कार्यालयमा आउने जो सुकै किसानलाई आफ्नो सम्पर्क गर्ने मोवाईल नम्बर संकलनका लागि पुस्तिका राखेका छौ । प्रत्येक दिन कृषकहरु सेवा लिन आउने छन् । उनीहरुको मोवाइल नम्बर पनि संग्रह हुदै जान्छ,त्यही नम्बरको आधारमा कार्यालय प्रमुख वा कार्यालयका अन्य विज्ञहरुले किसानलाई फोन सम्पर्क गरेर उनीहरुको समस्या सोध्ने छन्,समस्याको समाधान सम्भव भएसम्म फोनबाट र अतिआवश्यक परेमा फिल्डमै गएर समस्या समाधान तर्फ लाग्ने छन् । किसानले पनि कार्यालय समयमा फोनबाटै समस्या वा सुचना लिनका लागि सम्पर्क गर्न सक्ने केन्द्र प्रमुख मिश्रले जनाए ।
कृषक र कृषि विज्ञहरुसंग प्रत्यक्ष साक्षात्कार होस भनेर यो ‘हेलो किसान’ कार्यक्रम शुरु गरेका छौ, केन्द्र प्रमुख मिश्रले थपे,यसलाई किसानको चाहना र भावना अनुसार सुधार गर्दै लैजाने छौ । साथै उनले शुक्रवार देखी नै कार्यालयमा बल्क एसएमस सफ्टवेयर जडान गरि कार्यालयको सुचना बढि भन्दा बढि म्यासेज मार्फत पनि पुर्याउने कार्य शुरु गरिएको उनले जनाए । रुपन्देही र नवलपरासी कार्य क्षेत्र भएको कृषि ज्ञान केन्द्रमा धेरै कृषकमुखी कार्यक्रम आएको छ । प्रस्ताव आह्वानका लागि कार्यालयले सार्वजनिक सुचना पनि प्रकाशित गर्दै आएको छ । तर प्रस्तावनापत्र तयार गर्नका लागि सर्वसाधारण किसानसंग दक्षता र शिप छैन् । त्यो भएर पनि किसानलाई सरकारले दिन खोजेको सेवा सुविधा पुग्न नसकेको स्वीकार गर्दै केन्द्र प्रमुख मिश्रले भने, औचारिकताका लागि आम सञ्चार माध्यममा सार्वजनिक सुचना प्रकासित त गरिन्छ,तर त्यो सुचनाले मात्र किसानलाई प्रयाप्त छैन् । पहिला प्रयाप्त सुचना पाउन किसानलाई मुस्किल छ,दोश्रो सुचना पाए पनि कृषि विज्ञहरुको परामर्श विना प्रस्तावनापत्र तयार गर्न समस्या छ ।
यो ‘हेलो किसान’ कार्यक्रम मात्रै नभई एउटा किसानलाई कृयासिल गराउन अभियान पनि भएको दाबी गर्दै मिश्रले थपे, कृषि ज्ञान केन्द्रमा जुन किसान जति पहिला आफ्नो नम्बर टिपाउन सके उति चाडै कार्यालयले दिने सुचना एसएमएस मार्फत थाहा पाउने छन् । त्यसबारे थप जिज्ञासा राखेर बुझ्नका लागि ‘हेलो किसान’ कार्यक्रममा सहभागि भई प्रष्ट हुन पाउने छन् । प्रस्तावनापत्र हाल्ने किसान मात्र नभई अन्य जो सुकै किसानले पनि आफ्नो बाली नालीमा आएका समस्या,मलखाद्यको उचित मात्र र प्रयोग,प्राविधिक ज्ञान पनि ‘हेलो किसान’ मार्फत लिन सक्ने छन् । कार्यालय समयमा कार्यालयबाट मात्रै नभई सम्बन्धित कृषि विज्ञको मोवाईल नम्बरबाट पनि उनीहरुले आफै सोध पुछ गर्न सक्ने उनको भनाई थियो । ज्ञान केन्द्रको मुख्य ध्येय किसानलाई कृषि ज्ञान वृद्धि गर्ने नै हो,किसानलाई राहत र अनुदान त एक सामान्य कुरा हो,तर ज्ञान केन्द्रमा रहेका कृषि विज्ञसंग ज्ञान लिन सक्नु आफैमा महत्वपुर्ण सरकारी कार्यक्रम हो ।
सिमित विज्ञ र कर्मचारीको भर चल्दै आएको ज्ञान केन्द्रमा नवलपरासी र रुपन्देहीका कुल २३ वटा पालिकाका किसानले सेवा लिने हुन् । त्यसमा पनि विज्ञ पनि थोरै,क्षेत्र पनि धेरै हुने हुदा सुचना प्रविधिको अधिक्तम उपयोग गर्ने योजना ज्ञान केन्द्रले सारेको छ । किसान र विज्ञसंग प्रत्यक्ष सम्पर्क गराउन सक्ने महत्वपुर्ण भुमिका ‘हेलो किसान’ कार्यक्रमबाट हुने छ  । ‘हेलो किसान’ मार्फत सम्पर्कमा आउने किसानलाई फोन मार्फत महत्वपुर्ण जानकारीका स्रोतहरु पनि जानकारी गराउन सकिने छ । केही समस्या आयो तत्काल संबोधन हुनेछ । कृषि क्षेत्रमा काम गर्ने संघ,प्रदेश,स्थानिय तहका कार्यक्रमसंगै विश्व बैंक,युएनडिपि लगायतका युन एजेन्सिले पनि काम गर्दै आएका छन् । विभिन्न स्थानिय संघ सस्थाले पनि काम गर्दै छन् ।
कृिष बाहेक उद्योग बाणिज्य,बन लगायतका धेरै अन्य निकासले पनि कृषि क्षेत्रमा काम गर्दै छन् । तर कुन कार्यक्रम कस्ले र कसरी गर्दै छन् । उनीहरुको सेवा कसरी किसानले लिन सक्छन्,यि कुराहरु पनि ‘हेलो किसान’ मार्फत जानकारी पाउन सक्ने केन्द्र प्रमुख मिश्रले जानकारी गराएका थिए । कार्यक्रमको शुभारम्भ जिल्ला स्थित कृषक हक हित संरक्षण मञ्चका अध्यक्ष सम्भु उपाध्यायले आफ्नो सम्पर्क नम्बर कार्यालयमा टिपाएर गराएका थिए । नम्बर टिपाए पनि कार्यालयले एसएमएस मार्फत तत्काल ‘हेलो किसान’ कार्यक्रम शुरु गरिएको म्यासेज पठाएर गरिएको थियो ।