बुद्धकालिन प्राचिन‘सायुगा’ नगर नै अहिलेको वर्तमान सरावल गाउ !

बेचु गौड
नवलपरासी,१० मंसिर
पुरातात्विक तथा ऐतिहासिक स्थलको खोज र संरक्षणमा लागेको जिल्लाको सरावल गाउपालिका भित्रको आर्को प्राचिन सायुगा नगरको पहिचान गरेको छ । प्राचिन कोलिय गणराज्य अन्तरगतका प्रमुख ६ नगरमा भगवान गौतम बुद्ध आफु पुगेर धर्म देशना गरेको मध्ये सरावल गाउपालिकाको सदरमुकाम रहेको सरावल गाउको पुर्व तर्फ सायुगा नगरको प्राचिनता पहिचान भएको नगरपालिकाले जनाएको हो ।
सायुगा या सापुगा नगर कोलिय गणराज्यको एउटा घनाबस्ती भएको ब्यवासयिक नगर थियो । एक पटक आनन्द यहाँ आएका थिए र बसेका पनि थिए । अगुंतर निकायबाट यसको पहिचान हुन्ँछ । भगवान पनि यो नगरमा आएका थिए तर स्थानियबासीलाई धर्मो उपदेश गरेको तर कुनै ब्यतिm प्रमुख ब्यतिmको बारेमा बर्णन अहिलेसम्म कुनै बौद्ध साहित्यमा उल्लेख भएको कुरा पाइएको छैन् । अहिले सायुगा नगरबाटै अपभ्रन्स भई सरावल गाउ भनिएको हुन सक्ने र ति प्राचिन स्थल खण्डरहरको रुपमा अहिले पनि अवस्थित रहेको छ । ति स्थानमा सिगोँर (स्थानियमा भनिने) रुख छ । ति दुई वटा प्राचिन काल देखीका रुखहरु अवस्थित छ ।
खण्डर देखी करिब पाँच सय मिटर पश्चिममा पोखरी र वरिपरी पुरानो थारु गाउ रहेको छ । यो स्थानको प्राचिनता खोजीका लागि लुम्बिनी स्थित पुरातत्व कार्यालयका प्रमुख पुरातत्व अधिकृत हिमाल उप्रेती र पुरातत्व क्षेत्रमा लामो अनुभव भएका जिल्लाकै नारद यादवले अध्ययन अवलोकन हालै गरेर यो स्थान प्राचिन स्थान भएको बताए । खोज अनुसंधान पछि यस क्षेत्रमा उत्खनन गरिने उनीहरुले बताएका थिए । पुरातात्विक स्थल हुनु र नजिकै सरावल गाउ हुनु,पुरातात्विक स्थलमा सिगोंरको रुख पाईनुले प्राचिन सायुगा नगर भएको गाउपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए । बौद्धचर्यामा उल्लेखित बौद्धकालिन इतिहास र पुरातत्वको मेल खानु र प्राचिन नामसंग नै मिल्ने अहिलेको सरावल गाउ सायुगा नगर भएको आधार हो, उनले भने, तर पनि यसको विस्तृत खोज र अनुसंधान गराई चाडै नै यो क्षेत्रलाई प्राचिन सायुगा नगर घोषणा गराउने छौ । घोषणा पश्चात यस क्षेत्रको गुरुयोजना बनाई बौद्धकालिन स्थानको रुपमा विकास गरि पर्यटन प्रवर्धनका कार्य अगाडी बढाईने छ ।
गाउपालिका अध्यक्ष चौधरीका अनुसार कोलिय गणराज्यमा भगवान बुद्ध आएर ६ वटा प्रमुख नगरसंगै रामग्राम राजधानी (हाल पण्डितपुर) हो । बुद्धचर्यामा स्थानको बर्णन गरिएको छ, अहिलेसम्म रामग्राम राजधानी र रामग्राम स्तुपको पुरातात्विक खोज भएको थियो । तर अन्य नगरहरुको अनुसंधन र ऐतिहासिक खोजमा लागेका जिल्लाका बौद्ध तथा पुरातात्विक स्थलका अध्येता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले समेत लामो अध्ययन पश्चात राजधानी रामग्राम बाहेकका नगरहरुको अनुमान गर्दै ति नगरहरुबारे सम्भावना ब्यतm गरेका छन् । पुरातात्विक स्थल भएको र नामहरुको आधार अनुमान गर्दा ति नगरहरु पहिचान हुदै गएको बताए पछि गाउपालिका उत्साहित भएर खोज गराउनमा लागेको अध्यक्ष चौधरीले बताए । गत असोज पुर्णिमाका दिन सरावल २ स्थित कोलवृक्ष बगैचा क्षेत्र पुरातात्विक स्थल भएको जाँवा गाउ दिर्घजानुको नामले पर्न गएको र दिर्घजानु बसेको नगर ककरपत्त भएको हुदा कोलवृक्ष क्षेत्रलाई प्राचिन ककरपत्त नगर घोषणा गराएको थियो । त्यसको घोषणा पनि अध्येता डा. श्रीवास्तवले गरेका थिए ।
गाउपालिका भित्रको ऐतिहासिक र पुरातात्विक क्षेत्रको खोज अनुसंधान गरि त्यसको स्रंरक्षण र विकासका लागि गाउपालिकाले योजनाबद्ध तरिकाले काम गर्दै आएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । लुम्बिनी प्रदेश भित्रका रुपन्देही,कपिलबस्तु र नवलपरासी तिन जिल्ला प्राचिन कोलिय र शाक्य गणराज्यको सिमा क्षेत्र हो । अहिलेको तिन जिल्ला भए पनि बुद्धकालमा यि तिन जिल्ला दुई राज्यमा विभाजित थियो । दुई राज्य विचको सिमा रुपन्देहीको रोहिणी नदीले छुट्याएको बौद्धकालिन ईतिहास छ । अहिले बुद्धको जन्म स्थल लुम्बिनी बाहेक कोलिय र शाक्य भित्र दर्जनौ बुद्धसंग सम्बन्धित स्थलहरु छन् । त्यसको खोज,पहिचान गरि संरक्षण र विकास गर्न सकिएमा ति स्थलहरुमा प्राचिनता झल्किने र पर्यटक आकर्षण हुन सक्ने अधिकृत पौडेलले बताए । उनका अनुसार सम्भवतः कोलिय गणराज्य भित्रका तिन÷चार नगर सरावल गाउपालिका भित्रै हुने खोजले देखाएको छ । त्यसको संरक्षण र विकासमा गाउपालिका लागेको उनको भनाई छ ।