रामग्राम नगरपालिका विद्यालयहरुमा भदौभित्र सामाजिक परिक्षण गर्न अनिवार्य
नवलपरासी,२५ भदौविभिन्न सुधारका अभियान अन्तरगत विभिन्न शैक्षिक अभियान चलाउदै आएको जिल्लाको रामग्राम नगरपालिकाले नगरका सामुदायिक विद्यालयलाई भदौ भित्र अनिवार्य समाजिक परिक्षण गर्न पत्राचार गरेको छ । विद्यालयमा हुने विभिन्न गतिविधि तथा अनुदान वित्तिय ब्यवस्थापन जस्ता कार्यको स्थानिय स्तरमा समाजिक परिक्षण गरि प्रतिवेदन अनिवार्य रुपमा पेश गर्ने गरि पत्रचार गरेको हो ।
समाजिक परिक्षण मापदण्ड २०७८ अनुसार प्रत्येक आर्थिक बर्षको भदौ मसान्त भित्र समाजिक परिक्षण गराई प्रतिवेदन पेश गर्नु पर्ने प्रावधान रहेको छ । तर कतिपय विद्यालयलाई विगत बर्षमा पेश नगरेको गुनासोहरु खाई रहेको बेला नगरपालिकाले अनिवार्य रुपमा नै समाजिक परिक्षण गरि प्रतिवेदन पेश गर्नु पर्ने गरि सबै सामुदायिक विद्यालयको नाँउमा भदौ १७ गते पत्राचार समेत गरेको नगरपालिकाको शिक्षा शाखाले जानकारी गराएको हो । मापदण्ड पालनाका लागि छुट्टै परि...










