प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम कोलनगरमा बर्मी भिच्छुहरुको चाँसो
नवलपरासी,२३ कार्तिकप्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) क्षेत्रको विकासमा बर्माका भिच्छुहरुले चाँसो देखाएका छन् । विगत दुई दशक देखी नियमित रुपमा उत्खनन,जिओफिजिक्स(भुभौतिक) सर्वे गर्दै पुरातात्विक खोज अनुसंधान भई रहेको उतm क्षेत्रको स्थलगत अवलोकन गर्दै बर्माेली भिच्छुहरुले यस क्षेत्रमा आफ्नो देशको पनि मोनाष्ट्रि थप्ने योजना सुनाएका हुन् ।तिन बर्षिय भिच्छु सहित पुगेका बर्माी भिच्छुसंघका सदस्यहरुले यसबारे बर्मामा चर्चा सुनेको भए पनि पहिलो पटक कोलिय राजाहरुको राजधानी तथा बुद्धको जन्म दिईने महामायाको जन्मस्थलमा पुग्न पाउनु सौभाग्य भएको बताएका थिए । यस स्थानमा संसार भरिबाट बौद्धमार्गी एक पटक आउन चाहन्छ,उनले भनेका थिए,यसको देश विदेशमा अझै पनि राम्ररी प्रचार प्रसार हुन सकेको छैन् । यसले यहाँको धार्मिक पर्यटनलाई बढावा दिइने छ । यसमा नेपाल सरकारले ब्यापक कार्य गर्नु पर्ने सुझाव ...










