केरा किसानलाई टिस्यु कल्चरको बेर्ना प्राप्तीमा समस्या, सरकार उधासिन
नवलपरासी,९ फागुन, जिल्लामा केराको बेर्ना तयार गर्नका लागि टिस्यु कल्चर गर्ने सस्थाहरु नहुदा केरा किसान अहिले समस्यामा परेका छन् । केरा किसान प्रति सरकारी उदासिनताले बेर्ना पाउने जटिलता उत्पन्न हुदा समस्यामा परेका हुन् ।भारतबाट बेर्ना ल्याउन नपाउने र ल्याएमा बनस्पति जन्य क्वारेन्टाईन ल्याब ब्यवस्था नहुदा अनुदान प्राप्तीमा समस्या एका तिर देखिएका छन् । आर्को तिर नेपालमा रहेका टिस्यु कल्चर गर्ने सस्थाहरुले बेर्ना उपलब्ध गराउन नसक्ने जनाए पछि केरा किसान समस्यामा परेका प्रतापपुरका स्थानिय केरा किसान युवराज मौर्यले बताए । उनका अनुसार जिल्लाका किसानलाई बार्षिक ६ लाख गोटा बेर्ना आवश्यक पर्छ । ति बेना आपुर्तिमा अहिले समस्या देखिएको छ, उनले भने,यसका लागि तिन तहकै सरकारसँग पहल गर्न माग गर्दै आएका छौ । तर चाँसो लिएको जस्तो देखिदैन, उनले गुनासो गरेका थिए ।अहिले प्रति गोटा ३५ रुपिया टिस्यु कल्चरका बेर्ना...










