रामग्राम नगरपालिका

च्याउ उद्योगको क्षमता बढाउदा रोजगारी पनि वृद्धि
कृषि, रामग्राम नगरपालिका, समाचार

च्याउ उद्योगको क्षमता बढाउदा रोजगारी पनि वृद्धि

बेचु गौडनवलपरासी, १८ चैत्रजिल्लाको रामग्राम नगरपालिका १२ कुनवारमा सञ्चालित ठूलो लगानीको गोब्रे च्याउ(बटन मसरुम)को बजारमा माग बढदै गए पछि उद्योग ब्यवस्थापनले क्षमता लगानी थपेर क्षमता विस्तार गरेको छ । लगानी गरि क्षमता वृद्धि गरे पश्चात १० जनाको रोजगारी थपिएको उद्योग ब्यवस्थानले जनाएको हो ।उद्योग बाणिज्य संघद्धारा उद्योगका समस्या तथा सुझव संकलन अभियान अन्तरगत उद्योग उपाध्यक्ष गिरीराज पाण्डे तथा बाणिज्य उपाध्यक्ष सहितको टोली उद्योग परिसरमा पुगेर छलफल गर्दा उद्योग ब्यवस्थापनले सो जानकारी गराएको थियो । विभिन्न जटिलताका बाबजुद पनि च्याउ उद्योगमा अहिले लगानी आकर्षढ बढेको भेटियो,उद्योग उपाध्यक्ष पाण्डेले भने,उद्योगमा समस्या र चुनौती छन्,तर अवसर पनि उत्तिकै रहेको देखियो । भारतिय बजारमा निर्भर रहेको च्याउ उद्योगहरु खुल्न थाले पछि नेपाली च्याउले नै बजार छाएको बाणिज्य उपाध्यक्ष गुप्ताले सुनाए । सरकारल...
कोलिय गणराज्यको राजधानी प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु
पर्यटन, रामग्राम नगरपालिका, समाचार

कोलिय गणराज्यको राजधानी प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु

नवलपरासी, १८ चैत्रकोलिय गणराज्यका राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा पुन :उत्खनन कार्य शुरु भएको छ । पुरातत्व कार्यालयका प्रमुख भास्कर ज्ञवाली सहितको टोलीले चार देखी कोलनगरको प्रचिन स्थलमा उत्खनन कार्य गर्न थालिएको जानकारी गराएका हुन।लुम्बिनी प्रदेश सरकारको लगानीमा रामग्राम नगरपालिका मार्फत सो उत्खनन कार्य थालिएको टोली प्रमुख ज्ञवालीले जानकारी गराएका थिए । गत पुस महिनमा पनि एक महिनासम्म पुरातत्व विभागको कार्यक्रम अनुसार उत्खनन गर्दै आएको र अहिले रामग्राम नगरपालिका मार्फत उत्खनन शुरु गरिएको बताउदै उनले अहिले पनि उत्खनन कार्य एक महिनासम्म चल्ने बताएका थिए । पोखरी नजिकै एउटा ट्रेन्च लगाई उत्खनन गरि सकिएको र आर्को थप बगैचाको उत्तर तर्फ टे्रन्च लगाउने कार्य भई रहेको उनले देखाएका थिए । पोखरी नजिकै उत्खननबाट हट्टिहरु,धनुबाणमा प्रयोग हुने खालको हाडकै हरियार समेत फेला परेको छ । आर्को टे्रन्चमा प्...
पृथ्वीचन्द्र अस्पतालमा ब्यवस्थापकिय कमजोरीले सञ्चालन हुन सकेन डायलसिस सेवा
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा ब्यवस्थापकिय कमजोरीले सञ्चालन हुन सकेन डायलसिस सेवा

नवलपरासी, १४ चैत्रजिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मेसिन र जनशतिm उपलब्ध भए पनि ब्यवस्थापकिय कमजोरी कारण डाईलासिस सेवा सञ्चालन हुन सकेको छैन् । लाखौ रुपियाका उपकरण मेसिन खरिद भएर थन्किएको र बैशाख देखी नै डाईलासिस सञ्चालनका लागि आवश्यक तालिम लिई स्वास्थ्यकर्मीले तलब सुविधा लिदै बसेको तर ब्यवस्थापनले काम गर्न नसक्दा सो सेवा सञ्चालनमा आउन नसकेको हो ।सरकारले डाईलसिस गराउने बिरामीलाई निशुल्क सेवा दिन स्थानिय स्तरमै उपकरण र जनशतिm पठाई सकेको तर उपकरण मेसिन जडान नगरि त्यसै राखिएको अवस्थामा फेला परेको कुरा महालेखा परिक्षकको टोलीले आफ्‌नो मलेप प्रतिवेदनमै तस्विर सहित नै उल्लेख गरेको छ । अस्पतालमा झण्डै ४० लाखका उपकरण तथा मेसिनहरु खरिद गरि थन्किएका अवस्थामा छन् । स्वास्थ्यकर्मीहरु पनि तालिम लिई अन्य काम गर्दै बस्ने र तलब खाने कार्य मात्र गर्दै आएका छन् । जिल्लामा दुई दर्जन बढि विरामी नियमि...
कृषिज्ञान केन्द्रद्धारा अगुवा कृषकलाई तिन दिईने तरकारी खेती सम्बन्धित तालिम
कृषि, रामग्राम नगरपालिका, समाचार

कृषिज्ञान केन्द्रद्धारा अगुवा कृषकलाई तिन दिईने तरकारी खेती सम्बन्धित तालिम

नवलपरासी,११ चैत्रजिल्ला स्थित केषि ज्ञान केन्द्रले तरकारी खेती गर्ने अगुवा कृषकलाई तिन दिइने ब्यवसायिक तरकारी खेती तथा कृषि बिमा तालिम शुरु गरेको छ । जिल्लाका विभिन्न पालिकाबाट छनौट भई आएका अगुवा कृषकहरुलाई तरकारी खेतीसँगै बालीनालीका सरकारले गर्दै आएको सहयोग तथा विमा जस्ता अवसर बारे जानकारी गराउने गरी तालिम शुरु गरेको हो ।किसानहरुले अ आफ्‌नै तरिकाले खेती गर्ने,विक्रि वितरण गर्ने तर सरकारी सुविधाबारे बिमा लगायतका विभिन्न सुविधाहरु लिन नसकिरहेको हुदा अगुवा किसानलाई सो तालिम दिन लागिएको ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले जानकारी गराए । किसानलाई प्रत्यक्ष अनुदानसँगै अन्य सेवा सुविधाहरु रहेका छन्,उनले भने,तर प्रयाप्त सुचना,प्रकृयाबारे जानकारी नहुदा ति सेवाहरु लिन सक्ने अवस्थामा छैनन् । अगुवा कृषकहरुलाई सिपमुलक तालिमसँगै शसतिmकरण पनि उत्तिकै आवश्यक देखिएको छ,जस्ले आवश्यक प्रकृया पुरा ग...
विउँ उत्पादक संस्थालाई खुल्ला सिमा र सरकारी नीति चुनौती
अर्थ, रामग्राम नगरपालिका, समाचार

विउँ उत्पादक संस्थालाई खुल्ला सिमा र सरकारी नीति चुनौती

नवलपरासी,५ चैत्रजिल्लामा खुल्ला सिमा विउँ बिजन क्षेत्रमा काम गर्दै आएका नेपाली विउँ उत्पादक सस्थाहरुलाई चुनौती बनेको छ । उद्योग बाणिज्य संघ नवलपरासीले औद्योगिक क्षेत्रका उद्योगका समस्या र सुझाव संकलन गर्ने अभियानको क्रममा खुल्ला सिमासँगै सरकारी नीतिले पनि नेपाली विउँ उत्पादक कृषक समहु वा निजी कम्पनीहरुलाई चुनौती रहेको जिल्ला स्थित विउ बिजन कम्पनीले जानकारी गराएका हुन् ।भारतिय बजारमा पाईने खुल्ला रुपमा आकर्षित प्याकेट बनाई विक्रि गर्ने गरेको तर नेपाली विउँ बिजन कम्पनीले बोरामै विक्रि गर्नु पर्ने सरकारी नीति छ । किसानले गुणस्तर भन्दा बाहिरी आवरणको रंगिचग्गिमा जादा त्यसले चुनौती थपेको जिल्ला स्थित बुद्ध सिड कम्पनी प्रालिका प्रवन्धक उमाशंकर चौधरीले जानकारी गराए । यस तर्फ किसानलाई जागरण गर्ने कार्य स्थानिय तहका कृषि शाखा तथा कृषि ज्ञान केन्द्रले गर्नु पर्ने उनको सुझाव थियो । नेपाली सञ्चार माध्य...
करोड बढिको मिलानो ब्राण्डका चप्पल र सोल भारत निकासी
अर्थ, रामग्राम नगरपालिका, समाचार

करोड बढिको मिलानो ब्राण्डका चप्पल र सोल भारत निकासी

नवलपरासी,२७ फागुनजिल्लाको रामग्राम १० स्थित औद्योगिक क्षेत्रमा स्थापित मिलानो एक्सन पोलिमर लिमिटेडले मासिक एक करोड बढिको आफ्‌ना उत्पादन विदेश निर्यात गर्दै आएको जनाएको छ । स्थानिय बजारसँगै विदेशमा समेत यस्को माग भई रहेको हुदा गुणस्तरिय चप्पल तथा सोलहरु निर्यात भई रहेको कम्पनीले जनाएको हो । मिलानो ब्राण्ड अहिले स्वदेशमा मात्रै नभई विदेशमा पनि माग बढदै गएको कम्पनीमा मानव सँसाधन अधिकृत सुदर्शन खरबारले जानकारी गराए । यसको स्थानिय बजारमा पनि माग उत्तिकै छ,उनले भने, तर भारतमा समेत निकासी हुदै आएको छ । उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डेर बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्ताले औद्योगिक क्षेत्रको समस्या तथा अवस्था बुझ्‌ने क्रममा जानकारी गराउदै खरबारले उद्योगको अवस्थाबारे जानकारी गराएका थिए । ब्युरो अफ इण्डिया स्टेण्डर(विआईएस) समेत प्राप्त उतm कम्पनीको उत्पादन भरपर्दो र गुणस...
औद्योगिक क्षेत्रको समस्याबारे उबासंघले गरायो जिससको ध्यानाकर्षण
अर्थ, रामग्राम नगरपालिका, समाचार

औद्योगिक क्षेत्रको समस्याबारे उबासंघले गरायो जिससको ध्यानाकर्षण

नवलपरासी,२६ फागुनजिल्ला स्थित औद्योगिक क्षेत्रका समस्यालाई उद्योग बाणिज्य संघका प्रतिनिधिहरुले समस्या समाधानका लागि आवश्यक पहल गर्न जिल्ला समन्वय समिति(जिसस)को ध्यानाकर्षण गराएको छन् । औद्योगिक क्षेत्रको समस्याहरुबारे अध्ययन र जानकारी लिईने शुरक्षित औद्योगिक वातावरण बनाउन अभियान चलाउदै आएका संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्तले जिसस प्रमुख भगौती प्रसाद यादवलाई जानकारी गराउदै ध्यानाकर्षण गराएका हुन् ।औद्योगिक क्षेत्रको विभिन्न समस्या मध्ये अहिले प्रमुख तिन वटा समस्या पहिलो प्राथमिकतामा राखेर समाधानका लागि पहल गर्न उपाध्यक्षद्धय पाण्डे र गुप्ताले गराएका थिए । प्रमुख तिन समस्यामा विद्युतको अनियमित कटौती,पर्यटन मार्ग अग्लो हुदा औद्योगिक क्षेत्र डुबानमा पर्ने हुदा जलनिकासको उचित ब्यवस्थापन र औद्योगिक क्षेत्रमा काम गर्ने स्थानिय महिला तथा मजदुरहरुको सुरक्ष...
रामग्राम स्तुपको संघराम रामग्राम १७ ‘देवगाव’ गाउको प्राचीन स्थल भएको भन्दै अनुसंधान
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपको संघराम रामग्राम १७ ‘देवगाव’ गाउको प्राचीन स्थल भएको भन्दै अनुसंधान

नवलपरासी, २५ फागुनभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप वरिपरि रहेको संघरामको खोजीमा रामग्राम विकास कोषले अध्ययन अनुसंंधान कार्यमा लागेको छ । रामग्राम स्तुप नजिक र बौद्धकालिन प्राचीन समाग्रिहरु समेत फेला गर्ने स्तुप देखी पुर्वमा रहेको देवगाव नै संंघराम भएको अनुमान गर्दै अनुसंधान थालिएको हो ।बुद्धसँग सम्बन्धित महत्वपुर्ण स्थानमा एक संघराम हुने बौद्ध परम्पराहरुमा भएको हुदा बुद्धको अस्ति नै रहेको कोलिय राजाद्धारा निर्मित रामग्राम स्तुप नजिकैको वरिपरीमा संघराम हुनु पर्ने हो । त्यसको खोजी कार्यलाई कोषले निरन्तरता दिइने क्रममा रामग्राम १७ देवगावको प्राचीन स्थल नै संघराम हुने अनुमान गरि अनुसंधान गर्न थालिएको कोषका सदस्य समेत रहेका पुरात्वका जानकार नारद यादवले बताए । संघराम नजिकै ठूलो पोखरी,स साना पोखरी तथा इनारहरु समेत सो क्षेत्रमा देखिएका छन्, उनले भने, बौद्ध भिच्छुहरुलाई विश्राम वा आ...
विद्युत प्राधिकरणले अनियमित विद्युत काट्दा उद्योगलाई समस्या
अर्थ, रामग्राम नगरपालिका, समाचार

विद्युत प्राधिकरणले अनियमित विद्युत काट्दा उद्योगलाई समस्या

नवलपरासी,२३ फागुननेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रले अनियमित विद्युत काट्दा रामग्रामका औद्योगिक क्षेत्र प्रभावित बन्ने गरेको सो क्षेत्रका उद्योगले जनाएका छन् । विद्युतका लागि बहुविकल्प भन्दै आएको नवलपरासीको औद्योगिक क्षेत्रमा विद्युत आपुर्ति बेला बेलामा बन्द हुदा उद्योगहरुले क्षति ब्यहोर्न परेको जनाकारी गराएका हुन् ।उद्योग बाणिज्य संघले औद्योगिक क्षेत्रको समस्या र चुनौतीबारे शुरु गरेको सुझाव संकलन अभियान अन्तरगत सुझाव संकलन गर्दा सो समस्या उद्योगहरुले राखेका थिए । संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्ता सुझाव संकलनमा जुटेका छन् । समस्या बुझ्ने क्रममा उद्योगहरुले विभिन्न समस्यासँगै अनियमित विद्युत कटौती पनि चुनौती रहेको समस्या दर्र्शाएको उद्योग उपाध्यक्ष पाण्डेले जानकारी गराए । संघले सम्बन्धित निकायमा सो समस्या समाधानका लागि पहल गर्छ, उनले भने,...
रामग्रामका औद्योगिक क्षेत्रको समस्या बुझ्‌दै उबा संघ
अर्थ, रामग्राम नगरपालिका, समाचार

रामग्रामका औद्योगिक क्षेत्रको समस्या बुझ्‌दै उबा संघ

नवलपरासी,२० फागुनविश्व बैंकको सहयोगमा निर्माणाधिन रामग्रामका पर्यटन मार्गका कारण औद्योगिक क्षेत्रका दर्जनौ उद्योग डुबानमा पर्ने चुनौती बढदै गएको औद्योगिक क्षेत्रका उद्योगले जनाएका छन् । उद्योग बाणिज्य संघ नवलपरासीको नेतृत्वमा औद्योगिक क्षेत्रको समस्या,चुनौती र समाधानका उपायबारे सुझाव संकलन गर्ने अभियानमा औद्योगिक क्षेत्रका सञ्चालकहरुले गुनासो राखेका हुन् ।संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्त तथा पत्रकार महासंघका सहसचिव सद्दा हुसेन अंसारी सहितको टोली औद्योगिक क्षेत्रमा सुझाव परामर्श गर्न पुगे पछि उद्योगीहरुले उतm समस्या पहिलो भएको बताएका थिए । पर्यटन मार्गको निर्माण गर्दा सडकको दुबै किनारमा बन्ने नाली जमिन सतह भन्दा माथि बनाईदा सडकले औद्योगिक क्षेत्रलाई मात्रै नभई स्थानिय बस्ति र बालीनाली हुने खेतलाई समेत डुबान हुने बताएका थिए । नालीलाई देखाउदै रोस्लान...