नवलपरासी,१३ पुस
भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपमा ध्यान गर्न आउने भिच्छु तथा ध्यानसाधना गर्ने साधकलाई समस्या देखिएको छ । स्तुपको पुजा पाठलाई असर नपर्ने भए पनि ध्यानीसाधन तथा भिच्छुलाई ध्यान साधनाका लागि उचित ब्यवस्थापन नहुदा समस्या देखिन थालेको हो ।
विगत बर्ष देखी लुम्बिनी विकास कोषले काम नगर्दा विकल्पको रुपमा रामग्राम नगरपालिकाले बनाएको रामग्राम विकास कोषले पनि हालसम्म यस प्रति गम्भिर भई काम नगरेको गुनासो नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । विभिन्न देशबाट श्रद्धापुर्वक आउने बौद्धधर्मावलम्बीहरुलाई ध्यान साधनाका लागि सचित स्थानको ब्यवस्थापन रामग्राम विकसा कोषले तत्काल गर्नु पर्ने उनको भनाई थियो । एकै स्थानमा ध्यानसाधनामा बस्ने भिच्छु तथा ध्यानी साधकलाई अवरोध हुने गरि होहल्ला गरिने खालका अन्य पर्यटकद्धारा हुने गरेको छ, उनले भने,स्तुप क्षेत्रको उचित ब्यवस्थापन हुन आवश्यक छ । ध्यान गर्ने साधक तथा भिच्छुलाई ध्यानका लागि शान्त वातावरण बनाउनु पर्नेमा रामग्राम विकास कोषले ध्यान दिनु पर्छ ।
भिच्छु तथा ध्यानीसाधकलाई कसरी स्थानिय केटाकेटीहरुले हल्ला गर्दै अवरोध गर्ने गरेको देखाउने उनले भने,यसको रोकथामका नगरपालिका,स्थानिय प्रशासन र रामग्राम विकास कोषले समेत जिम्मेवारी लिई काम गर्न आवश्यक रहेको देखयो । यो अत्यन्तै सम्बेदन शिल धार्मिक स्थल हो, उनले थपे, श्रद्धापुर्वक ध्यानसाधना गर्न आउने भिच्छु तथा साधकको अवरोध पुर्याउनु आफैमा अमार्यादित काम भई रहेको छ । नजान्नेले त्यस्ता काम गर्छन्,तर जिम्मेवार निकायले सो कुरा प्रति गम्भिर भएर सोच्नु पर्छ । कोषले स्तुपको विशेष पुजा पाठ,दिप प्रज्वलन गर्दै आएको कुरा सराहनिय छ,तर अन्य ध्यानीहरुको लागि ध्यान गर्ने स्थानलाई शान्त वातावरण पनि उत्तिकै आवश्यक छ ।
दुई साता पहिला विभिन्न देशका भिच्छु तथा बौद्धमार्गी सहितको विशेष पुजा परित्राण गरिएको थियो । उतm विशेष कार्यक्रम भित्र नै अष्टधातुको रक्षा गरेका नागपुजा र स्तुपको कथासँग जोडिएका हात्तिले पुजा गर्दै आएका कुरालाई पनि पुर्नस्थापित गर्न हातिद्धारा समेत धातुको पुजा गराइएको कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिका प्रमुख धनपत यादवले ध्यान साधनाका लागि पनि स्तुप परिसर भित्र ब्यवस्थानका कार्यका लागि निर्णय भएको बताए । निर्णय अनुसार पुरातत्व कार्यालयलाई ति कामबारे अवगत गराउदै पुरातत्वीक प्रभाव अध्ययन(आर्किलोकिल असिसमेन्ट) गराउनका लागि पत्राचार गरिएको छ । सो कार्य हुने वित्तिकै ध्यान साधान कहाँ गर्ने ? पुजापाठ कहा गर्ने ? र परिक्रमा कहाँ गर्ने,सर्वसाधारणले औपचारिक तथा अनौपचारिक कार्यक्रम कहाँ गर्ने ? कुरा निश्चित स्थान तोकिने छ । कोष गठन पश्चात पहिलो प्राथमिकत मै रामग्राम स्तुपमा अध्यात्मिक तथा धार्मिक् कार्य निरन्तर गर्ने कार्य कार्य अगाडी बढाइएको र कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने,पुजापाठ तथा ध्यान अभ्यास भई रहेको छ ।
बुद्धका अध्यात्मिक स्थान ऐतिहासिक र पुरातात्विक महत्व राख्ने स्थान हो, । रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्तुप मध्ये यो रामग्राम स्तुप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ, र आर्को देवलोकमा अवस्थित छ । पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तुप क्षेत्र दुर्लभ स्थान हो । विश्वसम्पदा सुचिको प्रकृयामा रहेको रामग्राम स्त्ुप क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्व विभागसँग मिलेर थप काम गर्दै अगाडी बढने रामग्राम विकास कोषको लक्ष्य रहेको छ ।
सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो र त्यसका लागि तत्कालिन सरकारले लुम्बिनी विकास कोष सस्था गठन गरि काम गर्न थाले पछि अहिले त्यहाँ विकास देखिन थालेको छ,। ,तर त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाए । यसका लागि कुनै सरकारी संस्था गठन भई काम गर्न सकेन्,लुम्बिनी विकास कोषको जिम्मेवारीमा राख्दा सो कोषले जहिले पनि उपेक्षा गर्यो,रामग्राम स्तुपा ओझेलमा पर्यो । अब त्यो अवस्थाको अन्य हुने उनको भनाई थियो । भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरुले ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरुको आग्रहमा रामग्राम स्तुप उत्खनन नगरि फर्केका थिए । त्यो भएर पनि यो रामग्राम स्तुप संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ ।