गण्डक बाँधको बि ग्याप बाँध अग्लो बनाई पिच हुन थाले पछि स्थानिय उत्साही

नवलपरासी,१० भदौ
गण्डक पिडितद्धारा विगत बर्षमा गरिएको संघर्ष र भारतिय पक्षसँग भएको सहमति अनुसारको काम अगाडी बढाउदै वि ग्याप बाँधको उचाई बढाएर पिच गर्न थालेको छ । गण्डक पिडितहरुको पटक पटक ताकेता पश्चात अहिले भारतिय पक्षले सो सडक विच गर्न थाले पछि स्थानियलाई उत्साही समेत बनाएका हो ।
नेपाल सरकारले कुटनीतिक तरिकाले काम गर्न नसके पनि नेपाली जनताले गण्डक क्षेत्रमा संघर्ष समिति गठन गरि भारतको पानी रोकेर आन्दोलनमा उत्रेर गण्डक क्षेत्रमा आवश्यक काम गर्न सम्झौता गराएका थिए । जुन काम क्रमशः भारतयि पक्षले अहिले गरिरहेको स्थानियबासीले बताए । यो गण्डक पिडितका लािग भारतिय पक्षले गर्न थाले पछि अहिले गण्डक क्षेत्रमा उपलब्धीहरुको रुपमा समेत लिन थालेको छन । गण्डक पिडितसँग भएका सहमति भारतिय पक्षले एक प्रति आर्को कार्य गर्न थाले छ, गण्डक नदी नियन्त्रण संघर्ष समितिका पुर्व प्रवतmा प्रेम चन्द्र गुप्ताले भने, अहिले गण्डक क्षेत्रका बासिन्दा त्यसलाई उपलब्धीको रुपमा हेर्न थालेका छन् ।
२०६५ सालमा गण्डक संघर्ष समिति गठन गरि गण्डक नदी(नारायणी)बाट हुने गरेको क्षति ब्यवस्थापन गर्न भारतिय पक्षले काम नगरेको भन्दै ३१ दिनसम्म भारतिय नहरमा पानी रोकेर आन्दोलन गरेका थिए । भारतिय मुख्य पश्चिमी नहर भित्र नै टेण्ट टागेर आन्दोलनमा उत्रिए पछि भारतिय पक्षले स्थानिय प्रशासनको समन्वयमा संघर्ष समितिसँग छलफल गर्न बाध्य भएको थियो । छलफल पछि संघर्ष समिति र गण्डक परियोजना कार्यालय बाल्मिकी नगरका अधिकारी तथा भारतिय प्रशासनका अधिकारीहरुले २१ बुदे काम गर्न लिखित सम्झौता गरेका थिए । पिडितहरुले ब्यतिmगत रुपमा पाउने क्षतिपुर्ति बाहेक अन्य गण्डक संरचना सम्बन्धि धेरै काम भारतले गरि रहेको छ । गण्डक पिडितले पाउने २ अर्ब ९३ करोड क्षतिपुर्ति बाहेक हालसम्म १० अर्ब बढिको काम भारतिय पक्षबाट भई सकेको संघर्ष समितिका पुर्व प्रवतmा समेत रहेका स्थानिय गुप्ताले जनाए ।
सम्झौताको केही बर्ष भित्रै भारतीय पक्षद्धारा भत्किएको अवस्थामा रहेको गण्डक बाँध अन्तरगत ए ग्याप बाँध,बि ग्याप बाँध,नेपाल बाँध,लिँक बाँधहरु र भारतिय मुख्य पश्चिमी नहरको सर्भिस रोड पिच गर्ने काम गर्यो,गुप्ताले भने,यसले गण्डक क्षेत्रमा झण्डै ७६ किलोमिटरको चक्रपथ नै बन्यो । गण्डक पिडितलाई यातायातमा राहत मिल्यो । बर्षेनी गण्डक बाँधका विभिन्न स्परहरु मर्मत गर्ने काम गर्दै आएको छ । स्परहरु भत्किएको अवस्थामा थियो,जस्ले गर्दा स्पर बर्षेनी नदीमा आउने बाढीले बगाउदै छोटो बनाउदै आएको थियो । तर जब देखी मर्मत सम्भार काम शुरु छ,तब देखी स्परहरुलाई पक्कि बनाउने,नोजहरु बनाउने,बेसहरु बनाउने कार्य नियरन्तर चल्दै आएको छ ।
पानीको बहावलाई नियन्त्रण गर्नका लागि हजारौको संख्यामा नदी भित्र परक्युपाइन राखिएका छन् । ब्लकहरुले पानी नियन्त्रण गर्ने कार्य भई रहेको छ । गण्डक ब्यारेज देखी त्रिवेणीघाटसम्मको पर्खाल पनि भारतिय पक्षद्धारा निर्माण भई सकेको अवस्थामा पुगेको छ । यसले नेपाल तर्फ पनि गण्डक क्षेत्रमा पर्यटकिय पुर्वाधारको रुपमा पनि देखिन थालेको छ । त्यसै गरि साईफलहरुको नियमित सफाई गर्ने कार्य पनि भई रहेको छ । गण्डक क्षेत्रमा भई रहेको कामले स्थानिय स्तरमा रोजगारीको समेत सृजना गरेको पुर्व प्रवतmा गुप्ताले बताए । गण्डक मर्मत सम्भार नियमित भई रहेका स्थानिय टेक्टर भएका ब्यतिmको ढुवानी गर्न काम पाएका छन्,मजदुरहरुले पनि त्यहाँ काम गर्न पाएका छन् । यसले स्थानिय स्तरमा रोजगारी सृजना भएका देखिन थालेका छ ।
अहिले बि ग्याप बाँधलाई डेढ मिटर अग्लो बनाउने कार्य शुभारम्भ भएको छ,स्थानिय लख्खु यादवले भने, यो बाँधको उचाई बढनुका साथै बाँधमा दुई लैनको सडक पनि बन्ने छ । सो सडकले स्थानिय पुर्वाधारलाई सघाउने छ । बाँध सडकसँगै भए पछि नदीबाट अति ठूलै बाढी आउने बाहेकको समय बाहेक बाढीबाट लगभग सुस्ताबासी सुरक्षित हुने अवस्था देखिन थालेका छ । बाँध र सडक निर्माणले नदी किनारमा पर्यापर्यटन फस्टाउने सम्भावना देखिन थालेको उनको भनाई छ । गण्डक भित्र जलविहार गराउने,बाँधको पश्चिम तर्फ निजी जग्गावालाले नदीबाट शुरक्षा देखिन थालेका कारण अब बाँध नजिकै पर्यटन ब्यवसायका लागि आवश्यक पुर्वाधार बनाउने पनि चर्चा गर्न थालेको यादवले जनाए ।
बौद्धधर्मावलम्बीहरुको पवित्र स्थल अनोमाघाट देखी हिन्दुहरुको पवित्र स्थल गजेन्द्रमोक्ष धामसम्मको सडक पुर्वाधार गण्डक सहमति अनुसार नै भारतले बनाई दियो,उनले भने, विचको ११ किलोमिटर पुरै पर्यटन बजारको रुपमा अब विकास गर्न सक्ने सम्भावना देखिन थालेको छ । अभिषाप बनेको गण्डक अब केही बर्षमै बरदानको स्वरुप पाउनेमा उनले विश्वास ब्यतm गरेका थिए । यतिको लामो पर्यटकिय क्षेत्रको सम्भावना बोकेको नेपालकै सबै भन्दा ठूलो हुने दाबी यादवले गरे । नेपालमा कोशी,कर्णाली र महाकाली जस्ता अन्य ठूला नदीहरु छन् ।
पर्यापर्यटनले ति क्षेत्र पनि महत्वपुर्ण छन् । तर ति स्थानमा ऐतिहासिक र पौराणिक महत्व बोकेको पवित्र तिर्थ स्थल भनेर स्थान देखिदैन् । तर यो गण्डक क्षेत्र ठूलो धार्मिक क्षेत्रको सम्भावना बोकेको क्षेत्र छ । जहाँ नेपालको बोध गया भनेर अनोमाघाटको विकास भई रहेको छ र नेपालको हरिद्धार भनेर गजेन्द्रमोक्ष धामले कोल्टे फेर्दैछ । अहिले पनि करोडौको लगानीमा गजेन्द्रमोक्ष धाम त्रिवेणीमा ठूलो होटलहरु निर्माणाधिन छन् । गण्डक नदी पुर्व रहेको सुस्ता भुमि जोड्न नेपालकै सम्भवतः ठूलो झोलुगेँपुलको निर्माण कार्य समेत सम्पन्न भएको हुदा अहिले सो स्थानमा नेपाली तथा भारतिय पर्यटकको घुईचो छ, उनले भने, पुल हेर्न आउने पर्यटकलाई पुल देखी करिब ९ किलोमिटर त्रिवेणीधामसम्म पुग्न यहिँ वि ग्याप बाँध हो । बाँधको सडक पक्कि भए पछि पुल देखी धामसम्मको पुरै क्षेत्र पर्यटकिय आकर्षणको क्षेत्र बन्नेमा उनले विश्वास ब्यतm गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *