सोचे अनुसारको काम भएको छैनः लुम्बिनी प्रदेश मुख्यमन्त्री चौधरी

नवलपरासी,१७ फागुन
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले जनताको चाहना अनुसार अहिले पनि लुम्बिनी प्रदेश सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । नवलपरासीको परासीमामा आयोजित एक अनौपचारिक छलफलमा प्रदेश साँसद र नेपाली काँग्रेसका कार्यकर्ता तथा केही स्थानिय जनप्रतिनिधिहरुको बिचमा उनले सोचे अनुसारको काम गर्न नसकिएको कुरा स्वीकार गरेका हुन् ।
लुम्बिनी प्रदेश सभास सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवालको घरमा आईपुगेका मुख्यमन्त्री चौधरीले जनता र कार्यकर्ताको धेरै चाहना रहेको छ,तर त्यसलाई प्रदेश सरकारले पुरा गर्न सकिरहेको छैन्,उनले भने,तर अगामी दिनमा सबै समस्याहरुलाई हल गर्दै लैजान्छौ । प्रदेश सरकारको प्राथमिकतामा नवलपरासी रहेको बताउदै विगत दुई बर्ष देखी अलपत्र रहेको प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)लाई परासी बजार तथा रामग्राम स्तुपसँग जोड्ने तुरिया खोला पुलको समस्या तत्कालन सम्बोधन गरिने बताए । त्यसका लागि बजेट बिनियोजन छ,उनले भने,तर ठेकेदारले के कति कारणले काम अगाडी बढाएको छैन्,त्यसलाई बुझेर छिटै पुल निर्माण सकाउन पहल गरिन्छ ।
सो सडकमा विश्व बंैकको लगानीमा पर्यटन मार्ग विस्तार भई रहेको छ,तर यदि पुल बनेन भन्ने काम रोकिने विश्व बैंकका प्राविधिकहरुले चेतावनी दिने गरेको सो वार्डका वार्ड अध्यक्ष धनपत यादवले मुख्यमन्त्री चौधरीसँग गुनासो राखेका थिए । सोही क्रममा लुम्बिनी प्रदेशकै ठूलो च्याउन उत्पादन गर्दै आएको पाल्ही एग्रोको च्याउ फैक्ट्रीको समेत अवलोकन गरेका थिए । उतm छलफलमा प्रदेश निजामती कर्मचारीको ऐन ल्याउनका लागि उपस्थित कर्मचारी युनियनका कर्मचारीहरुले माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *