सुनवलको ज्यामिरे सडक चाडै मर्मत हुन्छ: नगरप्रमुख अर्याल

नवलपरासी, ३ फागुन
स्थानिय स्तरमा रहेका उद्योगका कारण भत्किएको जिल्लाको सुनवल नगरपालिकाका वार्ड नं.७ र ८ जोड्ने ज्यामिरे—अस्नैया सडक सुनवल नगरपालिकाले निर्माण गर्ने भएको छ । सडक भत्किएर जिर्ण हुदा स्थानियले सास्ती ब्यहोर्न परेको जनाउदै उतm सडक चाडै मर्मत हुने नगरपालिकाकी नगरप्रमुख(मेयर) विमला अर्यालले बताईन् ।


उतm सडकमा स्थानिय स्तरमा स्थापना भएका लक्ष्मि स्टिल र सिमेन्ट उद्योगमा आउने कच्चा पदार्थ तथा समाग्रि अध्याधिक भार बोकेर आउने सवारीसाधनका कारण सो सडक जिर्ण अवस्थामा पुगेको जनगुनासो बढेको हुदा चाडै ति सडक बन्ने मेयर अर्यालले जानकारी गराएकी थिईन् । स्थानियको गुनासो जायज नै रहेको सुनवल नगरपालिकाकी मेयर अर्यालले बताउदै सो क्षेत्रमा उद्योगको मनपरी रहेको छ । त्यसबारे आफुले उद्योगका सञ्चालकसँग कुरा अगाडी बढाएको बताईन् । उद्योगले कि सडक बनाउनमा लगानी साझेदारी गर्न पर्छ,उनले भनिन,होईन भने जुन सडकको भार बहन गर्ने क्षमता छ,सोही अनुरुपको सवारीसाधन ल्याउनु पर्छ । त्यसमा ट्रफिक प्रहरीले पनि ध्यान दिनु पर्ने हो । तर प्रहरी प्रशासन पनि त्यस प्रति वेवास्ता गरेको पाइएको छ । अहिले सो सडक ध्वस्त भएर जहाँ तही खाल्टाखुल्टी छन् । त्यसमा स्थानियबासीको साईकल,मोटरसाईकल,स्कुटी चलाउन धेरै नै जोखिम अवस्था रहेको छ । भारी सवारी साधनकै कारण सडक भत्किएको कुरा जो सुकैले प्रष्टसँग देख्न हेर्न पाउछन् ।
सडक मर्मतका लागि आफुले तराई मधेश समृद्धि कार्यक्रमबाट बजेट ल्याएर सडक मर्मत गर्ने योजना ल्याएको मेयर अर्यालले बताईन् । सो सडकको दक्षिण र उत्तर दुबै तर्फबाट सडक पिच गर्नका लागि कार्य अगाडी बढाउने उनको भनाई थियो । साढे ७ करोड लगानी गरि सो सडक मर्मत र पक्कि गर्ने योजना रहेको छ,उनले भनिन्,तर सडक पिच गर्नु भन्दा पहिला उद्योगका सञ्चालकसँग एक पटक नगरपालिकाले बसेर निकास निकाल्ने सोच पनि रहेको बताईन् । उद्योगले कि नगरपालिकाले बनाउने सडकमा लागत सहभागिता देखाएर सडकको भार बाहन क्षमता वृद्धि हुने खालको सडक बनाउनमा सहकार्य गर्न पर्छ । होईन भने अब सडक बने पश्चात सडकको भार क्षमता अनुसारको सवारी साधन मात्र चलाउनु पर्छ । भनेर किटानी गरेर काम गरिने नगरप्रमुख अर्यालले बताईन् । सो क्षेत्रका दुई चार जना ब्यतिmलाई हातमा लिएर उद्योग सञ्चालकले अब मनोमानी गर्न पाउदैनन्,उनले थपिन्,यसका लागि उद्योग सञ्चालकसँग खुल्ला छलफल गरेर अगाडी बढिन्छ ।
सो अन्य स साना उद्योग भए पनि भारी सवारी साधन चल्ने स्टिल र सिमेन्ट उद्योगका सवारी साधन भएको छन् । ति उद्योगले स्थानिय स्तरका केही टाठाबाठालाई प्रभावमा पारी सो सडकमा भारी सवारी साधनले समाग्री ओसार्ने कार्य गर्दै आएका छन् । पहिला सरकारी लगानीमै उतm सडक पिच भएको थियो । उद्योग बसे देखी उद्योगको साधारण मर्मत बाहेक केही भएको छैन् । सिमेन्ट उद्योगलाई आवश्यक कच्चा पदार्थ बोकेर आउने ओभरलोड टिपरले सडकले भारत धान्न नसकेर पुरै पिच भत्कि सकेको छ । त्यसै गरि स्टिल उद्योगका भारतबाट ल्याइने फलाम ओभर लोड गरिएको भारतिय सवारीसाधन सोही सडक भएर जादा सडकले भार धान्न सक्ने अवस्था छैन् । सडक बनाउदा स्थानिय स्तरको हलुका सवारीसाधन लक्षित गरि निर्माण गरिएको थियो ।
ओभर लोड सवारीसाधनलाई नत कहिलै ट्रफिक प्रहरीले चेक जाँच गर्छ । नत उनीहरु विरुद्ध राजनीतिक दलका नेता कार्यकर्ता बोल्छन् । सबैको मुख रसिलो बनाई दिए पछि कसैले किन बोल्न पर्यो,उनले भने,तर त्यसको सास्ती स्थानिय जनताले झेल्दै आएका छन् । कुनै चिया चोकमा कसैले कुरा उठाईदियो भने उल्टै ठूलो भईस भनेर हप्काउनेहरुको कमि पनि छैन् । यसले गर्दा स्थानिय जनता उद्योगको विरुद्ध बोल्न सकेका छैनन् । नगरपालिकामा कुरा पुर्याए पनि खासै ठोस कदम चालिएको पाइएन् । निरिह जनताले के गर्न सक्छ ?एक स्थानियले भने, बोलबाला ठूलाबडाकै हुन्छ,सर्वसाधारण त पिल्सिने मात्रै हुन् । चुनावी बेला त सबैले यस क्षेत्रको विकासका कुरा गर्ने गरेका छन् । तर चुनाव सकिए पछि कोही सोध्न पनि आउदैनन् ।
च्यामिरे सडक सर्वसाधारण मात्रै नभई कोलिय गणराज्यको राजधानी रामग्राम (पण्डितपुर) र प्राचिन उत्तरक नगर(देवदह ताल तरगौली) पनि जाने यहिँ सडक हो । पर्यटन मार्गको रुपमा भए पनि उद्योगका कृयाकलापले सडक जिर्ण हुदै जादा आउने पर्यटकलाई समेत सास्ती ब्यहोर्न परेको छ । बौद्ध परिपथसँगै जोडिने उतm सडक उद्योगका कारण भत्किए पनि त्यसबारे सरकारी निकायले पनि वेवास्ता गर्दै आएका छन् । सरकारले पनि कि उद्योगमा पुग्ने टिपर र ट्रकमा सडकको क्षमता अनुसारको मालसमान लोड गरि चल्न दिनु पर्ने कि नियमित मर्मत सम्भार गर्नु पर्ने तर सो कार्य नभएको स्थानियको गुनासो छ । कजरार खोला र ज्यामिरे सडक विचमा एक त कसरी मापदण्ड पुर्याएर उद्योग स्थापना भयो,त्यो कुरा नै स्थानियलाई थाहा छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *