सहकारी संस्थाहरुलाई उत्पादनमुखी र पर्यटन क्षेत्रमा पनि लगानी बढाउन आग्रह

नवलपरासी,
नगरभित्र रहेका सहकारी सस्थाहरुले अब उत्पादनमुखी र पर्यटन क्षेत्रमा पनि लगानी गर्नु पर्ने आवश्यकता जिल्लाको सुनवल नगरपालिकाको नगरप्रमुख विमला अर्यालले औल्याएका छिन् । लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी सस्थाको २५ औ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सो कुरा औल्याएकी हुन् ।
हजारौ मेट्रिक टनको चिस्यान केन्द्र नगरपालिका भित्रै निर्माण अन्तिम चरणमा पुगेको छ,ति चिस्यान केन्द्रमा आफ्नो उत्पादन राख्नु पर्ने अवस्था आउछ,तर त्यसमा के कृषि उपज राख्ने ? के उत्पादन गर्ने ? जस्ता कार्यको अब सहकारी सस्थाहरुले सोच्नु पर्ने अवस्था आएको उनले सभामा उठाएकी थिईन् । बचत गर्ने र ऋण लगानी गर्ने लक्ष्य लिई काम गर्दै आएका सहकारीले अब बजारको अध्ययन,मागको अवस्था अनुसार उत्पादन मुखी क्षेत्रमा लगानी गरि उत्पादन बढाउनु पर्ने कुरा जिम्मेवारीबोध गरि सहकारीहरुले अगाडी बढाउनु पर्ने बताएका थिईन् । त्यसै गरि तराई देखी पहाडसम्म रहेको सुनवल नगरपालिका क्षेत्र भित्रकै महलपोखरी डाडामा केबुल कार सञ्चालन गरि पर्यटन ब्यवसाय समेत सञ्चालनका लागि नगरपालिकाले लगानीकर्ताको खोजमा छ,उनले भनिन्,सहकारी सस्थाहरुले समेत यस्ता क्षेत्रमा लगानी गर्न सक्ने सम्भावना हरेको छ । कुनै पनि मुलुकको अर्थतन्त्र समृद्ध बनाउनका लागि कृषि उत्पादन र पर्यटन ब्यवसाय महत्वपुर्ण हुने गरेको छ,उनले सहकारी सेयर सदस्यहरुलाई ति सम्भावना सुनवलमा पनि रहेको छ । त्यस तर्फ पनि अग्रसर हुन सहकारीकर्मीहरुलाई आग्रह गरेकी थिइंन् ।
अगामी बर्षका लागि सहकारीले झण्डै नगरपालिका बराबरकै बजेट कार्यक्रम प्रस्तुत गरेको थियो । सहकारीका अध्यक्ष लेखनाथ खरेलले आर्थिक बर्ष २०७९/०८० को लागि प्रस्तावित गरेको वित्तिय अवस्था कुल १ अर्ब १२ करोड ७० लाख प्रस्तुत गरेका थिए । २०५६ सालमा दर्ता भएको सहकारीमा अहिले ७ हजार ५ सय सेयर सदस्यहरु थपिएर विस्तार हुदै गई रहेको अध्यक्ष खरेलले जानकारी गराएका थिए । गत आर्थिक बर्षमा सहकारी सस्थाले सबै खर्च कटाएर २ करोड ८२ लाख नाफा आर्जन गरेको छ । सहकारीमा ब्यवस्थापक देखी सरक्षागार्डसम्म गरि कुल १८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सहकारीले हालसम्म राष्ट्रिय सहकारी बैंकबाट पुरस्कृत भई सकेको छ । राष्ट्रिय स्तरको गुणस्तर प्रोवेशन ब्राण्ड,उत्कृष्ट सहकारी पुरस्कारसमेत प्राप्त गरिसकेको सहकारीले जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *