सरावल सरकारको कुलो पुर्नउत्थान कार्यक्रमको सहयात्री बन्दै लुम्बिनी प्रदेश सरकार

नवलपरासी,१६ माघ,
जिल्लाको सरावल गाउपालिकाले कुलो पुर्नउत्थान कार्यक्रम अगाडी बढाए पछि लुम्बिनी प्रदेश सरकारले समेत सो अभियानमा सहयात्री बन्ने भएको छ । यसै बर्ष देखी गाउपालिकाले कुलो पुर्नउत्थान कार्यक्रमका लागि बनाउने योजना अगाडी सारेको र अहिले दुई वटा कुलो पुर्नउत्थानको लागि लुम्बिनी प्रदेश सरकारको सिचाई डिभिजन कार्यालय नवलपरासीले गाउपालिकासँग मिलेर काम गर्ने सहमति जनाएको हो ।
सिचाई डिभिजन कार्यालयले दुई वटा कुलोका लागि बजेट सहितको कार्यक्रम सरावलमा परेको जानकारी आएको र त्यसका लागि बुधवार डिभिजन कार्यालय र गाउपालिकाका प्राविधिकसँगै स्थलगत सर्वेक्षण शुरु हुने जानकारी गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले गराए ।यसले हामीलाई थप उत्साही बनाएको छ, उनले भने,कुलोहरुको सर्वेक्षण पश्चात कुन स्तरको कुलो छ,सो अनुसार स साना कुलोलाई गाउपालिकाले बजेट विनियोजन गर्ने, धेरै लागत पर्ने कुलोलाई प्रदेश सरकार र संघिय सरकारसँग मर्मत तथा पुर्नत्थानका लागि सहयोग माग्ने योजना हो । जसमा योजना बनाएको ६ महिना नवित्दै लुम्बिनी प्रदेश सरकारले यो कार्यक्रममा हातेमालो गर्ने भएको छ । संघय सरकारबाट पनि केही कुलो पुर्नउत्थानका योजना पर्नेमा हामी विश्वस्त छौ ।
कतिपय पालिकामा कुलो पुर्दै सडक पुर्वाधार बनाउदै गरेको भए पनि सरावल गाउपालिकाले कुलो पुर्नउत्थान कार्यक्रम ल्याउदा स्थानिय किसान उत्साही भएका छन् । पुर्खाले कुलो मार्फत सिचाई तथा जलनिकास दुबै गर्दै आएको कुरालाई विचमा बोरिगँ र पम्मिगँसेट तथा नहर आदीको प्रचलनले हराउदै गएको कुलो सिचाई ब्यवस्थालाई पुनः स्थापित गर्नका लागि गाउपालिकाले अब योजना बनाएरै कुलो पुर्नउत्थान कार्यक्रम ल्याएको गाउपालिका अध्यक्ष चौधरीको भनाई थियो । कुलो सुख्यायाममा सिचाई साधन मात्र होईन्,उनले भने,कुलो बाढीको बेला जलनिकासको साधन पनि हो । कुलो सिचाईले विगत बर्षमा गाँउको जलनिकास र खेतमा सिचाई प्रबन्ध मिलाइएको थियो । २०२४ सालको नापी हुदाको बखत पनि पुराना नक्सामा धेरै कुलो,घोलहरु हुदै छाडन्,सोई जस्ता जलस्रोतको उल्लेख गरेको पाईन्छ । तर विगत केही दशक देखी विकास पुर्वाधारका लागि स्थानिय तहमा बजेट आउन थाले पछि बजेटको सदुपयोग गर्ने नाँउमा पुराना कुलो पुरियो,घोलहरु भरियो,सोईहरु पुरेर खेत बनाइयो,पोखरी पुर्ने चलनले पनि ब्यापकता पायो,अध्यक्ष चौधरीले भने,तर अहिले आएर ति पुराना संरचनाहरु आवश्यक रहेको कुरा स्थानियले महशुस गर्न थालेका छन् ।
कुला,घोल,पोखरी,ताल,सोई जस्ता पानीका स्रोतहरुलाई पुनः पुर्नउत्थान नगरि स्थाई रुपमा पानीको स्रोत संरक्षण हुदैन् । प्रविधिले बोरिगँ र ट्युवेल गाड्ने सहजता त ल्यायो,तर जमिन मुनिको पानीको स्थाई स्रोत जमिन भित्र जल पुर्नभरणको यिनै स्रोत मास्ने अवस्था पनि ल्याएको छ । दुई दशकमै जमिन मुनिको जल भण्डार सकिएको महशुस हुन थालेको छ । अहिले जमिनमुनिको पानी निकाल्न डिजल महगो भयो,विकल्प विजुली रोजिदै छ,तर पानीको विकल्प पानी नै भएको हुदा पुर्नभरणको माध्यम पनि तिनै कुला र घोल हुन सक्ने भएकोले कुलो पुर्नउत्थान आवश्यक रहेको गाउपालिकाले महशुस गर्न थालेको छ । गाउपालिका भएर गण्डक नहरको मुल नहर तथा शाखा नहरहरु पनि छन्,तर ति नहरहरुमा पनि एकै पटक सबै तिर पानीको माग हुन थाले पछि नहर भए पनि पानी पाउन सकेका छैनन् । आधुनिक सिचाई विधिका कारण नासिदै गएको पुराना सिचाई विधिलाई जसरी पनि पुर्नउत्थान गर्न आवश्यक रहेको उनको भनाई थियो ।
उनले पहिलो चरणमा प्रत्येक वार्डमा रहेका कुलोहरुको सर्वेक्षण गरिने र लगत तयार गर्न लगाईने छ । त्यस पछि कुलोको पानीको मुहान,स्रोतको पहिचान गराईने छ । जल निकासका सोईहरुको समेत पहिचान गरिने गरि जलनिकासको ब्यवस्थापन गरिने उनले जनाए । चुरे देखी भारतिय सिमासम्म फैलिएको सरावल गाउपालिकालाई सिचाई ब्यवस्थापनका लागि तिनै कुलो,घोल,सोईं,ताल पोखरीको लगतको आधारमा गुरुयोजना बनाईने छ । क्रमशः प्राथमिकताको आधारमा कुलो पुर्नउत्थानका लागि बजेट विनियोजन गर्दै कुलो सफाई गर्ने,हुलासी,पिडुरा,पेटबनिया लगायतका विभिन्न घोलको पनि उचिन ब्यवस्थापन गरिने छ । कुलो सिचाई स्रोत हो,भन्ने घोलहरु,पोखरी,ताल तलैया पानीको स्रोत हुन,त्यसै गरि सोईहरु सिचाई पछि बढि भएका पानीहरु बग्ने जलनिकासका पारम्परिक साधन हुन् । यसलाई पुर्नत्थान गर्न आवश्यक छ । सिचाई प्रणालीको नाममा गण्डक सम्झौता अनुसार बनेका झरही,धनेवा,खजुरा खोलामा बनाइएका बाँधहरु रहेका छन् । चुरे देखी भारतिय सिमासम्म कुल ७ वटा वार्ड मध्ये ४ वटा वार्डमा सुख्खा हुने र ३ वटा वार्ड डुबान हुने समस्या हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *