रासायनिक मलखाद्य खरिदको अधिकार पनि संघ सरकारले प्रदेश सरकारलाई दिनु पर्छ: कृषि मन्त्री यादव

नवलपरासी, २९ फागुन,
लुम्बिनी प्रदेश सरकारका कृषि तथा भुमि ब्यवस्था मन्त्री भण्डारीलाल (यादव) अहिरले किसानलाई मल खरिद समेतको अधिकार प्रदेश सरकारलाई दिनु पर्ने बताएका छन् । नवलपरासी केरा उत्पादक संघको छठौ बार्षिक साधारणसभा उदघाटन गर्ने क्रममा सो कुरा बताएका हुन् ।

रासायनिक मल खरिद गर्ने अधिकार संघ सरकारले आफैसँग राखेको र मल वितरणका कार्य मात्रै प्रदेश सरकारसँग राख्दा किसानको भावना र चाहना अनुसार प्रदेश सरकारले किसानलाई बेलामा मल उपलब्ध गराउन नसकेको जानकारी गराएका थिए । नेपाल कृषि प्रधान देश हो,तर किसानलाई आवश्यक सुविधा पुर्याउन नसक्नु दुर्भाग्य भएको उनको भनाई थियो । किसानलाई कृषि कार्य गर्नका लागि आवश्यक सिचाई,मलखाद्य,उन्नत विँउ,विषादी र उत्पादित बस्तुको बजारीकरण लगायतको समस्या विद्यमान नै रहेको हुदा किसानको समस्याबारे आफु जानकार रहेको बताएका थिए । आफु स्वमं कृषि पेशा गर्दै अहिले राजनीतिमा आएको छु,उनले भने,किसानको सबै समस्यासँग म अवगत नै छु । उनले किसानले आफ्नै प्रयासमा भारतबाट मल ल्याउदै गर्दा पनि कानुनी प्रकृया मिलाई सहयोग गर्नु पर्ने उनले बताए । किसानको समस्यालाई आफुले निरन्तर मुख्यमन्त्रीसँग उठाउदै आएको जानकारी गराउदै भने,अहिले पनि भुमाफिया र मलखाद्यमा पनि माफियागिरी कायम रहेको छ । यसको अन्त नगरेसम्म सरकारी प्रयासलाई पनि भाफियाहरुले फेल गराउदै आएको उनले बताए ।
यसका लागि जनता र किसान पनि जागरुक हुन आवश्यक छ,उनले भने,किसानलाई मलखाद्यको समस्यासँगै अहिले सिचाई समस्या पनि विकराल बन्दै गएको पनि महशुस गरेका छौ । डिजल महगो हुदै गएको छ,बोरिगँ सिचाईले किसानको उत्पादन लागत बढदै छ । त्यो भएर खेत खेतमा अब विद्युत आपुर्ति गरेर सिचाई मिटर तथा कृषि मिटरका लागि सहजता बनाउन आवश्यक रहेको र सरकारले त्यसबारे पहल गरिरहेको बताएका थिए । सरकारले बिँउमा पनि ५० प्रतिसत अनुदानको ब्यवस्थापन गर्दै आएको छ,तर पनि समयमा विँउको उपलब्धता र गुणस्तर कायम गर्न चुनौती नै रहेको मन्त्री अहिरले बताएका थिए । साधारणसभामा जनता समाजबादी पार्टीका केन्द्रिय नेता तथा पुर्व रक्षा राज्य मन्त्री रामबचत यादवले किसान प्रति सरकारी उदासिनता कायम नै रहेको बताएका थिए ।
साधारणसभामा जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले कृषि र किसान प्रति तिन तहकै सरकारले एकिकृत योजना अनुसार काम गर्नु पर्ने औल्याएका थिए । किसानसँग स्थानिय तह नजिक छ,उनले भने,त्यसका लागि स्थानिय स्तरबाट योजना बनाउन आवश्यक छ,किसानलाई बजारी करण र अनुदानमा प्रदेश सरकार र संघ सरकारले भुमिका निर्वाह गर्नु पर्छ । नेपालको अर्थतन्त्र नै कृषि र पर्यटनमा टिकेको छ,तर सरकारी लगानी भने यि दुबै क्षेत्रमा कम रहेको उनको भनाई थियो । साधारणसभामा केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले केरा उत्पादनमा रासायनिक मल बढि खपत हुने हुदा केरा किसानलाई छुट्टै मलको ब्यस्थापन गर्नु पर्ने माग राख्दै उत्पादित केराको बजारीकरणमा समेत प्रदेश सरकार र संघ सरकारले भुमिका निर्वाह गर्नु पर्ने आवश्यकता औल्याएका थिए । साधारणसभामा उनले संघले गरेको विभिन्न शिर्षकमा १८ लाख २९ हजार १ सय ७२ रुपियाको आय ब्यय विवरण प्रस्तुत गरेका थिए । छरिएर रहेका केरा किसानलाई संगठित गर्दै संघ मार्फत विभिन्न केरा किसानका लागि कल्याणकारी कार्य तथा किसानको राहतका लागि संघर्षमुलक कार्य पनि गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *