बौद्ध कालिन प्राचीन नन्दन नगरमा ‘आनन्द जात्रा’ निकाल्ने तयारी

नवलपरासी,१७ माघ
बौद्धकालिन प्राचिन नन्दन नगर र नन्दन ताललाई प्रवद्र्धन गर्न स्थानिय ‘आनन्द जात्रा’को तयारीमा जुटेका छन् । जिल्लाको पाल्हीनन्दन गाउपालिका ६ स्थित पहिचानमा आएको प्राचिन नन्दन नगर र नन्दन तालको पहिचान गराउन र प्राचिन संस्कृतिको पुर्नत्थान गर्ने उदेश्यले सो जात्राको तयारीमा जुटेका हुन् ।
ति स्थानको विस्तृत कार्ययोजना नै बनाएर काम गर्नुका साथै सो स्थानलाई प्रचार प्रसार तथा पहिचान र प्रवद्र्धन गर्न आनन्द जात्रा निकल्ने तयारीमा स्थानिय जुटेको सोही वार्डका वार्ड अध्यक्ष कृष्णचन्द्र यादवले बताए । प्राचिन नन्दन नगर र प्राचिन नन्दन तालको इतिहास प्राचिन कोलिय गणराज्यसँग जोडिएको जानकारहरुले बताए पछि सोही अनुसारको संस्कृति संरक्षण र पुर्नत्थान हुने गरि नन्दन जात्रा निकाल्ने योजना रहेको छ, वार्ड अध्यक्ष यादवले भने, यो जात्रा पछिसम्म एक संस्कार र संस्कृतिको रुपमा विकसित हुनेछ । बौद्धकालिन इतिहासलाई संस्कतिमा संरक्षण गर्न लागिएको हो । यसको तयारीका लागि शुक्रवार कार्ययोजनाबारे छलफल,स्थलगत अध्ययन अवलोकन गरिनुका साथै जात्राका लागि एक मुल समारोह समिति समेत बनाईने छ । तत्पश्चात जात्राको कार्ययोजना बनाईने छ ।
केही महिना पहिला पुरातत्वका जानकार नारद यादवले सो स्थान पुरातात्विक र ऐतिहासिक बस्तुहरु फेला परेको ति बस्तुहरु प्राचिन कोलिय गणराज्यको राजधानीमा फेला पर्ने बस्तुसँग मिल्दो जुल्दो भएको भन्दै संकलन गरेर पुरातत्व विभागमा समेत पठाएका थिए । अहिले सो स्थान बौद्धकालिन एक प्राचिन सिटी हुन सक्ने अनुमान बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताएका थिए । डा.श्रीवास्तवका अनुसार बौद्ध साहित्यहरुमा कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) नजिकै एक मंगल पोखरी भएको कुरा उल्लेख पाईन्छ ।
जहाँ कोलिय राजपरिवारका सदस्यहरु आनन्द लिन जाने गर्थे । ति पोखरी सुरक्षित,रमणिय,शान्त र मनोरम दृष्य थियो । सोही पोखरी(ताल) मा एक पटक सिद्धार्थ गौतम आनन्दन गर्न गएको बेला उनलाई कपिलबस्तुबाट उनको छोरा राहुल जन्मेको खबर सोही तालमा पुगेको थियो । उनीबाट कपिलबस्तु फर्केका थिए । आन्दन गर्ने पोखरी(ताल)मा मंगल सन्देश प्राप्त भएको हुदा मंगल पोखरी(ताल) पनि भन्न थालिएको हो । पछि सोही मंगल पोखरी अर्थात ताल नन्दन ताल भनिए होला । सुरक्षार्थ बस्ने सुरक्षाकर्मीहरुको स्थान पछि नगरको स्वरुप प्राप्त गरेको हो । अहिले ताल नजिकै रहेको पुरातात्विक स्थल प्राचिन नन्दन सिटी(नगर) हो ।
नगर नजिकै पडरी गाँउ छ । जुन गाँउ क्षेत्रमा आनन्द गर्न आउने कोलिय राजपरिवार,सैनिक,अन्य नागरिकहरु रात्री बस्ने क्याम्प खडा गर्ने प्रचलन हुने गरेको थियो । जसलाई स्थानिय भाषामा पडाव पनि भन्ने गरिन्छ । सोही पडाव राख्ने स्थान नै पडरी गाउ भएको समेत अनुमान गर्न थालिएको छ ।अहिलेको सोही इतिहासलाई झल्काउने गरि कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)बाट आनन्द गर्न जसरी राजपरिवारका सदस्य,सैनिक र नागरिकहरु आउने गर्थे,त्यसैलाई पुर्नउत्थान होस भनेर त्यसलाई आनन्द जात्राको रुपमा पण्डितपुरबाट नन्दनताल नगर तथा ताल क्षेत्र र पडरी गाँउसम्म जात्रा निकालिने छ । यसले प्राचिन संस्कृतिलाई पुनः पुर्नत्थान हुन्छ,वार्ड अध्यक्ष यादवले भने,सो जात्राले यो प्राचिन नन्दन नगरलाई देश विदेशसम्म प्रचार प्रसार गर्नमा मद्द पुग्ने र यो एक पर्यटकिय स्थलको रुपमा विकास हुन्छ । यसका लागि जिल्ला समन्वय समिति लगायत सरोकारवाला कार्यालय र गाउपालिकालाई समेत स्वामित्व लिई सहयोग गर्न समेत वार्ड अध्यक्ष यादवले आग्रह गरेका छन् ।
स्थानियको सो उत्साहको सराहना गर्दै गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले त्यसका लागि आवश्यक सहयोग गाउपालिकाले गर्ने प्रतिवद्धता समेत जनाएका छन् । यो प्राचिन सम्पदाको संरक्षण मात्रै गरेर पुग्दैन, वार्डअध्यक्षलाई भेटेर उनले भने,यसका लागि निरन्तर प्रचार प्रसारका लागि स्थानिय स्तरबाट कार्यक्रमहरु हुन पर्छ । उनका अनुसार सो स्थानमा फेला परेका प्राचिन बस्तु खपडा,हतियार बनाउन तथा आगो बाल्नमा प्रयोग गरिने ढुगाँका टुक्रा फेला परेको थियो । चारै तिर खाल्टो परेको होचो तर विचमा अग्लो भएको करिब ५ सय विघा क्षेत्रसम्म उतm सिटी फैलिएको हुन सक्ने अनुमान गरिएको छ । नन्दनताल नजिकै रहेको उतm स्थान पनि बौद्धकालिन नै हुने आधार देखिन्छ । सिद्धार्थको मावली राज्य नै प्राचिन कोलिय गणराज्यको भएको हुदा सिद्धार्थ गौतम मात्रै नभई उनकी सानी आमा प्रजावतीका छोरा नन्द र आनन्द भएकोले उनीहरुको पनि मावली कोलिय गणराज्य नै थियो ।
सय विघामा फैलिएको नन्दनतालको संरक्षणसँगै यो नन्दन नगर (सिटी) क्षेत्रलाई पुरातत्व विभागसँग मिलेर यस क्षेत्रको थप अनुसंधानमा गाउपालिकाले काम गर्ने उनको भनाई थियो । अब प्राचिन नन्दननगर क्षेत्र विकास समिति र नन्दन तालका लागि नन्दन ताल संरक्षण तथा पर्यटन विकास समिति गठन गरि सरोकारवाला कार्यालयसँग मिलेर काम गर्ने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताएका थिए ।
केही महिना अगाडी नन्दन तालको दक्षिणमा कोटही माई स्थान पुरातात्विक क्षेत्रको भएको र उतm स्थान नन्दन नगर भएको हुन सक्ने पुरातत्वका जानकार बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताएका थिए । पुरातत्व क्षेत्रका जानकार स्थानिय नरद यादवले उतm स्थानका केही पुरातात्विक बस्तुहरु संकलन गरि पुरातत्व विभागमा पठाएका थिए । गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले उतm स्थानमा पुरातात्विक खोजका लागि पुरातत्व कार्यालयका प्रमुख भास्कर ज्ञवालीले लिखित पत्र बुझाउदै नन्दन नगर र ताल क्षेत्रको विकासमा चाँसो देखाउन थाले पछि स्थानियबासीहरु पनि प्राचिन संस्कृतिको पुर्नत्थानमा सक्रिय हुन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *