बेलाटारी—कठहवा सडकमा ग्राभेलमा मात्रै सत्तरी लाखको भ्रष्टाचार

नवलपरासी, ९ पुस
जिल्लाको कठहवा—बेलाटारी सडक निर्माण कार्यमा अनियमितता देखिएको छ । ठेकेदारले बेलामा काम नगर्नु एउटा कुरा आर्को तिर सडक निर्माणमा तोकिएको मापदण्ड अनुसार काम नगरि अनियमितता गरेको कुरा खुल्न थालेको हो ।
लामो समय देखी सम्पर्कमा नरहेको ठेकदार सम्पर्कमा आएपछि बेलाटारी–कठहवाँ हुलाकी सडक बन्ने आशा जागे पनि अनियमितता कायम नै रहेको स्थानियबासीले बताएका छन् । एक बर्ष देखि सम्पर्क विहिन रहेको ठेकदार अहिले सम्पर्कमा आपछि उक्त हुलाकी सडक निर्माणको कार्य पुनः शुरु हुने स्थानियमा आशा पलायो तर सडकमा मापदण्ड भन्दा कम समाग्रिको प्रयोग गरि भ्रष्टाचार गरिएको आरोप स्थानिय युवराज मौर्यले बताए । २०७७ सालमा शुरु भएको सडक निर्माणको कार्य गर्दा गर्दै ठेकदार विभिन्न बहाना देखाउदै सम्पर्क विहिन भए पछि निर्माण कार्य ठप्प बनेको थियो,उनले भने, सडक निर्माण कार्य ठप्प भए देखि त्यहाँका स्थानियहरुले घाममा धुलोको हैरानी र बर्षामा हिलोको परेशानी खेप्दै आएका छन् ।
सडकमा बनाइएको ढलमा स्लाप नराख्दा ढलमा बच्चाहरु खस्ने, सडको गिट्टी उछिट्टिएर घाउ लाग्ने, सवारी साधन आउदाजादा धुलोले दिउसै बाटो अध्यारो बन्ने जस्ता समस्या रही आएको स्थानिय मौर्यले सुनाए । ठेकदारले सडक बनाउदा सब बेससम्मको काम गरे, पैसा छैन भन्दै एक बर्ष काम छोडी सम्पर्क विहिन भए । निर्माणाधिन सडकले हामी स्थानिय धुलोको हैरानी खेप्दै आएको र यात्रामा कठिनाई समेत भोग्दै आएको उनको आक्रोस थियो । अहिले सडकको मोटाई काम देखिएको छ, उनले भने, यो भ्रष्टाचार अनियमितता पनि हो । यसलाई बेलामै सरकारले अनियमितता हटाउन लाग्नु पर्छ । उनका अनुसार सडकको सब बेस १२ इन्चको मोटाई हुनु पर्छ,तर सडकमा राखिएको सबबेस कहिँ १० इन्च र कहिँ ८ इन्च मात्र भेटिएको छ । सरदर ३ इन्च मोटाई कम छ ।
यसरी ७ दशमलव ९ मिटर चौडाई र ९ किलोमिटर लम्बाईमा बस बेस (ग्राभेल) को कुल परिणाम ५ हजार १ सय ४३ घनमिटर हुन्छ । बजार मुल्य अहिले ग्राभेलको प्रति घनमिटर १ हजार ४ सय रहेको छ । यसरी नगदमा हेर्ने हो भने सडकमा ७२ लाख रुपियाको कम समाग्रि हालेर भ्रष्टाचार गर्न खोजिएको आरोप मौर्यले लगाए । ग्राभेलमा मात्रै ७० लाखको घोटाला गर्दा अन्य सबै कामको सुक्ष्म अध्ययन गर्ने हो भने करोडौ रुपिया भ्रष्टाचार गरिएको अनुमान गर्न सकिने उनको भनाई थियो । तोकिएको मापदण्ड अनुसार समाग्रिको प्रयोग हुनु पर्ने उनको भाग रहेको छ । सडकको तोकिएको मोटाईमा समाग्रि नराखिए केही दिनमै सडक भत्किन शुरु हुन्छ,उनले थपे,यसरी सुक्ष्म रुपमा ठेकेदारले अनियमितता गरिरहेको हुन्छ,जुन स्थानियबासीलाई थाहा हुदैन् । नियमन निकाय बोल्दैन,अनि ठेकेदारको मनोमानी चलेको उनको भनाई थियो ।
धुलोले हैरान स्थानियले त्यहाँका जनप्रतिनिधिहरुको ध्याकर्षण समेत गराएका थिए । त्यस पछि सो क्षेत्रका संघिय सांसद विनोद चौधरी, प्रदेश सांसद देवकरण कलवार र प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव समेतले सम्बन्धित निकाय मार्फत ठेकदारलाई सम्पर्कमा ल्याएर काम गराउन थालिएको प्रदेशसभा सदस्य देवकरण कलवारले जानकारी दिए । यो ठेकदार काम छोडेर भागेको भागे ग¥यो अहिले सम्पर्कमा ल्याएर काम गराउन थालिएको छ, सम्भवत यहि बर्ष उक्त सडक पिच गराएर योजना सम्पन्न गर्ने हाम्रो उद्देश्य रहेको प्रदेश साँसद कलवारले बताए । उक्त सडक निर्माणका लागि कन्टेक प्रा.लि. ठेकदार कम्पनीले करिब २७ करोडमा ठेक्का लिएको छ ।
सडकमा कुल ८ वटा कल्भर्ट छन भने ३ किलोमिटर नाला बनाउनु पर्ने रहेको छ । नाला गाउँ बस्तीमा मात्र बनाईने छ । ठेक्का म्याद सकिन लाग्दा पनि जम्मा ५० प्रतिशत काम भएको ठेकदार पक्षको साईट ईन्जिनियर कैलाश अधिकारीले जानकारी दिए । सडक फराकिलो गरियो, उनले भने, सडकमा माटोफिलिगँ र सबबेसको काम भैसकेको छ ,
एउटा बाहेक अरु ७ वटै कल्भर्ट निर्माण भैसकेको, नालाको ८० प्रतिशत काम सकिसकेको दाबी गर्दै उनले यसै आथिर्क बर्षमा पिच गरेर काम सम्पन्न योजना रहेको जानकारी दिए । ठेकदार पक्षले सडक खसालिएको बेसको मेजरमेन्ट लिई रहेका छन यसै हप्तादेखि काम शुरु गर्ने ठेकदार पक्षले जनाएको छ । आयोजनाको म्याद थपका लागि ठेकदारले सम्बन्धित निकायमा पहल पनि गरिरहेको जानकारी पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *