बुद्धको मावली देवदह र अष्टधातु रहेको रामग्राम स्तुपा भारतमा भएको प्रचार प्रति ध्यानाकर्षण

नवलपरासी,२७ अश्विन
भगवान गौतम बुद्धको मावली देवदह र अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्र भारतिय भुमिमा रहेको भारतिय सञ्चार माध्यममा भई रहेको प्रचार प्रसार प्रति यहाँका संघसंस्थाले ध्यानाकर्षण भएको जनाएका छन् । भारतिय केही सस्था र ब्यतिmहरुले विना कुनै प्रमाण आधारमा बुद्धको मावली देवदह र अष्टधातु रहेको रामग्राम स्तुपा क्षेत्र भारतमा भएको भन्दै प्रचार गर्ने,अभिब्यतिm दिने र भारतिय सञ्चार माध्यमले त्यसैलाई प्राथमिकतामा राखेर प्रकाशन गरेको कार्य प्रति ध्यानाकर्षण गराएका हुन् ।


रामग्राम स्तुप तथा संरक्षण विकास सस्थाका अध्यक्ष सम्भु प्रसाद उपाध्यायले भारतिय केही सञ्चार माध्यमले रामग्राम स्तुपा र देवदह भारतमा रहेको समाचार प्रकाशन गरेको प्रति ध्यानाकर्षण गराएका हुन् । बर्षाै देखी रामग्राम स्तुपा क्षेत्रलाई नेपाल सरकारबाट उपेक्षामा राखिनु र भारतिय सञ्चार माध्यमले रामग्राम स्तुपा भारतीय भुमिमा भएको भनि पटक पटक प्रचारमा ल्याउने गर्दा त्यस प्रति आश्चर्य ब्यतm गर्दै त्यसको खण्डन समेत गरेका थिए । चिनियायात्री ह्वेगसाँग र फाईयानको यात्रा वर्णन,वेलायती विद्धान डा.डब्लु होयद्धारा पनि रामग्राम स्तुपा नेपाली भुमि मै रहेको भनि पत्ता लगाएको भए पनि त्यसलाई भारतिय विद्धान र सञ्चार माध्यमले गलत तरिकाले प्रचार गर्नु दुर्भाग्यपुर्ण भएको उनले बताए ।
यसको सरकारी स्तरबाट पनि विरोध हुनु पर्छ,उनले भने, तर बुद्धसँग सम्बन्धित सरकारी सस्था लुम्बिनी विकास कोषका पदाधिकारी समेत यस प्रति मुकदर्शक बनेको आरोप समेत लगाएका थिए । रामग्राम स्तुपामा पहिलो पटक २०५९ सालमा पुरातत्व विद स्वर्गिय शुक्रसागर श्रेष्ठ र डा.तारानन्द मिश्र लगायतले उत्खनन कार्य गरेर प्रतिवेदन प्रकाशन गरेका थिए । संयुतm राष्ट्र संघिय शिक्षा,विज्ञान तथा संस्कृति संगठन(युनेस्को) मार्फत भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपा क्षेत्र नवलपरासीको रामग्राम नगरपालिका ७ मा रहेको र ति क्षेत्रको उत्खनन कार्य भई विश्व सम्पदा सुचिमा पनि सुचिकृत प्रकृयामा रहेको छ ।
नेपाल सरकारको तर्फबाट पटक पटक भुभौतिक सवेक्षर्ण(जिओफिजिक्स सर्वे) गर्ने कार्य भएका छन् । तर ति क्षेत्रको उत्खनन कार्य दुई दशक देखी रोकिएको छ । पहिलो प्रतिवेदनमा मौर्यन स्टोनका टुक्रा फेला परेको हुदा रामग्राम स्तुपाको संरक्षण गरि बस्दै गरेका नागबंशी र तत्कालिन मगध सम्राट आशोक मौर्य विच भएको सम्वाद शिला भेटिन सक्ने आधार ब्यतm गर्दै थप उत्खनन कार्यको आवश्यकता रहेको समेत प्रतिवेदनमा दर्शाइएको छ । तर के कति कारणले दुई बर्ष देखी उत्खनन कार्य रोकिएको हो ? त्यस प्रति सरोकारवालाको ध्यान गएको छैन् । यसका लागि रामग्राम नगरपालिकाले पनि रामग्राम विकास कोष बनाउने नाटकिय प्रचार गरे पनि अहिलेसम्म कुनै कार्य शुरु गर्न सकेको छैन् । एका तिर नेपालको तर्फबाट स्तुपाको उत्खनन,प्रचार प्रसार र पर्यटन पुर्वाधारमा हेलचक्रयाई गरिनु र आर्को तिर भारतिय पक्षले रामग्राम स्तुपा क्षेत्र भारतीय भुमिमा रहेको प्रचार गरिनु नेपाल सरकारको सरकारी संयन्त्र समेत भारतबाटै प्रभावित भई रहेको समेत आशंका जन्माउने कार्य भई रहेको उनको भनाई थियो ।
भारतिय हिस्दुस्तान पत्रिकाको यहिँ आश्विन २६ गते शुक्रवारको अंकमा दिसंबर में शुरु हो सकती है बौद्ध स्थलो में शमार देवदहकी खुदाई शिर्षकमा समाचार प्रकाशित छ । जस्मा बुद्धको मावली देवदह भनेर बनर्सियालाई दाबी गरिएको छ । भने रामग्राम स्तुपा भारत उत्तर प्रदेश महराजगँज जिल्ला मुख्यालय देखी ४५ किलोमिटरको दुरीमा बनरसिया कला गाँउलाई उल्लेख गरिएको छ । त्यसको लागि सावा तिन करोड भारु लागतको सर्किट हाउस निर्माण कार्य ८० प्रतिसत भई सकेको उल्लेख गरिएको छ । त्यसै गरि सो स्थानमा गत ७ जुनको देशभरि बाट बौद्ध अनुयायी आएका थिए । जस्मा भारतिय बौद्ध महासभा के राष्ट्रिय अध्यक्ष महास्थबिर,विएसआई राष्टिय अध्यक्ष चन्द्रबोधी पाटिल,काशी हिन्दु विश्वविद्यालयको प्रोफेसर डाक्टर इन्दु चौधरी लगायतले पुगेर उपासना गरेको कुरा पनि उल्लेख छ ।
त्यसै गरि गोरखपुर विश्वविद्यालयका प्रोफेसर समेत रहेका अखिल भारतिय इतिहास संकलन समिति गोरक्ष प्रान्तको संरक्षक तथा पुरातत्व विद डा.परशुराम गुप्ताले जिल्ला अधिकारी(डिएम)सँग भेटेर ति देवदह र रामग्राम स्तुपाको जानकारी गराएको कुरा समेत उल्लेख गरिएको छ । यसरी भारतिय केही विद्धानहरुले आफै मनगणन्ते कुरा गरि विना आधार प्रमाणका कुरा प्रचारमा ल्याउने गरेको हुदा यस प्रति पनि ध्यानाकर्षण भएको छ । यसरी एकपक्षिय रुपमा बुद्धको मावली देवदह र रामग्राम स्तुपा भारतको बनर्सियालाई प्रचार गर्नु दुःखद भएको रामग्राम क्षेत्रमा लामो समय देखी खोजअनुसंधान गर्दै आएका बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताए । डा.श्रीवास्तवले विगतमा पनि डा.गुप्ताको पुस्तकलाई खण्डन हुने गरि रामग्राम स्तुपाबारे पुस्तक लेखेर गोरखपुर विश्वविद्यालयमा पठाएका थिए । त्यो बेला गोरखपुर विश्वविद्यालयले डा.श्रीवास्तवको भनाईलाई स्वीकार समेत गरेका थिए ।
नेपाल भित्रको देवदह भनेर नवलपरासीको रामग्राम नगरपालिका १८ कोलनगर (पण्डितपुर) र रुपन्देही देवदह नगरपालिकाको भवानीपुर विच प्रमाणित गर्ने आन्तरिक द्धन्द्ध चलिरहेकै बेला देवदह सँगै रामग्राम स्तुप नै भारतिय भुमि बनर्सिया कला गाउ र त्यहाँको टिला प्रचार हुन थालेको छ । विद्धानहरुको मत बाझे पनि पुरातत्वको आधारमा प्रमाणको खोजी गरि प्रमाणित गरिनु पर्ने डा.श्रीवास्तवको भनाई थियो । उनका अनुसार पछिल्लो पटक देवदह भनेर पण्डितपुर नै भएको धेरै हदसम्म प्रमाण भेटिएका छन्,रामग्राम स्तुपालाई त स्वम् अग्रेजका विद्धान डा.डब्लु होय समेतलो बताई सकेका छन् । युनेस्कोलाई आवश्यक पर्ने प्रमाण आधार खोजी गरि नेपाल सरकारले विश्वसम्पदा सुचिकृत गराउनु पर्ने उनको भनाई थियो । संघसस्थाले मात्रै गरेर पुग्दैन्,उनले भने,सरकारी निकाय नै यस तर्फ लाग्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *