प्राचीन नन्दन नगर र नन्दन तालको संरक्षण प्रवद्र्धनका लागि विस्तृत कार्यायोजना बनाई छलफल

नवलपरासी,१९ माघ
बौद्धकालिन प्राचिन नन्दन नगर र नन्दन ताललाई प्रवद्र्धन संरक्षण गर्न स्थानिय स्तरको विस्तृत भेला आयोजना गरिएको छ । विश्व सिमसार दिवसको अवसर पारेर पाल्हीनन्दन वार्ड नं.६ सनईमा उतm भेलाको आयोजना गरिएको हो ।
विश्व सिमसार दिवस मनाउदै प्राचिन तालको अस्तित्वमा ल्याउनका लागि वृहद कार्ययोजना समेत प्रस्तुत गरिएको थियो । त्यसै गरि नन्दन ताल नजिकै रहेको प्राचीन नन्दन नगरबारे पनि स्थानियलाई अवधारणा विस्तार गरि त्यसलाई पनि एक बौद्ध तिर्थ स्थल तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि छलफल भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराएका थिए । जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले प्रमुख अथितीको शुभकामना मन्तब्य दिदै ताल संरक्षण र नन्दन नगरको पहिचान, गराउनमा जिल्ला स्तरबाट हुने हरेक सहयोगका लागि जिससले समन्वय गरेर जाने प्रतिवद्धता समेत जनाएका थिए । त्यसै गरि ताल तलैयाको महत्व,सिमसार तथा बन्य जन्तुको आवश्यकता तथा महत्वबारे डिभिजन बन कार्यालय नवलपरासीका प्रमुख महेन्द्र राज बाग्लेले सम्झाउदै स्थानिय सक्रियतामा डिभिजन बनको तर्फ सहयोग हुने बताएका थिए । डिभिजनल बन अधिकृत बाग्लेले तालक्षेत्रको स्थलगत अवलोकन समेत गरेका थिए ।


त्यसै गरि विस्तृत कार्ययोजनालाई मुर्त रुप दिन गाउपालिकाले कुनै पनि सहयोग गर्न तयार र तत्पर रहेको गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले बताएका थिए । प्राचीन नन्दन नगरबारे पुरातत्वक जानकार नारद यादवले स्थानियबासीलाई सो प्राचीन स्मारकको संरक्षण गर्नु पर्ने बताउदै त्यसको विस्तृत खोजका लागि आफुले पुरातत्व विभागसँग निरन्तर सम्पर्कमा रहेको जानकारी गराएका थिए । प्राचीन नन्दन नगर प्राचिन कोलिय गणराज्यको एक अभिन्न भागको रुपमा रहेको बताउदै ताल र सो नगरक्षेत्रलाई सँगसँगै जोडेर विकास,संरक्षण र प्रवद्र्धनमा जुट्नु पर्ने त्यसका लागि विस्तृत कार्ययोजनाको प्रस्तुती पत्रकार बेचु गौडले गरेका थिए ।
भएको विस्तृत भेलाले ताल र नगरको संरक्षण र विकासम नयाँ आयाम थप्ने वार्ड अध्यक्ष कृष्णचन्द्र यादवले बताएका थिए । छिट्टै सो क्षेत्रको प्रवद्र्धन र प्रचार प्रसारका लागि ‘आनन्द जात्रा’को तयारी पनि भई रहेको उनले बताए । प्राचिन नन्दन नगर र नन्दन तालको पहिचान गराउन र प्राचिन संस्कृतिको पुर्नत्थान गर्ने उदेश्यले सो जात्राको तयारीमा भईरहेको उनले जनाए । ति स्थानको विस्तृत कार्ययोजना नै बनाएर काम गर्नुका साथै सो स्थानलाई प्रचार प्रसार तथा पहिचान र प्रवद्र्धन गर्न आनन्द जात्रा निकल्ने कार्य हुन्छ । प्राचिन नन्दन नगर र प्राचिन नन्दन तालको इतिहास प्राचिन कोलिय गणराज्यसँग जोडिएको जानकारहरुले बताए पछि सोही अनुसारको संस्कृति संरक्षण र पुर्नत्थान हुने गरि नन्दन जात्रा निकाल्ने योजना रहेको छ । यो जात्रा पछिसम्म एक संस्कार र संस्कृतिको रुपमा विकसित हुनेछ । बौद्धकालिन इतिहासलाई संस्कतिमा संरक्षण गर्न लागिएको हो । यसको तयारीका लागि शुक्रवार कार्ययोजनाबारे छलफल,स्थलगत अध्ययन अवलोकन गरिनुका साथै जात्राका लागि एक मुल समारोह समिति समेत बनाईने छ । तत्पश्चात जात्राको कार्ययोजना बनाईने छ ।
पुरातत्वका जानकार नारद यादवले सो स्थान पुरातात्विक र ऐतिहासिक बस्तुहरु फेला परेको ति बस्तुहरु प्राचिन कोलिय गणराज्यको राजधानीमा फेला पर्ने बस्तुसँग मिल्दो जुल्दो भएको भन्दै संकलन गरेर पुरातत्व विभागमा समेत पठाएका थिए । अहिले सो स्थान बौद्धकालिन एक प्राचिन सिटी हुन सक्ने अनुमान बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताएका थिए । डा.श्रीवास्तवका अनुसार बौद्ध साहित्यहरुमा कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) नजिकै एक मंगल पोखरी भएको कुरा उल्लेख पाईन्छ ।
जहाँ कोलिय राजपरिवारका सदस्यहरु आनन्द लिन जाने गर्थे । ति पोखरी सुरक्षित,रमणिय,शान्त र मनोरम दृष्य थियो । सोही पोखरी(ताल) मा एक पटक सिद्धार्थ गौतम आनन्दन गर्न गएको बेला उनलाई कपिलबस्तुबाट उनको छोरा राहुल जन्मेको खबर सोही तालमा पुगेको थियो । उनीबाट कपिलबस्तु फर्केका थिए । आन्दन गर्ने पोखरी(ताल)मा मंगल सन्देश प्राप्त भएको हुदा मंगल पोखरी(ताल) पनि भन्न थालिएको हो । पछि सोही मंगल पोखरी अर्थात ताल नन्दन ताल भनिए होला । सुरक्षार्थ बस्ने सुरक्षाकर्मीहरुको स्थान पछि नगरको स्वरुप प्राप्त गरेको हो । अहिले ताल नजिकै रहेको पुरातात्विक स्थल प्राचिन नन्दन सिटी(नगर) हो ।

नगर नजिकै पडरी गाँउ छ । जुन गाँउ क्षेत्रमा आनन्द गर्न आउने कोलिय राजपरिवार,सैनिक,अन्य नागरिकहरु रात्री बस्ने क्याम्प खडा गर्ने प्रचलन हुने गरेको थियो । जसलाई स्थानिय भाषामा पडाव पनि भन्ने गरिन्छ । सोही पडाव राख्ने स्थान नै पडरी गाउ भएको समेत अनुमान गर्न थालिएको छ ।अहिलेको सोही इतिहासलाई झल्काउने गरि कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)बाट आनन्द गर्न जसरी राजपरिवारका सदस्य,सैनिक र नागरिकहरु आउने गर्थे,त्यसैलाई पुर्नउत्थान होस भनेर त्यसलाई आनन्द जात्राको रुपमा पण्डितपुरबाट नन्दनताल नगर तथा ताल क्षेत्र र पडरी गाँउसम्म जात्रा निकालिने छ । यसले प्राचिन संस्कृतिलाई पुनः पुर्नत्थान हुन्छ,वार्ड अध्यक्ष यादवले भने,सो जात्राले यो प्राचिन नन्दन नगरलाई देश विदेशसम्म प्रचार प्रसार गर्नमा मद्द पुग्ने र यो एक पर्यटकिय स्थलको रुपमा विकास हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *