परासीको राष्ट्रिय धार्मिक एकता सम्मेलन नेपालमै उदाहरणिय कार्य भएको छ ः राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना

नवलपरासी,६ आश्विन
मदरसा शिक्षकहरुको साझा संगठन ओल्मा काउन्सिल नेपालले आयोजना गरेको राष्ट्रिय एकता दिवस नेपालमै उदाहरणिय कार्य भएको संघिय संसद राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताएका छन् । शनिवार परासीमा आयोजना गरिएको उतm सम्मेलनमा उदघाटन मन्तब्य दिदै उनले सो कुरा बताएका हुन् ।
इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्यजयन्तीको अवसरमा ओल्मा काउन्सिल नेपाले सम्भवतः पहिलो पटक यस्तो सम्मेलनको आयोजना गरिएको अध्यक्ष तिमिल्सिनाले बताएका थिए । इस्लामिक धर्मगुरु मात्रै नभई हिन्दु,बौद्ध र इसाई धर्मगुरुलाई समेत सहभागिता गराई धार्मिक एकताको स्वरुप प्रदान गर्ने गरि गरिएको उतm कार्यक्रमले अन्य मुलुकमा धार्मिक द्धन्द्ध भए पनि नेपालमा सबै धर्म विच एकता रहेको सन्देश दिइएको उनले बताए । यस प्रकारका सम्मेलन अन्य धार्मिक समुह र संघसस्थाले पनि आयोजना गर्नु पर्छ,यो उदाहरणिय र सराहनिय कार्य भएको छ,उनले भने,यसले धार्मिक सदभावलाई बलियो बनाउदै समाजिक रुपान्तरणमा योगदान पुर्याउने छ । नेपाल एक धर्म निरपेक्ष राष्ट्र हो ।
संविधानले यो कुरालाई अंगिकार गरेको छ । नेपाल धार्मिक विविधता मात्रै नभई विभिन्न भौगोलिक,जातजाती,भाषा भाषी भएको सुन्दर स्वर्गिय स्वरुपको फूलवारी हो । यस प्रकारको विविधता संसारमा विरलै पाईन्छ । यसलाई भाडभैलो गर्ने,एकता भाड्ने केही कुतत्वहरु पनि हुन्छन,तर ति सबैलाई चिदै धार्मिक सम्मेलन गरि नै रहुन पर्छ । यसैले त्यस्ता नकारात्मक गतिविधिलाई विस्थापित गर्छ । धार्मिक सदभावलाई स्थापित गर्छ । नेपालको यस्तो धार्मिक सदभावको फूलवारी फलुन फूलुन भनि सम्मेलनको उदघाटन गमलाको फूलमा पानी हालेर अध्यक्ष तिमिल्सिनाले गरेका थिए,भने सभाको शुभारम्भ पुर्व नेपालबाट धार्मिक सदभाव र शान्तिको सन्देश संसार भरि फैलियोस भनेर शान्तिको सन्देश स्वरुप परेवा समेत उठाएका थिए । रचनात्मक ढंगले सम्मेलन भएको थियो । कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अंसारीले यो सम्मेलन नेपालकै नमुना सम्मेलन भएको बताएका थिए । इस्लाम धर्मको पर्व भए पनि सबै धर्मका गुरुहरुको सहभागिताले यो पर्वलाई स्मरणिय बनाएको उनको भनाई थियो ।


उतm सम्मेलनमा लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालले नवलपरासी जिल्ला आफैमा धार्मिक एकता बनाउने खालको भएको बताएका थिए । इस्लाम धर्म गुरुको तपस्या स्थल मदारबाबा र जिल्लाको सुनवल नगरपालिका ९ मा धर्म गुरुको मजार इस्लामिक महत्व बोकेको तिर्थ स्थल छ । यहाँ भगवान बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपा,बुद्धले गृहत्याग गरि सन्यास धारण गरेको अनोमाघाट,उनको मावली कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) पवित्र स्थल रहेको छ । त्यसै गरि हिन्दुको तिर्थ स्थलको रुपमा लोहरौली शिवालय लगायत सयौको संख्यामा शिवमन्दर,देवी देवताका मठमन्दिरले भरिएको जिल्ला हो । अहिले विभिन्न स्थानमा चर्चको निर्माणमा पनि भई रहेका छन् । अहिले यो धार्मिक सम्मेलनले सबैको सहअस्तित्व र सदभावको उदाहरण हो । एकले आर्कोलाई सहयोग गरि धार्मिक सदभाव कायम गर्दै समाजिक तथा आर्थिक समृद्धिसँग जोडेर यि धार्मिक स्थलको विकास र प्रवद्र्धन गर्न उनले औल्याएका थिए ।
सम्मेलनले कब्रिस्तान बनकट्टी स्थित इस्लामिक पुरातात्विक र धार्मिक स्थललाई इस्लाम धर्म तिर्थ स्थलको रुपमा प्रवद्र्धन तथा धार्मिक सदभाव बलियो बनाउन सर्व धर्म एकता सम्मेलनको उदेश्य रहेको थियो । सम्मेलनमा हिन्दु धर्मका अभियन्ता तथा पुर्व प्राध्यापक सत्यदेव पाण्डे, ,इस्लामिक धर्म गुरु आले रसुल हजरत सैयद असन अशरफ असरफी जिलानी साहबले धार्मिक सन्देश दिएका थिए । त्यसै गरि बौद्ध धर्मको तर्फबाट लुम्बिनी स्थित राजकिय बुद्ध विहारका भिच्छु भन्ते सागर धम्म आउने भए पनि उनको स्वास्थ्य समस्याले आउन नसकेको आयोजक सस्थाका अध्यक्ष सैयद गुलाम हुसेनले जानकारी ।
बनकट्टी मजारलाई केही दिन पहिला पनि सो क्षेत्रलाई इस्लाम धर्म केन्द्र बनाउनु पर्ने स्थानियले माग गर्दै आएका थिए । सोही मागलाई राष्ट्रियकरण हुने समेत यो सम्मेलनको योगदान गरि आयोजना गरिएको थियो । इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मोत्सव बाह््ररविऔअललाई भब्यताका साथ मनाउउदै गर्दा पैगम्बर मोहम्मदको ३२ औ पुस्ता पछिको इस्लामिक धर्म गुरुको मजारलाई इस्लाम धर्मको केन्द्र बन्ने विश्वास मुस्लिम समुदायले लिएको हुदा सो लक्ष्य पुरा हुने आयोजकले महशुस गरेको छ । झण्डै एक शताब्दी पहिला देखी नै सो स्थानमा सैयद अब्दुल हमिद आएका थिए । इस्लाम धर्म शिक्षा स्थानियलाई दिने गरेका थिए । पछि उनको इन्तकाल(मृत्युं) भयो । उनको समाधि बनकट्टीमा बनाई संरक्षण गरिएको छ ।
अन्य इस्लामिक ब्यतिmत्वहरुको पनि दफन गर्ने कार्य सो स्थानमा भएको छ । तर अब सो स्थानमा अहिले पनि अल्लाह(.इश्वर)को प्रभाव शतिm भएको धेरैले महशुस गर्दै गरे पछि त्यहा इस्लामिक विधि अनुसार पुजापाठ गर्ने जस्तो नवाज पढने गरेका छन् । बाहिरबाट आउने ब्यतिm पनि सो मजार स्थलमा नवाज पढने श्रद्धा ब्यतm गर्ने गरेका छन् । सो मजार क्षेत्रको प्रचार प्रसार गरि धार्मिक तिर्थ स्थल र इस्लामिक धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न आवश्यक देखिएको मौलाना सैयद गुलामले बताए । उनका अनुसार सैयद अब्दुल हमिद मदारबाबा कै समकक्षी इस्लामिक गुरु थिए । मदारबाबा त यसै जिल्लाको सुस्ता गाउपालिका स्थित मदारबाबा पहाडमा तपस्य
ा मात्र गरे र पछि भारत तर्फ फर्केर गए ।
उनको तपस्थली मात्रै हो । तर यहाँ सैयद अब्दुल हमिद अन्तिम समय सम्म पनि धार्मिक शिक्षा प्रदान गर्ने र जनमानसमा दुवा गर्दै आउने प्रख्यात धर्म गुरु हुन्,उनको इन्तकाल पछि उनको समाधि अर्थात मजार पनि बनकट्टीमा बनाइएको छ । सैयद अब्दुल हमिदको पैगम्बर मोहम्मदको परिवारसँग रतm सम्बन्ध रहेको बंशावली नै रहेको छ । उनी पैगम्बर होम्मदको ३२ औ पुस्ताका धर्मगुरु हुन् । उनका पुर्खाहरु धर्म प्रचार प्रसारमा अरबबाट भारतमा प्रवेश गरेका थिए । सो क्रम अहिले पनि निरन्तर चल्दै आएको उनीसँगै खान्दानिया रतm सम्बन्ध भएका मौलाना गुलाम पनि हुन् । उनको ठूलो हजुर बुबा थिए सैयद अब्दुल हमिम । सो बंशावली अहिले पनि नेपाल र भारतमा छरिएर रहेको छ । उनका पुस्ताले पनि धर्मगुरु सैयद अब्दुल हमिदको मजार क्षेत्रको प्रचार प्रसार गर्नु पर्ने आवश्यकता स्थानियले महशुस गर्न थालेको मौलाना सैयद गुलामको भनाई थियो । स्थानिय र स्थानिय सरकारसँग नै मिलेर बनकट्टी मजार क्षेत्रको विकास संरक्षण गरि एक ट्रष्टको रुपमा संस्था खोल्ने रहेको सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *