करोडौको तुरियाखोला पुल डिजाईन फेल हुदा निर्माण कार्य अलपत्र

नवलपरासी,
जिल्लाको रामग्राम १५ स्थित तुरियाखोला पुलको डिजाईन फेल हुदा निर्माण कार्य अलपत्र परेको छ । पुरानो हुलाकी मार्गमा पर्ने सो तुरियाखोला पुलको उचाँई नै कम राखेर डिजाईन गरेको कारण अहिले पुलको डिजाईन नै फेल भएर निर्माण कार्य अलपत्र परेको हो ।
सडक पुर्वाधार विकास कार्यालय(आरआईडिओ) मणिग्राम रुपन्देहीले उतm पुलको डिजाईन गरि ठेक्का लगाएको थियो । उतm पुलको निर्माण कार्यको जिम्मेवारी एम/एस सगुन ओम इन्फ्राटेक जेभि कालिकानगर बुटवल रुपन्देहीले ठेक्का साकार गरि निर्माण शुरु गरेको थियो । पुलको शिलान्यास तत्कालिन लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्रि बैजनाथ चौधरीले ठूलै समारोहको विच शिलान्यास गरेका थिए । पुल निर्माणको डिजाईन नै फेल होला भनेर लागेको थिएन् होला । अहिले पुलको डिजाईन नै फेल भएको देखिएको छ,स्थानिय बलिराम कोईरीले भने,स्थानिय स्तरमा नपुगि सम्भवतः इन्जिनियरले सो पुलको डिजाईन गरे होलान,त्यही भएर अहिले पुलको डिजाईन फेल भयो,भन्ने कुरा सुनिएको छ । पुलको डिजाईन नै फेल भए पछि अहिले पुलको निर्माण कार्य रोकिएको छ । सम्बन्धित निर्माण कम्पनीले यहिँ २०७९ साल कातिक ३० गते भित्र पुलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने थियो । तर डिजाईन नै फेल हुदा निर्माण कम्पनीलाई पनि काम ढिलो गर्न बहाना मिलेको छ ।
दातृनिकाय हुन वा नेपाली जनता अनुदान र कर वापत सरकारलाई रकम बुझाउछन् । तर सरकारी ओहदामा पुग्ने इन्जिनियर र सरकारी कर्मचारीलाई त्यसको कुनै मतलब छैन् । आफ्नो तलब सुविधा खान पाए पुग्यो,जनताको सेवा भाडमा जाओस के मतलब ? स्थानियबासीले कराएर पनि के गर्न सक्छन ? २०७७ साल बैशाख ३१ गते सम्झौता भई २०७९ कातिक ३० भित्रमा पुलको निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । ६० मिटर लामो पुलको स्पान ३० बाई २ रहेको छ । स्वीस सरकार विकास सहयोग (एसडिसी) को ८ करोड ७९ लाख ९५ हजार ४ सय १९ रुपियामा पुलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने थियो । पुलको प्राविधिक सहयोग स्थानिय सडक पुल कार्यक्रम (एलआरविपी) र स्थानिय सडक पुल सहयोग ईकाई )एलआरविएसयु) मणिग्रामले नै गर्दै आएको छ । प्राविधिक लापर्वाहीले पुलको डिजाईन नै फेल भएको छ । पुलको उचाई करिब ढाई मिटर अझ अग्लो बनाउनु पर्नेमा कम गरिएको थियो । अहिले पुरानै डिजाईनमा पुल निर्माण गरिए पुल नै खोलाको लागि बाँध कायम हुने छ । नदीको धार अनयत्र बग्नेछ । जस्ले खोलाको धार परिवर्तन गरि स्थानिय स्तरमा धनजनको क्षति पुर्याउने छ ।
सोही पुल भएर अहिले विश्व बैंकको ६२ करोड लगानीमा प्राचिन कोलिय गणराज्यको राजधानी भएको (हाल पण्डितपुर) जोड्ने सडकको समेत सर्वेक्षण भई निर्माण प्रकृया पनि अघि बढेको छ । सडक बन्यो तर पुल बनेन भन्ने आर्को समस्या देखिन सक्छ । पुलको डिजाईन फेलले स्थानियबासीलाई निरास बनाएको एक स्थानियले बताए । पुल बन्ने गरि शिलान्यास हुदा स्थानियबासी उत्साही थिए,उनले भने, अहिले पुलको डिजाईन फेल भयो,भनेर सुनिएको छ,पुन नै नबन्ने हो कि भनेर पनि स्थानियबासीमा निरासा छाएको छ । पुलले रामग्राम नगरपाकिलाको घिनहा,पण्डिपुर,पम्पापुर र रुपन्देहीको आधादर्जन गाउलाई परासी सदरमुकामसँग जोड्ने छ । अझ पर्यटकिय स्थल पण्डिपुरको प्रमुख सडक जोड्ने पुल पनि हो,त्यो भएर पनि सो पुलको डिजाईन फेरिएर तत्काल पुल निर्माण कार्य गर्नु पर्ने स्थानियको माग रहेको छ ।
पुलको डिजाइन नै फेल भएर काम रोकिएको रामग्राम नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले बताए । उनका अनुसार डिजाईन फेल हुदा केही प्राविधिक कठिनाई भएको छ,तर पनि आयोजना कार्यालयले पुलमा थप उचाई बढाउने गरि पुनःडिजाईन र थप बजेट गर्ने जानकारी आएको छ । चाडै नै सो पुलको उचाई वृद्धि गरि पुल बन्ने उनले बताए । स्थानियबासी निरास हुन पर्दैन्,उनले भने, पुलको पुनःडिजाईन गरि पुल निर्माण कार्यलाई निरन्तरता दिलाउनका लागि नगरपालिकाले पनि निरन्तर फ्लो गरिरहेको उनले जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *