अन्तरक्रिया गर्दै परासीमा मनाईयो १३३ औ डा.अम्बेडकरको जन्मदिवस

नवलपरासी, १ बैशाख
जिल्ला सदरमुकाम परासीमा नेपालमा समावेशिता र डा.भिमराव अम्बेडकरलाई जोडेर अन्तरक्रिया कार्यक्रम गरिएको छ । डा.अम्बेडकरको १३३ औ जनदिनको अवसरमा बौद्धिक समाज नवलपरासीले सो कार्यक्रमको आयोजना गरेको हो ।
संविधान सभा सदस्य चिनक कुर्मीको प्रमुख आथित्थ्यतामा सो कार्यक्रमको आयोजना गरिएको बौद्धिक समाजका अध्यक्ष अधिवतmा मनोज कुमार हरिजन(नागबंशी)ले बताए । डा.अम्बेडकद्धारा भारतको संविधानमा समाजिक र जातिय समावेशिता तथा आरक्षण दिइने कार्य भएको र अहिले अन्य देशमा पनि समाजिक समावेशिता तथा आरक्षण ब्यवस्था डा.अम्बेडकरद्धारा प्रतिपादित एक सिद्धान्तको रुपमा स्थापित भएको कार्यक्रममा बताइएको थियो । आरक्षण ब्यवस्थाले मात्र लोकतान्त्रिक मुल्य मान्यतालाई स्थापित गरि समावेशि चरित्रको राज्य देखिन सकिने आधार भएको हुदा नेपाल सहित विश्वका अन्य मुलुकले डा.अम्बेडरको विचारलाई अंगिकार गर्दै आएका छन् ।
कर्ल माक्र्सले धनि गरिब विचको बर्गिय चरित्रलाई सिद्धान्त मार्फत उजागर गरेका थिए । नेलसन मण्डेलाले रंगभेद विरुद्धको आन्दोलनको नेतृत्व गर्दै पछि रंगको आधारमा भेदभाव मुतm समाजको सिद्धान्त प्रतिपादन गरे । अम्ब्राहम लिँकनले दास प्रथा विरुद्धको निर्णय गरेर आफ्नो इतिहास रचे जस्तै दक्षिण एशियामा विद्यमान बर्ण तथा जातजातीमा बाडिएका समाजलाई समावेशिता र आरक्षणले समावेशि चरित्रको राज्य बनाउनमा सहयोगी हुने हुदा डा.अम्बेडकर अनुसुचित जातजातीका लागि एक मार्ग दर्शक बनेको बौद्धिक समाजका अध्यक्ष नागबंशीले बताउदै उनको स्मृतिमा यो कार्यक्रमको आयोजना गरिएको जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अथिती संविधानसभा सदस्य कुर्मीले नेपालको संविधान २०७२ समावेशि सिद्धान्तलाई अंगिकार गरे पनि समानुपातिक समावेशि सिद्धान्तलाई स्वीकार नगरिएको हुदा त्यसको लागि निरन्तर संघर्ष आवश्यक रहेको बताएका थिए । अहिलेको संविधानमा अनुसुचित जातजातीका लागि न्युनतम उपलब्धी मानिन सकिने तर पुर्ण उपलब्धीका लागि अझै संघर्ष गरि नै रहनका लागि आग्रह गरेका थिए । यसका लागि विभिन्न जातजातीमा निरन्तर जागरण आवश्यक रहेको समेत उनले औल्याएका थिए । डा.अम्बेडर हिन्दु भएर जन्मे पनि देह त्याग एक बौद्ध भिच्छु भएर गरे,त्यसैलाई पछ्याउदै अन्य दलित अनुसुचित जातजातीले ब्राम्हण धर्म(हिँन्दु धर्म) त्याग गरि बौद्ध मार्गमा नलागेसम्म ब्राम्हण धर्मको बर्ण ब्यवस्थामा सधै शुद्र र अछुत भएरै बाच्नु पर्ने अवस्था रहने समाजिक अभियन्ता भगवानदास हरिजनले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *