प्रतापपुर गाँउपालिका

प्रतापपुर गाउपालिकाको सार्वजनिक सुनुवाई
प्रतापपुर गाँउपालिका, राजनीति

प्रतापपुर गाउपालिकाको सार्वजनिक सुनुवाई

नवलपरासी,६ माघजिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिकाको सेवाबाट प्रदान गरिने सेवा सुविधाबारे जनताको गुनासो र प्रतिकृया लिने उदेश्यले सार्वजनिक सुनुवाई गरेको छ । गाउकार्यपालिका तथा विभिन्न शाखा र वार्ड कार्यालयहरु मार्फत सम्पदान हुने कार्यक्रमबारे जनताले प्रत्यक्ष सवाल जवाफ गर्ने गरि सो सार्वजनिक सुनुवाई भएको हो ।त्रिभुवन नमुना मावि परिसरमा शुक्रवार भएको सार्वजनिक सुनुवाईमा ४६ जना सेवाग्राही र स्थानियबासीले गाउ कार्यपालिका अध्यक्ष उमेशचन्द यादव लगायतका जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरे सहित प्रमुख शाखाहरुमा शिक्षा र स्वास्थ्य,योजना,कृषि लगायतका कार्यक्रमसँग सम्बन्धित प्रश्नहरु उठाएका थिए । स्थानियबासीको प्रश्नको जवाफ तथा जिज्ञासा मेटाउदै अध्यक्ष यादवले विगतमा भएका कमी कमजोरीलाई सुधार्दै अबका दिनमा गाउपालिकाबाट सेवा प्रवाहमा कुनै प्रकारको ढिलाई,जनभावना विपरित हुने कार्...
जग्गाको ‘भु—उपयोग’ बर्गिकरण कार्यमा खटिए प्रतापपुर गाउपालिकाका जनप्रतिनिधि
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

जग्गाको ‘भु—उपयोग’ बर्गिकरण कार्यमा खटिए प्रतापपुर गाउपालिकाका जनप्रतिनिधि

नवलपरासी,४ माघभु उपयोग बर्गिकरण कार्य बेलामा हुन नसक्दा रोकिएको जग्गाको कित्ता काटले नागरिकको सम्पती राख्ने,खरिद विक्रि गर्न सक्ने ‘मौलिक हक हनन’ नहोस भनेर जिल्लाको प्रतापपुर गाउपालिकाले सो कार्य पुरा गर्न तत्परता दिएको छ । जिल्लाको रामग्राम नगरपालिकाले बनाएको भु उपयोग बर्गिकरण कार्य हावादारी भएको नापी कार्यालय जनाइरहेकै बेला प्रतापपुर गाउपालिकाले भु उपयोग बर्गिकरणका लागि वार्ड र टोल टोलमै पुगेर आफ्ना वार्ड सदस्यहरुलाई बर्गिकरण कार्य गर्नका लागि जनप्रतिनिधि परिचालित भएका हुन् ।बर्गिकरण कार्यलाई जति सक्दो छिटो छरितो गरि नापी कार्यालयमा लगत विवरण पाठएर कित्ताकाट प्रकृया खुल्ला गर्ने उदेश्यले गाउपालिका लागि परेको गाउपालिकाका अध्यक्ष उमेश चन्द यादवले बताए । यस्तो काममा कर्मचारी मात्रै खटेर हुदैन्,उनले भने,त्यही भएर अहिले वार्ड वार्ड र टोल टोलमै पुगेर सम्बन्धित किसानका जग्गा विवरण तयार गर्न लग...
प्रतापपुर गाउपालिकाले शुरु गर्यो गाउसभाको हिउँदे अधिवेसन
अर्थ, प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुर गाउपालिकाले शुरु गर्यो गाउसभाको हिउँदे अधिवेसन

नवलपरासी,२८ पुसजिल्लाको प्रतापपुर गाउपालिकाले आफ्नो १३ औ गाउसभाको शुभारम्भ गर्दै हिउँेदे अधिवेशन शुरु गरेका छ । विहिवार लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेशसाँसद) देवकरण कलवारको प्रमुख आथित्यता र जिसस प्रमुख भगौती यादवको विशिष्ठ आथित्यतामा गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले हिउँदे अधिवेशनको एक कार्यक्रम विच शुरभारम्भ गरेका हुन् ।विगत बर्षमा एक दिनमै सभाको अधिवेशन सकाउदै आए पनि यो बर्ष देखी संसदिय अभ्यास गर्ने उदेश्यले लामो समयसम्म सभा सञ्चालन रहने जानकारी समेत अध्यक्ष यादवले गराएका थिए । उनले अधिवेशनको शुभारम्भमा गाउसभाका सदस्य समक्ष विभिन्न २६ बुदे प्रस्तावहरु प्रस्तुत गरेका थिए । प्रस्तुत प्रस्तावबारे सभा सदस्यहरुले केही समय लिएर अध्ययन गर्ने,आफ्ना सुझावहरु प्रस्तुत गर्ने गरि अध्ययनका लागि विहिवारका लागिसभा स्थगित गरिएको समेत जानकारी गराएका थिए । सभामा प्रस्तुत प्रस्तावमा हालसम्मको गाउपाल...
प्रतापपुर गाउपालिकाले अगाडी सार्दैछ,भारतिय पश्चिमी गण्डक नहर छेउको जलासयमा मत्स्यपालनको योजना
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुर गाउपालिकाले अगाडी सार्दैछ,भारतिय पश्चिमी गण्डक नहर छेउको जलासयमा मत्स्यपालनको योजना

नवलपरासी,२५ पुस (बार्षिक रु.८ करोड १० लाखको माछा उत्पादन गर्न सकिने विज्ञको भनाई)जिल्लाको प्रतापपुर गाउपालिका भित्र रहेको भारतिय मुख्य पश्चिमी नहर सिचाई प्रणालीका किनारका जलासयलाई गाउपालिको ब्यवस्थित गरि मत्स्य पालनमा उपयोग गर्ने भएको छ । बर्षाै देखी खेर गईरहेको उतm जलासयको उपयोग गर्ने गरि नीति कार्यक्रम बनाउने कार्य भई रहेको गाउपालिको जनाएको हो । गाउपालिका भित्रै साधन स्रोत छ,गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले भने,तर अहिलेसम्म ध्यान कसैको गएन् । नेपाली भुमि भएर भारतिय नहर बगेको छ । नहर किनारमा जलासय बनेको छ । सो जलासय बर्षाै देखी अलपत्र अवस्थामा छ । रोजगारी खोज्दै स्थानिय युवा विदेशीएका छन्,उनले थपे्,विदेशका माछाले नेपाली बजार लिदैछ । यसबारे स्थानिय युवालाई मत्यस्य पालन योजनामा ल्याउन सकियो भने विदेशी माछाको आयात घटाउछ । नेपाली युवालाई आफ्नै देश र घरमा बसेर रोजगारी दि...
प्रतापपुर गाउपालिकाको महेन्द्र मावि सोमनीमा स्थानिय युवा अनोज यादव अध्यक्ष छनौट
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

प्रतापपुर गाउपालिकाको महेन्द्र मावि सोमनीमा स्थानिय युवा अनोज यादव अध्यक्ष छनौट

नवलपरासी,१९ पुसजिल्लाको प्रतापपुर गाउपालिका वडा न ३ सोमनी स्थित महेन्द्र माध्यमिक बिद्यालयमा नयाँ विद्यालय ब्यवस्थापन समितिको छनौट भएको छ । स्थानिय अनोज यादवको नेतृत्वमा विद्यालय ब्यवस्थापन समिति छनौट भएको विद्यालयले जानकारी गराएको हो ।मंगलवार बिद्यालयमा विद्यालय ब्यवस्थापन समितिका सदस्यहरुको बैठकले सर्वसम्मतले यादवलाई अध्यक्ष छनौट गरेको थियो । विद्यालयले स्थानिय समाजसेवी युवा यादवलाई अध्यक्षमा छनौट गरेको हुदा विद्यालयमा परिवर्तन हुने विश्वास लिएको बिद्यालयका प्राधानाध्यापक अजय शर्माले बताए । यसै गरि सदस्यहरुमा रेखा कोहार ,बुधिया देवी चौधरी ,लालचन पासि ,कलावति देबी हरिजन र गौतम कहार रहेका छन् । अध्यक्ष पदमा चयन हुनभएको यादव बिद्यालयलाई नमुना बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । शैक्षिक बिकास आजको आवश्यकता रहेको ले नमुना बनाउनु पर्ने योजना रहेको उनले बताएका थिए । विद्यालयको विकास,स...
फिल्ड जाने कर्मचारीका लागि प्रतापपुरले राख्यो फिल्डको लगबुक
प्रतापपुर गाँउपालिका, समाचार

फिल्ड जाने कर्मचारीका लागि प्रतापपुरले राख्यो फिल्डको लगबुक

नवलपरासी,१२ पुसजिल्लाको प्रतापपुर गाउपालिकाले फिल्डमा जाने कर्मचारीहरुको लगबुक कार्यालयको प्रवेशद्धारमा राखेको छ । कुन कर्मचारी कहाँ गएका छन ? त्यसको जानकारी त्यही लगबुकबाट अन्य कर्मचारी,सेवाग्राही र पदाधिकारीले पढन र जान्न सकुन भनेर ति लगबुक सार्वजनिक रुपमा सबैले देख्ने गरि स्थानमा राखिएको हो ।विभिन्न सेवाग्राही आउने र सम्बन्धित कर्मचारी नभेटाउदा आक्रोसित हुने हुदा सेवाग्राहीको सहजताका लागि सो लगबुक राखिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले बताए । कतिपय कर्मचारी आफु खुशी हिडिदिने र उनीसँग सम्बन्धित सेवा लिन आउने सेवाग्राहीले जानकारी नपाउदा समस्या देखिन थाले पछि लगबुकको शुरुवात गराएको उनको भनाई छ । शुसासनको यो पनि एक पाटो हो,उनले भने,फिल्डमा गएका कर्मचारीले लगबुक भरेर बाहिर जादा उनको त्यही अनुसार फिल्ड अनुगमन पनि गर्न सकिन्छ । भ्रमण आदेश भर्ने तर लगबुक नभरी कर्मचारी ज...
बेलाटारी—कठहवा सडकमा ग्राभेलमा मात्रै सत्तरी लाखको भ्रष्टाचार
प्रतापपुर गाँउपालिका, समाचार

बेलाटारी—कठहवा सडकमा ग्राभेलमा मात्रै सत्तरी लाखको भ्रष्टाचार

नवलपरासी, ९ पुसजिल्लाको कठहवा—बेलाटारी सडक निर्माण कार्यमा अनियमितता देखिएको छ । ठेकेदारले बेलामा काम नगर्नु एउटा कुरा आर्को तिर सडक निर्माणमा तोकिएको मापदण्ड अनुसार काम नगरि अनियमितता गरेको कुरा खुल्न थालेको हो ।लामो समय देखी सम्पर्कमा नरहेको ठेकदार सम्पर्कमा आएपछि बेलाटारी–कठहवाँ हुलाकी सडक बन्ने आशा जागे पनि अनियमितता कायम नै रहेको स्थानियबासीले बताएका छन् । एक बर्ष देखि सम्पर्क विहिन रहेको ठेकदार अहिले सम्पर्कमा आपछि उक्त हुलाकी सडक निर्माणको कार्य पुनः शुरु हुने स्थानियमा आशा पलायो तर सडकमा मापदण्ड भन्दा कम समाग्रिको प्रयोग गरि भ्रष्टाचार गरिएको आरोप स्थानिय युवराज मौर्यले बताए । २०७७ सालमा शुरु भएको सडक निर्माणको कार्य गर्दा गर्दै ठेकदार विभिन्न बहाना देखाउदै सम्पर्क विहिन भए पछि निर्माण कार्य ठप्प बनेको थियो,उनले भने, सडक निर्माण कार्य ठप्प भए देखि त्यहाँका स्थानियहरुले घाममा धुलोक...
महेशपुर—त्रिवेणी सडकलाई ‘नेपाल—भारत मैत्री मार्ग’ रुपमा निर्माण गरिनेछ ः प्रदेश साँसद कलवार
प्रतापपुर गाँउपालिका, समाचार

महेशपुर—त्रिवेणी सडकलाई ‘नेपाल—भारत मैत्री मार्ग’ रुपमा निर्माण गरिनेछ ः प्रदेश साँसद कलवार

नवलपरासी,३ मंसिरजिल्लाको महेशपुर नाका जोड्ने महेशपुर त्रिवेणी सडकलाई नेपाल भारत मैत्री मार्गको रुपमा स्थापित गरि निर्माण गरिने सो क्षेत्रका जनप्रतिनिधिले बताएका छन् । सो सडकमा नेपालीसँगै भारतिय नागरिकहरुको आवागमन हुने हुदा नेपाल भारत मैत्री मार्गको रुपमा स्थापित गरि काम हुनु पर्ने नवनिर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य देवकरण जैसवाल(सन्तु)ले बताएका हुन् ।उनका अनुसार भारतिय सिमासँग जोडिएको उतm सडक लुम्बिनी प्रदेशमा पर्ने महेशपुर भन्सार नाका देखी गण्डकी प्रदेशको त्रिवेणी नाका जोड्ने सडक हो । नेपालको लुम्बिनी र गण्डकी प्रदेशलाई सडकले जोडेको छ,उनले भने,नेपालको मात्रै होईन,भारतको उत्तर प्रदेश र विहार प्रदेशलाई पनि जोड्ने सडक पनि हो । यस सडकमा नेपाली भन्दा भारतियले आवागमन गर्ने गरेका छन्, उनले थपे, यो सडक प्राचिन काल देखी नै चल्ने गरेको भए पनि नेपाल सरकार र भारत सरकारको ध्यान गएको छैन् । एक दशक ...
विमा कम्पनीका कारण केरा उत्पादक किसान मर्कामा
प्रतापपुर गाँउपालिका, समाचार

विमा कम्पनीका कारण केरा उत्पादक किसान मर्कामा

नवलपरासी,२ पुसकेरा खेती किसानलाई विमा कम्पनीले वेवास्ता गर्दा किसान मर्कामा परेका छन् । विमा कम्पनीले विमा प्राधिकरणको निर्देशनलाई अटेरी गर्दा विमा किसानले बिमा गर्न नपाउदा किसानलाई मर्का परेको हो ।विमा प्राधिकरण केरा किसानलाई राहत पुग्ने गरि बाली बिमा गर्न निर्देशन दिएको तर बिमा कम्पनीले सो निर्देशनलाई उपेक्षा गरेको आरोप समेत जिल्ला स्थित केरा उत्पादक कृषक संघले जनाकारी गराएको छ । केराको विषयमा बिमा प्राधिकरणको बिमा कम्पनीलाई निर्देशन प्रति केरा उत्पादक संघले विज्ञप्ती जारी गरी आपत्ती समेत जनाएको छ । नेपाल बिमा प्राधिकरणको निर्देशनमा निर्धारित केराको बोट र क्षेत्रफल प्रति नवलपरासी केरा उत्पादक संघले प्रेस विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ । जिल्लाका केरा किसानहरु विगतका बर्षदेखि प्रति हेक्टर २५ सय देखि ३ हजारसम्म केराको बोट लगाई बढि केरा उत्पादनबाट लाभ लिईरहेका बेला बिमा प्राधिकरणको प...
नियमन निकायले अनुगमन नगर्दा निर्माण कार्यमा अनियमितता बढेको स्थानियको आरोप
प्रतापपुर गाँउपालिका, समाचार

नियमन निकायले अनुगमन नगर्दा निर्माण कार्यमा अनियमितता बढेको स्थानियको आरोप

नवलपरासी,२ पुुसजिल्ला भित्र अहिले ठाँउ ठाँउमा निर्माण कार्यमा अनियमितता भई रहेको भए पनि नियमन गर्ने निकाय मौन रहेको आरोप स्थानियबासीले लगाएका छन् । जिल्ला अनुगमन सिमिति होस वा जिल्ला भित्रका भए गरेका गतिविधिका लागि जनप्रतिनिधि मुलक निकाय जिल्ला समन्वय समिति(जिसस)ले समेत ति अनियमितता प्रति ध्यान नदिनु प्रति स्थानियले आश्चर्य ब्यतm गरेका हुन् ।जिल्लाको प्रमुख मार्ग हुलाकी राजमार्ग निर्माणमा कमसल इटको प्रयोग होस वा महेशपुर मुल भन्सार जोड्ने सडकको ढल दुबैमा कमसल समाग्रि प्रयोग भई रहेका छन् । कमसल समाग्रि प्रयोग गर्दा महेशपुर भन्सार जोड्ने सडकको ढल भत्किएको छ । त्यसै गरि हुलाकी सडकका पुल कलभर्ट निर्माणमा सिम इटका प्रयोग भई रहेका प्रमाण सहित विभिन्न आम सञ्चार माध्यम र समाजिक सञ्जालमा आउदा समेत नियमन गर्ने निकाय कानमा तेल हालेर बसेको आरोप स्थानियबासीको रहेको छ । अनुगमन निकाय पनि भत्ता मुखी हुदा ...