Author: Bechu Gaud

विद्यालयबाट भविष्यका नेता छानी अवार्ड प्रदान गरिन पाल्हीनन्दनकी उपाध्यक्ष सकिना
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार, समाज

विद्यालयबाट भविष्यका नेता छानी अवार्ड प्रदान गरिन पाल्हीनन्दनकी उपाध्यक्ष सकिना

नवलपरासी,२४ फागुनजिल्लाको पाल्हीनन्दन गाउपालिकामा विद्यार्थीबाट भविष्यका नेता भन्दै अवार्ड प्रदान गरिएको छ । उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) ले सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकासँग भेटघाट कार्यक्रम गर्दै उत्कृष्ट १० जना बालबालिकालाई भविष्यका नेता भन्दै पुरस्कार प्रदान गरेकी हुन् ।गाउपालिकाको वार्ड नं.१ सुनरी स्थित बालशिक्षा निकेतन माविमा पुगेर उपाध्यक्ष सकिनाले उपाध्यक्षको काम कर्तब्य अधिकारबारे जानकारी गराउदै आफु विद्यार्थी देखी नै नेतृत्व गर्ने इच्छा रहेको र काम गर्दै अहिले उपाध्यक्ष भएको सुनाएकी थिईन् । स्वच्छ राजनीतिका लागि पढेलेखेका युवाहरु राजनीतिमा सहभागित हुन पर्छ, उनले भनिन्,त्यसका लागि विद्यालय तह देखी नै विद्यार्थीमा नेता बन्ने उत्साह बढाउनु पर्छ । अहिले विद्यालय,समाज हुदै राज्यका विभिन्न निकायमा नेतृत्व गर्न सकुन भनेर ५ जना छात्रा र ५ जना छात्रलाई भविष्यका नेता भ...
सरावल स्वास्थ्य चौकी छिट्टै आफ्नो भवनमा सञ्चालन हुने
समाचार, सरावल गाउँपालिका, स्वास्थ्य

सरावल स्वास्थ्य चौकी छिट्टै आफ्नो भवनमा सञ्चालन हुने

नवलपरासी,२२ फागुनजिल्लाको सरावल गाउपालिका वार्ड नं.३ को स्वास्थ्य चौकी भवन निर्माणकार्य सम्पन्न भए पछि स्वास्थ्य शाखामा खुम्चिएको स्वास्थ्य चौकी आफ्नै भवनमा सञ्चालन हुने भएको छ । स्वाास्थ्य चौकीका लागि आफ्नै भवन निर्माण भए पछि स्वतन्त्र रुपमा स्वास्थ्यचौकी सञ्चालन हुने गाउपालिकाले जनाएको हो ।तत्कालिन सरावल गाविस हुदा गाविस भवनमा रहेको स्वास्थ्य चौकी पछि सो गाविस भवनमा गाउपालिका कार्यालय तथा स्वास्थ्य शाखा सञ्चालनमा आए देखी दुई वटा साना कोठामा सञ्चालन हुदै आएको थियो । दुई बर्ष पहिला स्वास्थ्य चौकी भवनका लागि गाउपालिकाले बजेट विनियोजन गरि छुट्टै भवन निर्माणका लागि ठेक्का भएको थियो,अहिले भवनको काम सम्पन्न भई सकेको छ । केही दिनमा सो स्वास्थ्य चौकी सञ्चालनमा आउने गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । अहिले सो वार्डको स्वास्थ्य चौकीमा प्याथोलोजी(ल्याब) सेवा समेत सञ्चालन हुदै आएको छ,उनल...
डिपिआर बनाईए पनि बजेट नपर्दा धनेवाखोलाको डुबान नियन्त्रणका कार्य शुरु भएन
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

डिपिआर बनाईए पनि बजेट नपर्दा धनेवाखोलाको डुबान नियन्त्रणका कार्य शुरु भएन

नवलपरासी,२२ फागुनजिल्लाको सरावल गाउपालिकाले बर्षेनी डुबान झेल्दै आएको धनेवा खोलामा काम गर्न बनाएको डिपिआर बनाए पनि काम गर्न नसकिएको जनाएको छ । खोलाको ब्यवस्थापनसँगै खोलालाई उपयोग हुने गरि धनेवा करिडोरको (विस्तृत परियोजना प्रतिवेदन) डिपिआर गराएको भए पनि बजेट अभावले सो डिपिआर अनुसारको काम हुन नसकेको गाउपालकाले जानकारी हो ।डिपिआर अनुसार प्रदेश सरकार र संघिय सरकारमा पठाइएको तर त्यसका लागि बजेट आउन नसक्दा डिपिआरको काम गर्न नसकिएको गाउपािलका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । अहिले पुनः सरकारसँग बजेटको माग गर्दर्छा, उनले भने,थोरै भए पनि आफ्नै स्रोतले पनि केही बजेट बिनियोजन हुन्छ,यो बर्ष काम हुन सकेन्,तर अगामी बर्षमा आफ्नै बजेटले भए पनि कामको शुभारम्भ गछौ । प्रदेश सरकार र संघिय सरकारसँग पनि बजेटका लागि प्रदेश साँसद र संघिय साँसदसँग पनि बजेटको माग गर्ने उनले बताए । यसमा स्थानिय सरकराले मात्रै ह...
मुस्लिम समाजलाई दाईजोमुक्त समाज बनाउन धर्मगुरुहरुको आग्रह
नवलपरासी (ब.सु.प.), समाचार, समाज

मुस्लिम समाजलाई दाईजोमुक्त समाज बनाउन धर्मगुरुहरुको आग्रह

नवलपरासी, २० फागुनपरासीमा फैजाने अहलेबैत कांफ्रेन्स (जलसा)मा धर्मगुरुहरुले मुस्लिम समाजलाई दाइजो मुक्त समाज बनाउनु पर्ने बताएका छन् । दाईजो प्रथाले महिला हिँसालाई प्रोत्साहित गर्ने र समाजलाई विकृत बनाउने हुदा दाईजो मुक्त मुस्लिम समाज हुनु पर्ने आफ्नो प्रबचन मार्फत आग्रह गरेका हुन् ।मदरसा जामिया फैजाने अहलेबैतको आयोजना तथा ओल्मा काउन्सिल नेपालको सहजीकरणमा उक्त कांफ्रेन्स (जलसा) नेपाली समाजमा मुस्लिम समाज पनि एक हो,मुस्लिम समाजले आफ्नो समाजलाई दाईजो र फजुलखर्च मुक्त बनाउदै उदाहरणिय समाजको रुपमा स्थापित हुनु पर्नेमा प्रबचन दिईने मुस्लिम धर्मगुरुहरुको भनाई थियो । कांफ्रेन्स ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको संयोजकत्वमा भएको उक्त जलसाले मुस्लिम समाजलाई जागरुक बनाउने उदेश्यले गरिएको थियो । झण्डै दुई हजारको संख्यामा मुस्लिम समुदायको उपस्थिती रहेको थियो । उक्त जलसामा ...
गण्डक नदीमा बगर खेतीलाई प्रोत्साहित गर्दै कृषि ज्ञान केन्द्र
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

गण्डक नदीमा बगर खेतीलाई प्रोत्साहित गर्दै कृषि ज्ञान केन्द्र

नवलपरासी,२० फागुनजिल्लाको गण्डकी(नारायणी) नदी किनारमा बगर खेती तर्फ स्थानिय युवाहरु उत्साही देखिएका छन् । गाँउघर नजिकै रहेको बखरमा पनि खेती गर्न सकिन्छ भनेर जानकारी नपाएका स्थानिय सो बगरमा गत बर्ष भारतबाट आएका केही किसानले खरबुजा खेती गरेर लाखौ आमदनी गरि फर्के पछि त्यस तर्फ अहिले आकर्षित भएका हुन् ।गत आर्थिक बर्षमा बगरखेतीका लागि लुम्बिनी प्रदेश सरकारले पाठएको १० लाख अनुदान फ्रिज भएर गयो,अहिले सो अनुदान ५० प्रतिसत कटेर आउदा बखरखेती गर्न किसान उत्साही देखिए । कृषि ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले भने,बालुवाले भरिएको बखर पनि आमदनीको स्रोत हुन सक्छ,भनेर अहिले पहिचान पाएको बताए । उनका अनुसार अहिले स्थानिय युवाहरु ५ विघा (१०० कट्टा)मा खरबुजा खेती शुरु गरेका छन् । उनीहरुलाई प्रति कट्ठा ५ हजारका दरले अनुदान कार्यालयले उपलब्ध गराउने छ । घरमै खरबुजाको नर्सरी तयार गरि अहिले बगरमा रोप्ने...
पाल्हीनन्दन गाउपालिकामा स्थानिय युवालाई नमुना संसादको अभ्यास गराईदै
पाल्हिनन्दन गाउँपालिका, राजनीति, समाचार

पाल्हीनन्दन गाउपालिकामा स्थानिय युवालाई नमुना संसादको अभ्यास गराईदै

नवलपरासी,१९ फागुनसंसदिय अभ्यासका लागि पाल्हीनन्दन गाउपालिकाका स्थानियहरु युवाहरु सक्रिय भएका छन् । नेपाल सरकार राष्ट्रिय युवा परिषदको नमुना युवा संसद अभ्यास कार्यक्रम अन्तरगत हुन लागेको कार्यक्रममा स्थानिय युवाहरुले सक्रियता देखाउन थालेका हुन् । परिषद र गाउपालिकाको सहकार्यमा जिल्लाको यो पाल्हीनन्दन गाउपालिकाको वार्ड नं.२ हरपुरमा यस्तो कार्यक्रम गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । यो कार्यक्रम जिल्लाको पाल्हीनन्दन गाउपालिकाका छनौट भएको छ, उनले भने, यो पाल्हीनन्दन गाउपालिकाको लागि सौभाग्य हो । जुन संसद र संसदिय कार्य समाचारमा हेर्ने र पढने गरेका थिए । त्यसैलाई प्रत्यक्ष अनुभुतिका लागि सानै देखी अभ्यास गर्न पाउने मौका पाएका छन् । यसका लागि युवा परिषदले अवसर जुराएकोमा उनले परिषदलाई आभार ब्यतm गरेका थिए । उनका अनुसार अहिले संसदिय अभ्यासका लागि गाउपालिका भरि ...
बाली उपचार चिकित्सामा ब्यस्त भुपु बरिष्ठ उपसचिव मिश्र
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

बाली उपचार चिकित्सामा ब्यस्त भुपु बरिष्ठ उपसचिव मिश्र

नवलपरासी,१९ फागुनलुम्बिनी प्रदेश सरकारको बाली विज्ञान प्रयोगशालाको जिम्मेवारी सम्मालिदै आएका बरिष्ठ उपसचिव अवकाश लिएर आफ्नै बाली उपचार चिकित्सा तथा उपचार केन्द्र सञ्चालनमा ल्याएका छन् । सरकारी सेवा गरेर अवकाश लिए पछि पनि आफ्नो ज्ञान र सिपलाई किसानका लागि उपयोगी हुने गरि जिल्लाको प्रतापपुर गाउपालिकामा भुतपुर्व बरिष्ठ उपसचिव देवेश कुमार मिश्रले उतm उपचार केन्द्र सञ्चालनमा ल्याएका हुन् ।पशु रोग सम्बन्धि विभिन्न सेवा केन्द्रमा चिकित्सक भए पनि बनस्पति जन्य बालीनालीमा आउने गरेको समस्यालाई कम आकलन गरिने र समान्य लापर्वाहीले पनि किसानले नोक्सानी ब्यहोर्ने अवस्था अहिले पनि विद्यमान रहेको छ । लक्षणको आधारमा अहिले पनि उपचार गर्ने गरिएको छ, उनले भने, तर कारणको आधारमा उपचार गरियो भन्ने किसानको नोक्सानी हुदैन वा कम हुन्छ । यसले गर्दा आफुले जानेको र अनुभवले सिकेको कुरालाई उपचार केन्द्र मार्फत किसानलाई स...
स्वास्थ्य र संघसस्था दर्ता ऐन पास गर्दै पाल्हीनन्दनको १६ औ गाउसभा सम्पन्न
पाल्हिनन्दन गाउँपालिका, राजनीति, समाचार

स्वास्थ्य र संघसस्था दर्ता ऐन पास गर्दै पाल्हीनन्दनको १६ औ गाउसभा सम्पन्न

नवलपरासी,१८ फागुनजिल्लाको पाल्हीनन्दन गाउपालिकाको १६ औ गाउसभा दुई वटा ऐन पास गर्दै सम्पन्न भएको छ । गाउपालिकाले स्वास्थ्य ऐन २०८० र संघसस्था दर्ता सम्बन्धि ऐन २०८० सँगै लैगिँक समानता,अपाँगता तथा समाजिक समावेशिकरण नीति २०८० र बिनियोजन विधेयकको संसोधन गर्दै सो नगरसभा सम्पन्न भएको हो ।गाउपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताको अध्यक्षतामा भएको उतm सभामा बिधायन समितिका संयोजक तथा गाउपालिकाका प्रवतmा समेत रहेका कृष्णचन्द्र यादवले ति विधेयकहरु प्रस्तुत गरेका थिए । त्यसको ब्याख्या र औचित्य माथि गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले प्रकाश पारेका थिए । ति विधेयकहरुलाई गाउसभा सदस्यहरुले सर्वसम्मतले पास गरेका थिए । त्यसै गरि अगामी दिनहरुमा गाउपालिकाको राजश्व वृद्धिका लागि दर भन्दा दायराको वृद्धि गर्नु पर्ने र थप राजश्वको स्रोत खोजीमा लाग्नु पर्ने गाउपालिकाकी उपाध्यक्ष फातिम अंसारी सकि...
प्रतापपुर गाउपालिकाको बाउन्नगढी नै प्राचीन बौद्ध कालिन गजगढी
प्रतापपुर गाँउपालिका, समाचार, संस्कृति

प्रतापपुर गाउपालिकाको बाउन्नगढी नै प्राचीन बौद्ध कालिन गजगढी

नवलपरासी,१८ फागुनजिल्लाको प्रतापपुर गाउपालिका २ स्थित बाउन्नगढी क्षेत्र बौद्धकालिन भएको गाउपालिकाले जनाएको छ । प्राचीन कोलिय गणराज्य अन्तरगत नै बौद्ध कालिन प्राचीन (गजगढी) अर्थात अहिलेको बाउन्नगढी भएको बताउदै गाउपालिकाले बौद्ध स्थलको रुपमा विकास गर्ने योजना रहेको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताएका हुन् ।प्राचीन कोलिय गणराज्य अन्तरगत ठूलो संख्यामा गज(हात्ती) सैनिक रहेको र उतm सैनिक गढ पनि यसै क्षेत्रमा रहेको बौद्ध गन्थहरुमा उल्लेख भएको पाइन्छ । सोही गजगढी कालान्तरमा बाउन्नगढी भएको र यस क्षेत्रमा देवीदेवताको पुजा आजा समेत हुने गर्दा यहाँ बाउन्नगढी देवीको रुपमा अहिले पनि पुजापाठ हुदै आएको छ,गाउपालिका अध्यक्ष यादवले भने,तर यसको प्राचिनताको पहिचान र ऐतिहासिक खोज अनुसंधान गर्दै यसलाई वृहद लुम्बिनीक्षेत्र(ग्रेटर लुम्बिनी)सँग जोडेर विकासका लागि गाउपालिकाले योजना बनाउने छ । यो प्राचिन सम्...
छात्रा आवासिय मदरसा इस्लामियाका छात्रालाई भेटिन पाल्हीनन्दनकी उपाध्यक्ष सकिना
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार

छात्रा आवासिय मदरसा इस्लामियाका छात्रालाई भेटिन पाल्हीनन्दनकी उपाध्यक्ष सकिना

नवलपरासी,१७ फागुनजिल्लाको पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) ले छात्रा आवसिय मदरसा इस्लामियाका बालबालिकाहरुलाई भेटेकी छिन् । छात्रबासको समस्याहरुको पहिचान गर्नका लागि उनले आवासिय रुपमा सञ्चालन हुदै आएको पाल्हीनन्दन ३ बेलासपुर स्थित सो मदरसाका छात्राहरुलाई एक कार्यक्रमको आयोजना गरि भेटघाट गरेकी हुन् ।उनी अभियानकै रुपमा सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकाको समस्याको सुनुवाई गर्न मदरसा र विद्यालयमा कार्यशाला,अन्तरक्रिया,प्रश्नोत्तर गर्दै आएकी उपाध्यक्ष सकिनाले छात्रबासका समस्या बुझ्नका लागि प्रत्यक्ष भेटघाट गरेकी थिईन् । प्रमख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल सहित उनी छात्रबासको समस्या गाउपालिकाबाट सकेसम्म सम्बोधन गर्नका लागि भेटघाट गर्न पुगेको उनका स्वकिय सचिव इमरान अलीले बताए । उनका अनुसार बालबालिका तथा विद्यालय र समुदायका समस्या बुझ्नका लागि सो कार्यक्र...