
नवलपरासी,२७ भदौ
जिल्ला अस्पताललाई सुदृढ बनाइ जनतालाई प्रभावकारी स्वास्थ्य सेवा दिने कार्यमा पुर्व कानुन मन्त्री तथा प्रतिनिधि सभा सदस्य (साँसद) धु्रव बहादुर प्रधानले चाँसो देखाएका छन् । अस्पतालमा चिकित्सक नहुदा प्रभावित बनेको स्वास्थ्य सेवा प्रवाहका लागि चिकित्सकको ब्यवस्थापनका लागि उनी संघिय स्वास्थ्य मन्त्रालय पुगेरका हुन् ।
जिल्ला पृथ्वी चन्द्र अस्पताल लुम्बिनी प्रदेश अन्तरगत भए पनि अस्पतालको समस्या समाधानमा संघिय सरकारले पनि सहयोग गर्न चाँसो लिइनु पर्यो भन्दै साँसद प्रधानले कृयाशिलता देखाएको अस्पतालले जनाएको थियो । साँसद प्रधानलाई अस्पतालले अस्पतालको चिकित्सक समस्यासँग खानेपानी लगायतका ब्यवस्थापकिय सुविधाका लागि पहल गरिदिन भनि पत्रचार गरेको थियो । सो पत्र प्राप्ती पछि साँसद प्रधान सरोकारवाला मन्त्रालय धाउन थालेका छन् । साँसद प्रधानको अस्पतालको विकास प्रति लगाव रहेको छ,अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले भने, साँसद प्रधानले विगत बर्षमा नै आफ्नो निजी लगानी गरि अस्पताल परिसरमा करोडको प्रसुति भवन निर्माण गराई दिएका छन् ।
अहिले अस्पतालको प्रसुति सेवासँग अप्रेसन थिएटर र इन्डोर सेवा पनि सञ्चालन हुदै आएको छ । साँसद प्रधानले अस्पताल प्रति साँसद नहुदै निजी लगानीमा योगदान पुर्याएका थिए । अहिले त उनलाई जनताले जनादेश पनि दिएका छन्, अध्यक्ष गुप्ताले भने, उनी साँसद पनि यसै क्षेत्रबाट निर्वाचित बनेका छन् । अस्पताल उनकै निर्वाचन क्षेत्रमा रहेको छ । उनी भित्र अस्पतालको विवकास प्रति चाँसो पनि छ, यसले गर्दा अस्पतालका धेरै समस्या समाधान गर्नमा साँसद प्रधानले योगदान पुर्याउने छन् । जुन कुरा अहिलेको उनको सक्रियताले देखाएको छ ।
जिल्लाको एक मात्र जिल्ला अस्पतालको रुपमा सेकेण्डरी ए तहको ५० शैयाको विशेषज्ञ अस्पतालको रुपमा यस क्षेत्रका जनताहरुलाई सेवा प्रवाह गर्दै आइरहेको पृथ्वीचन्द्र अस्पतालको साँसद प्रधानले अनुगमन को क्रममा स्विकृत दरबन्दी बमोजिमको विशेषज्ञ चिकित्सकहरुको पदपुर्ति हुन नसकि रहेको जानकारी पाएका थिए । ति सेवा प्रवाहमा कठिनाई भई रहेको तथा गुणस्तरिया सेवा प्रवाहको लागि एनेस्थेसीयोलोजिष्ट विशेषज्ञ चिकित्सक,रेडियोलोजिष्ट विशेषज्ञ चिकित्सक, जनरल फिजिसीयन विशेषज्ञ चिकित्सक, बालरोग विशेषज्ञ चिकित्सक र प्रसुती तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक को अभाव रहेको जानकारी पश्चात उनी स्वास्थ्य मंत्री मोहन बहादुर बस्नेत संग भेटगरि विशेषज्ञ चिकित्सक पठाई दिन अनुरोध गरेका थिए । प्रतिकृयामा मंत्री बस्नेतले पनि तत्काल समस्या समाधान को लागी पहल गर्ने प्रतिवद्धता जनाएको साँसद प्रधानको सचिवालयले जानकारी गराएको छ ।
