भु संरक्षण दिवसको अवसरमा पाल्ही क्याम्पस भुपु विद्यार्थीको संगठन अल्मुनाई एसोसिएसनद्धारा वृक्षारोपण

दर्शक: 168

नवलपरासी,२३ साउन
भु संरक्षण दिवसको अवसर पारेर जिल्ला स्थित पाल्ही बहुमुखी क्याम्पस परासीको भुतपुर्व विद्यार्थीहरुको संगठन क्याम्पस अल्मुनाई एसोसिएसनले वृक्षारोपण कार्यक्रम गरेको छ । क्याम्पस पसिरस भित्र भुतपुर्व विद्यार्थी,प्राध्यापक तथा विद्यार्थीहरुले विभिन्न प्रजातीका विरुवा रोपण गरेका हुन् ।
क्याम्पसलाई हराभरा बनाउने उदेश्यले सो वृक्षारोपण कार्यक्रम गरिएको एसोसिएसनका अध्यक्ष रामचन्द्र भण्डारीले बताए । क्याम्पस स्थापनाकालको पहिलो ब्याचको संस्थापक विद्यार्थी समेत रहेका भण्डारीको नेतृत्वमा अहिले भुपु विद्यार्थी संगठन बनाई क्याम्पसको विकास र प्रवद्र्धन क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । क्याम्पस परिसर भित्र सौन्दर्यमुखी फूलका विरुवाहरु रोपण गरिएको अध्यक्ष भण्डारीले जानकारी गराए । वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथी तथा क्याम्पस प्रमुख कैलाश ठाकुरले पुर्व विद्यार्थीहरुको संगठन अल्मुनाई एसोसिएनले क्याम्पस स्थापना काल देखी हालसम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई समेटेर गठित यो सस्था क्याम्पसको सहयोगी संस्था रहेको बताएका थिए । क्याम्पसको शैक्षिक विकास मात्रै नभई यो वृक्षारोपण लगायत विभिन्न समाजिक गतिविधि गर्दै क्याम्पसलाई समेत सक्रिय बनाई रहेको जानकारी गराएका थिए ।
वृक्षारोपण कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै एसोसिएसनका बरिष्ठ उपाध्यक्ष बेचु गौडले मानिस यो दुनियामा आउने वित्तिकै पहिला बातावरणबाट प्राप्त अक्सिजनको उपयोग गर्छ,त्यस पछि आमाको दुध चुस्छ,अन्तिममा राज्यबाट पाउने पहिचान जन्मदर्ता लगायतका सुविधा उपभोग गर्छ । तर दायित्व बहन गर्ने बेला पहिला राज्यलाई कर तिर्छ,अनि स्वेक्षिक समाजिक सेवा गर्छ र कदम कदाचित मात्र वातावरणिय उत्तरदायित्व बहत तर्फ लाग्नछ । अब भुपु विद्यार्थी एक सचेत नागरिक भएको हुदा वृक्षारोपण गर्दै पर्यावरणिय संरक्षणका कार्यलाई पनि पहिलो प्राथमिकतामा राखेर उत्तरदायित्व बोध हुने बताएका थिए । यो वृक्षारोपण कार्यक्रम पनि भुपु विद्यार्थीको पर्यावरणिय अभियानको शुभारम्भ भएको उनले बताए । कार्यक्रममा नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले विरुवा रोपण गरेर मात्रै हुदैन यसाई वृक्ष नबनाउन्जेलसम्म संरक्षणको जिम्मेवारी पनि सबैले लिनु पर्ने बताएका थिए । कार्यक्रममा लेखापढी ब्यवसायी अर्जुन क्षेत्री,सहायक क्याम्पस प्रमुख दिपक अर्याल लगायतको पनि सहभागिता रहेको थियो ।

Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *