अलपत्र जिल्ला स्तरिय सडकमा लुम्बिनी प्रदेश सरकारको बजेट

दर्शक: 328

नवलपरासी,२२ साउन
लामो समय देखी अलपत्र अवस्थामा रहेको जिल्ला स्तरिय सडक निर्माण गर्ने गरि लुम्बिनी प्रदेश सरकारले स्वामित्व ग्रहण गरि बजेट बिनियोजन गरेको छ । संघियतामा मुलुक गए पश्चात तत्कालिन जिल्ला विकास समिति मार्फत जिल्ला स्तरिय सडक भनेर चिनिएका अपलत्र सडकहरु मर्मत गर्नका लागि अहिले लुम्बिनी प्रदेश सरकारले स्वामित्व लिई मर्मत सम्भार र स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको हो ।
लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालको पहलमा अलपत्र झण्डै आधा दर्जन अन्तरपालिका जोडिने सडकहरुमा बजेट बिनियोजन भएको उनका स्वकिय सचिव इमामुल खानले जानकारी गराए । उनका अनुसार पोखरापाली बैरागनाथ सडकमा ५० लाख,मञ्झरिया सनई सडकमा १ करोड,उजैनी लोहरौली चमनटोला सडकमा १ करोड ३० लाख,पोखरापाली ज्यामिरे सडकमा ५० लाख,बासा पिपरहिया सडकमा १ करोड ५० लाख र तुरिया घिनहा पुल निर्माणका लागि १ करोड बजेट विनियोजन भएको छ । तत्कालिन जिविसले जिल्ला स्तरिय र इलाका स्तरिय सडक निर्माण गरि मर्मत सम्भार र स्तरोन्नीको काम गर्दै आएकोमा पछिल्लो पटक त्यस्ता सडकहरु दुई भन्दा बढि पालिका जोड्ने गरि परेको अवस्था र जिविस खारेज भएको अवस्थामा त्यस्ता सडकहरुको जिम्मेवारी कुन निकायले लिएर गर्ने हो भन्दै प्रदेश साँसदसँग स्थानियले प्रश्न उठाउदै आएका थिए ।
अहिले लुम्बिनी प्रदेश सरकार मार्फत केही सडकहरुमा बजेट बिनियोजन भएका छन् । तर अझै पनि धेरै त्यस्ता सडक पुर्वाधारहरु सुचिकृत नभई सकेका कारण कुन सरकारले स्वामित्व लिई काम गर्ने हो । ्रत्यसबारे निक्यौल हुन सकेको छैन् । यसका लागि जिल्ला समन्वय समितिले कम्तीमा पनि संघिय साँसद,प्रदेश साँसद र स्थानिय तहका प्रमुखहरुको संयुतm भेला गराई कुन सडक कुन स्तरको हो ? भनेर छुट्टयाए पछि जनताले सम्बन्धित जनप्रतिनिधिसँग माग उठाउन सहज हुने समेत स्थानियले माग गर्दै आएका छन् ।

Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *