जिल्लाका डुबान लगायतका समस्या लिएर जनप्रतिनिधि मण्डल युपी मुख्यमन्त्री योगिलाई भेट्न जाने

दर्शक: 104

नवलपरासी,२४ असार
भारतसँग जोडिएका र भारतिय सहयोगमा समस्या समाधान गर्न सक्ने विषयबस्तुलाई लिएर जिल्लाका जनप्रतिनिधिहरु भारत उत्तर प्रदेश(युपी)का मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्ने भएका छन् । असार अन्तिम सातामा जिल्लाका सातवटै पालिका प्रमुख र जिल्ला समन्वय समिति(जिसस)प्रमुख भगौती प्रसाद यादव सहितको जनप्रतिनिधि मण्डल युपी मुख्यालय लखनउ जाने तयारीमा जुटेका हुन् ।
मुख्यमन्त्री योगीलाई भेट्नका लागि चाँजो पाँजो मिलाई दिन पुर्व गृहराज्यमन्त्री तथा साँसद देवेन्द्रराज कण्डेललाई जिम्मेवारी सुम्पिएको जिसस प्रमुख यादवले बताए । तयारीका लागि रामग्राम नगरपालिकामा कण्डेल,जिसस प्रमुख यादव लगायत पालिका प्रमुखहरुको अनौपचारिक बैठक समेत बसेको थियो । योगी तथा युपी सरकारसँग जिल्लाका किसानहरुको मलखाद्य आपुर्ति समस्या,चुरेबाट बगेर भारत तर्फ जाने विभिन्न खोला जलाधार ब्यवस्थापन,धार्मिक पर्यटन मार्ग तथा अन्य पुर्वाधार लगायतका क्षेत्रमा सहयोग माग्ने आपेक्षा लिएर सो जनप्रतिनिधि मण्डल जाने उनको भनाई थियो । चुरेबाट बग्ने खोला नालाहरुको ब्यवस्थानमा भारतिय पक्षको पनि सहयोग अपरिहार्य भएको हुदा प्रत्यक्ष रुपमा भेटेर समस्या समाधानका लागि आग्रह गर्नेछौ,जिसस प्रमुख यादवले भने,आफ्नो समस्या आफैले नभनेसम्म समाधान हुदैन् । समस्या दर्शाए पश्चात समस्या सम्बोधन हुने प्रति उनले विश्वास ब्यतm गरेका थिए ।
जिल्लाका मुख्य समस्याहरुलाई लिपिबद्ध गरि तयारी गर्ने जिम्मेवारी जिससलाई नै लगाइएको सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । चुरेका खोलाका कारण सबै भन्दा बढि समस्या सरावल गाउपालिकाले नै ब्यहोर्दै आएको छ । चुरेबाट बग्ने सुनवल नगरपालिका देखी बर्दघाट नगरपालिकासम्मका दर्जनौ खोलानाला बग्दै सरावलको भुजहवा पुग्ने गर्छ,उनले भने,तर भारतीय भुमिमा पुगे पछि खोला साँघुरो हुदै जलनिकास थुनिदा डुबान हुने गरेको छ । यसबारे पटक पटक गण्डक परियोजना मार्फत भारतिय पक्ष समक्ष कुरा राख्दा सुनुवाइं नहुने भएकोले पनि समस्या मुख्यमन्त्रीलाई भेटेर प्रत्यक्ष रुपमा भन्ने चेष्टा गरिएको उनको भनाई थियो ।
नवलपरासी जिल्लाका तुरिया,झरही भलुही,धनेवा,खुजरा,रैपुरवा प्रमुख जलाधारहरु रहेका छन्,उनले भने, यि सबै जलाधारको पानी भारत तर्फ नै बगेर जाने गरेको छ । जलाधार ब्यवस्थापनमा समेत भारतिय सहयोगको आवश्यकता छ,जिसस प्रमुख यादवले भने,यि जलाधार ब्यवस्थापन नेपाल भारत संयुतm रुपमै हल गर्नु पर्छ । एउटा पक्षले मात्रै हल गरेर हुदैन् । नेपाल तर्फ सफाई र ब्यवस्थापन गरिए पनि भारत तर्फ यनि खोला सफा हुन सकेन भने,जलनिकास थुनिएर डुबान भई नै रहन्छ, यस कारण पनि भारतिय सहयोग र समन्वयको आवश्यकता रहेको उनको भनाई थियो । भारतले सिमा नजिकै गर्दै आएको सडक निर्माणमा पनि प्रयाप्त मात्रामा पुल कल्भर्ट नराखिएको देखिएको छ । त्यसले पनि प्राकृतिक रुपमा बग्ने जलनिकासमा अवरोध सृजना हुदा सिमावर्ति नेपाली भुमि डुबान हुनेछ ।
त्यसै गरि गण्डक क्षेत्रबाट जलनिकासको रुपमा बग्ने लिटिल गण्डक पनि नेपालमा पनि अतिक्रमण भएको र भारत महराजगंजको गडौरामा पुगेर लिटिल गण्डक पुणर् रुपमा थुनिदा त्यसले पनि जलनिकास बन्द भएर नेपाली भुमि डुबान हुने गरेका छन् । ति लिटिल गण्डकलाई पनि मर्मत सम्भार गरि जलनिकासको साधनको रुपमा उपयोग गर्नका लागि भारतिय पक्षलाई सहमत गराउन आवश्यक देखिएको छ,जिसस प्रमुख यादवले भने,लिटिल गण्डक पुरिदा नेपालीलाई मात्र नभई भारतिय नागरिकलाई पनि डुबानको समस्या झेल्न परेको छ । यसले गर्दा पनि जनप्रतिनधि मण्डलले योगी सरकारलाई भेटेर समस्या राख्ने उनले जनाए ।
यस्तै जिल्लाको प्रमुख महेशपुर नाका भएर जाने महेशपुर-त्रिवेणी तथा अनोमाघाट जोड्ने पर्यटन मार्गको रुपमा पनि भारतिय सहयोगको आपेक्षा गरिएको छ । सो सडकलाई नेपाल भारत पर्यटन मैत्री मार्गको रुपमा निर्माण गर्नका लागि पनि आग्रह गरिने छ । त्यसैगरि गोरखपुर मन्दिरको प्रतिनिधि स्थलको रुपमा रहेको नेपालको पाल्हीनन्दन २ गोपालपुर स्थित गोरक्ष मन्दिर क्षेत्रलाई पनि पर्यटकिय स्थलको रुपमा विकास गर्नका लागि पनि आवश्यक पुर्वाधारमा सहयोग गर्नका लागि आग्रह गरिने छ । जिल्लाका किसानले बर्षेनी मलखाद्यका समस्या झेल्ने गरेको हुदा जिल्ला स्थित स्थानिय सरकारको रुपमा रहेको गाउपालिका र नगरपालिकाले आफै प्रत्यक्ष मलखाद्य खरिद गर्ने सोचमा रहेको हुदा त्यसको पनि वातावरण मिलाईदिनका लागि पनि मुख्यमन्त्री योगिसमक्ष कुरा राखिने उनको भनाई थियो । यसरी स्थानिय स्तरबाट जिल्लाका समस्यालाई लिएर भारतिय सरकार प्रमुखसँग जनप्रतिनधिहरु पहिलो पटक भेट्न जाने हुदा त्यहाबाट पनि सकारात्मक सहयोग हुने विश्वास गरिएको पुर्व साँसद कण्डेलले गरेका थिए । कण्डेललाई मुख्यमन्त्री योगिसँग निकट मानिने गरिएको छ ।

Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *