अग्रहरीको नेतृत्वमा हाटबजार जिल्ला समन्वय समिति गठन

दर्शक: 128

नवलपरासी,२३ असार,
निजी क्षेत्रको नेतृत्वदायी संघसस्थाहरुले हाटबाजरमा ब्यवसाय गर्दै आएको किसान तथा ब्यवसायीको समस्या सम्बोधन गर्न छाडे पछि हाटबाजर जिल्ला समन्वय समिति गठन भएको छ । स्थानिय हाटबजार ब्यवसायि राधेश्याम अग्रहरीको नेतृत्वमा ७ सदस्यि तदर्थ समिति बनाई हाटबाजर जिल्ला समन्वय समिति गठन गरिएको हो ।
प्राचिन कालका नगर राज्यको अवधारणामा सञ्चालन हुदै आएको राज्यका बेला पनि हाटबाजर चल्दै आएको तर अहिले राष्ट्रिय राज्यको बेला गठन भएका उद्योग बाणिज्य संघ लगायतका संघसस्थाहरुले हाटबाजरलाई उपेक्षा गर्ने सकेसम्म बन्द गराउने षणयन्त्रमा लागेका कारण हाटबजार ब्यवसायिलाई संगठित गरि ब्यवस्थापनका गर्ने उदेश्यले समिति गठन गरिएको अग्रहरीले बताए । अहिले गठन भएको समिति तदर्थको रुपमा रहेको छ,उनले भने,विस्तारै यसलाई बैधानिक बनाईने र ब्यवस्थापनका कार्य गर्नका लागि सरकारी पक्षसँग समन्वय सहकार्य गरिने छ ।
स्थानिय सरकारका रुपमा अहिले गाउपालिका र नगरपालिकाहरु रहेका छन्,उनीहरुले राजश्व परामर्श समितिको बैठकमा उबासंघका प्रतिनिधि बोलाउने र बैठकमा हाटबजार ब्यवसायिलाई धारासायी बनाउने गरि निर्णय गर्दा पनि नबोलिदिने यस्ता संघसस्थासँग विश्वास गर्ने वातावरण रहेन्,उनले भने,त्यसैले जसको सवाल उसकै नेतृत्वको आवश्यकता महशुस गरेर हाटबजार ब्यवसायिलाई संगठित गर्ने कार्य गछौ । त्यस पछि स्थानिय सरकारसँग सो समितिले हाटबजारका समस्या,ब्यवस्थापकिय कार्य,तथा ब्यवसायि तथा उपभोतmाहरुको अधिकारको पक्षमा काम गरिने छ ।
प्रत्येक पालिकामा दुई भन्दा बढि साना ठूलो हाटबाजरहरु रहेका छन्,उनले भने,ति हाटबजारबाट ठेक्का लगाई पालिकाहरुले बर्षेनी लाखौ रुपिया राजश्व उठाउने गरेका छन् । किसानले उत्पादन गरेका आफ्ना उत्पादन,साना उद्यमीले उत्पादन गरेका स साना परिमाणका मालबस्तुहरु हाटबजारमा बेचेर गुजारा चलाउदै आएका छन् । हाटबजारसँग हजारौको प्रत्यक्ष र परोक्ष रोजगारी जोडिएको छ । हाटबजार पुर्ण प्रतिस्पर्धाको बजार हुने हुदा उपभोतmाहरुलाई पनि सस्तो र गुणस्तरिय मालबस्तु पाउने गरेका छन् । हाटबजार ब्यवसाय मात्रै नभई रोजगार र ग्रामिण सुचना प्रवाह गर्ने थलो पनि हो,अग्रहरीले भने,तर यसको मर्म र भावना ठूलो ब्यवसायि संघसस्थाले बुझ्न सकेनन् । उल्टै स्थानिय सरकार गाउपालिका र नगरपालिकालाई समेत गुमराह गर्दै आफ्नो दुनो मात्र सोझ्याउने कार्यमा लागेको हुदा हाटबजार ब्यवसायी छुट्टै तरिकाले संगठित हुन परेको उनको भनाई थियो ।

Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *