
नवलपरासी,२५ जेठ,
जिल्लाको वर्दघाट नगरपालिकाले ससाँरकोट पर्यटकिय क्षेत्रको रुपमा चिनाउदै पर्यटन क्षेत्रको विकासका लागि जैविक पर्यटकिय पुर्वाधार बनाउने कार्य गर्न थालेको छ । संसारकोट सामुदायिक बन क्षेत्र भित्रका जलासयहरुलाई सिमसार क्षेत्रको रुपमा विकास गर्ने र त्यसलाई पर्यटकिय गन्तब्य बनाउन जैविक पुर्वाधार थप्ने कार्य गर्न थालेको हो ।
विभिन्न नयाँ र रचनात्मक कार्य गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले पहाडी क्षेत्र सँसारकोटलाई पर्यटन तथा पहाडी आर्थिक क्षेत्रको रुपमा विकास गर्ने कार्य भई रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाए । यसका लागि प्राकृतिक सौन्र्यतालाई नविग्रिने गरि अतिआवश्यक बाहेक अधिकाँस पुर्वाधार जैविक हुने उनले बताए । नगरक्षेत्रको सँसारकोट एक छुट्टै पहिचान बोकेको क्षेत्र रहेको छ ।
जलासयमा बन्ने पुल,कलभर्ट समेत काठ र बाँसको प्रयोग गर्ने गरिएको छ,उनले भने,यसले जैविक विविधतालाई पनि मद्द पुर्याउछ । जगल भित्र जलासय,जलासयलाई सिमसार र सिमासार भित्र जैविक पुर्वाधार थपेर पर्यटन पुर्वाधार बनाएर पर्यटन औद्योगिक क्षेत्र बनाएर आर्थिक बिकासको योजना अनुसार काम भई रहेको प्रमुख प्रशासकिय अधिकृत सापकोटाको भनाई थियो । जलासयले प्राकृतिक सौन्दर्यता मात्रै नभई बन भित्रको बन्यजन्तुको बास स्थान बनाउनका लागि पनि जलको सुनिश्चिता चाहिन्छ,उनले भने,जैविक विविधताको आधारका लागि पनि जमिनसँग जल र जंगल हुन आवश्यक हुन्छ,यहिँ प्राकृतिको उपहार हो । यहिँ उपहार हेर्न पर्यटक आउछन् र रमाउछन ।
तराई मधेश र पहाड तिनवटै भुगोल जोडिएको वर्दघाट नगरपालिकाले क्षेत्रगत रुपमा साधन स्रोत र सामथ्र्यको अवस्था विश्लेषण गरि योजनबद्ध तरिकाले काम गर्दै आउने क्रममा पहाडी क्षेत्रलाई पनि आर्थिक क्षेत्रसँग जोडिन सकिने आधार तयार गर्दै आएको छ । सो क्षेत्रमा पुर्वाधारको पहुँच पुर्याउन काम गरेको छ । नगरको सन्तुलित विकास गरेर मात्र नगर समृद्ध हुने मान्यता राखेर नगरपालिकाले काम गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए । नगरपालिकाका नगरप्रमुख सम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उपाध्याय समेतले कहिले सँयुतm र कहिले अ आफ्नो विषयसँग सरोकार राख्ने क्षेत्रको नियमित अनुगमन,परिचालन गर्नुका साथै सबै जनप्रतिनिधि र जनतालाई विकासमा जुट्न उत्पे्रेरित समेत गर्दै आएको उनले जनाए ।
चुरे देखी तराई मधेश जोड्ने वर्दघाट नगरपालिका पुर्व गण्डकी प्रदेशसँग सिमा जोडिएको प्रदेश हो,उनले भने,नेपालकै मध्यभागमा रहेको वर्दघाट नगरपालिकामा पुर्वधार विकास,समाजिक,साँस्कृति विकाससँगै उद्योग,कृषि,पर्यटनलाई उत्तिकै महत्वका साथ काम गरिहेको छ । संसारकोट नगरक्षेत्रको सिरान नै हो,उनले भने,यस क्षेत्रमा साधन स्रोत पुर्याएर संरक्षण र विकास गर्न सकिएमा जिल्लाकै लागि एक पर्यटकिय स्थल बन्ने सम्भावना पनि छ । तराईको गर्मि छल्न एकै छिनमा पहाडको शितल हावापानीमा पुग्न सकिन्छ । सो क्षेत्रको विकासका लागि संघिय र लुम्बिनी प्रदेश सरकारसँग पनि बजेट कार्यक्रम माग गरिएको छ । नगरपालिकाले समेत आफ्नो स्रोत पनि परिचालन गर्दै आएको छ ।
विगतका जनप्रतिनिधिले पनि सँसारकोटलाई महत्वका साथ नै काम गरेका थिए,उनले थपे,अहिले हालका जनप्रतिनिधिले पनि त्यसलाई निरन्तरता दिदै काम गर्न अग्रसर देखिएका छन् । यसले गर्दा केही बर्षमा नगरपालिकाको सिरान सँसारकोटमा आवागमन सहज हुने विश्वास लिएका छौ । यो जिल्लाकै लागि एक पर्यटकिय गन्तब्य बन्ने समेत प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए । उनका अनुसार केही दिन पहिला जिल्ला समन्वय समिति (जिसस) प्रमुख भगौती प्रसाद यादव,नेपाली सेना गोरखदल गणका गणपति कर्नेल ज्ञानकाजी श्रेष्ठ लगायतको टोलीले समेत अवलोकन गर्न आएका थिए । सो क्षेत्रमा सडक,विद्युत,सञ्चार,खानेपानी लगायतका पुर्वाधार विकासमा नगरपालिकाले प्राथमिकता दिएर नै काम गर्दै आएको छ । नगरपालिकाको चाहना र सोच अनुसार अन्य क्षेत्रबाट पनि सहयोग जुट्दै गएमा सँसारकोट वास्तवमा एक नयाँ अनुभुति गर्ने स्थलको रुपमा विकास हुने उनको भनाई थियो ।
Share
