
नवलपरासी,१८ जेठ
जिल्लाको सुस्ता गाउपालिको सिमित साधनस्रोतले सन्तुलित विकास निर्माण गरेर सुस्ताबासीबासीलाई सन्तुष्ट बनाइएको जनाएको छ । बुधवार सुस्ता गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले आफ्नो एक बर्षे कार्यकालको प्रगति विवरण पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गर्दै सो कुरा जानकारी गरेको बताएका हुन् ।
आन्तरिक आय कम र अनुदान पनि थोरै पाउने गरेको भए पनि त्यही सिमित साधनस्रोतको परिचालन गरि लोकप्रिय काम गर्दै आएको उनको भनाई थियो । उनका अनुसार समाजिक सुरक्षाका लागि छोरी सुनौलो भविष्य योजना कार्यक्रम अन्तरगत सुस्तामा जन्मिने छोरी शिशुका लागि जनही २५ हजारका दरले बजेट विनियोजन गरेको र लिनका लागि १ सय ७० जनाले आवेदन समेत दिएका छन् । किसानको उत्पादन शुरक्षित भण्डारणका लागि ५ सय मे.ट.क्षमताको शितभण्डार निर्माण भई सकेकोछ । सुस्ताका युवा युवतीलाई रोजगार र स्वरोजगार बनाउनका लागि मागमा आधारित २० जनालाई ड्राइभिँग तालिम,५६ जनालाई सिलाईकटाई,३३ जना ब्युटीपार्लर,४६ जना पटेर म्याट,५२ जना डल कुशन,२७ जना ब्याग,२० जना हाउस वायरिगँ,२० जना कम्प्युटर,३४ जना दुनाटपरी,१० जना अचार,१२ जना चुरापोते तालिम दिलाइएको छ ।
त्यसैगरि पशुपालक कृषकलाई प्रोत्साहन गर्नका लागि गाईभैसी सुत्केरी कार्यक्रम ल्याएर प्रति सुत्केरी पशु १५ हजारका दरले १ सय ४३ जना किसानका २ सय ६९ वटा पशुलाई वितरण गरिएको छ । ४५ दिने १ सय ५० जनालाई लोकसेवा तयारी कक्षा गराइएको छ । सामुदायिक बन उपभोतmालाई क्षमता अभिवृद्धि तालिम,७० बर्ष माथिका जेष्ठनागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा उपचार,३ सय ९० जना गर्भवती महिलालाई निशुल्क भिडियो एक्सरे सेवा,निशुल्क रतm सेवा,३ वटा स्वास्थ्य चौकीमा प्याथोलोजी सेवा सञ्चालन,३ वटा स्वास्थ्य चौकी भवनको निर्माण समेत गर्ने कार्य भएको छ ।
१७ वटा सामुदायिक विद्यालय र ८ वटा धार्मिक विद्यालयका बालबालिकालाई पाठ्यपुस्तक,झोला तथा पोशाक वितरण,विद्यालयमा अपुग शिक्षक भएकोले ४६ जना शिक्षक तथा बालविकास सहजकर्ता दरबन्दी सृजना गरि लगानी गरिएको छ । आवश्यक विद्यालय पुर्वाधारलाई प्राथमिकतामा राखेर काम भई रहेको उनले जानकारी गराए । विकास निर्माणका कार्यमा स्थानिय जनशतिmको प्रयोग गर्ने गरि रोजगारीको कार्यक्रम सृजना गरिएको छ । त्यसै गरि पुर्वाधार निर्माण तर्फ ३ किलोमिटर कालोपत्रे,ढाई किलोमिटर पिसिस ढलान,८ किलोमिटर ग्राभेल र ५ वटा कलभर्ट निर्माण गरिएको छ ।
त्यसै गरि गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले अगामी दिनका गौरवका आयोजनाबारे जानकारी गराउदै सिद्धार्थगौतमले महाभिनिष्क्रमण लिएको स्थान अनोमा घाटलाई अन्तराष्र्टिय स्तरको धार्मिक तथा पर्यटकिय स्थल बनाउनका लागि डिपिआर समेत गराइ सकिएको जानकारी गराएका थिए । करिब ४४ करोड लागतको डिपिआर बनेको उनले बताए । त्यसमा १६ करोड पर्यटन पुर्वाधार र बाकी अनोमा घाट ब्यवस्थानका लागि खर्च गरिने छ । सो डिपिआर अनुसारको कामका लागि लुम्बिनी प्रदेश सरकार र संघिय सरकारमा समेत पठाइएकोछ । त्यसै गरि सबैको खेतमा सुलभ तरिकाले सिचाई सेवा पुर्याउनका लागि १६ करोड लागतको विद्युतिकरण गरि सिचाई मिटर उपलब्ध गराउने योजना पनि सारिएको छ । महेन्द्र मावि कुडियालाई प्राविधिक विद्यालय बनाउनका लागि माग गरिएको र एक वार्ड एक नमुना विद्यालयको पनि अवधारणा अगाडी सारी विद्यालय ब्यवस्थानका कार्य गरिने जानकारी गराएका थिए ।
