नवलपरासी,९ जेठ
संस्कृतिक संरक्षण गरि पर्यटन ब्यवसाय तर्फ आकर्षित गर्न लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेले बताएका छन् । जिल्लाको रामग्राम नगरपालिका २ झरही किनार स्थित परासी हाटबाजर लाग्ने स्थलमा पहिलो रामग्राम साँस्कृतिक मेला २०८० को उदघाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

नेपाल पर्यटन उद्योगको सम्भावना बोकेको देश हो,त्यसमा पनि लुम्बिनी प्रदेशको नवलपरासी,रुपन्देही र कपिलबस्तु जिल्ला भगवान बुद्धसँग सम्बन्धित भएको हुदा सांसरका बौद्धमार्गिहरुलाई आकर्षित गरि पर्यटन उद्योग फस्ताउन सक्ने प्रसस्त सम्भावना भएको क्षेत्र हो । यो रामग्राम नगरपालिकामा रामग्राम स्तुपमा भगवान बुद्धको अस्तुधातु अवस्थित छ,उनले भने,धातु भएको माटो नै संसारका लागि पवित्र माटो बन्न सक्छ,यहाँका बाटो संसार भरि एक ग्राम माटो एक डलरमा बेच्न सकिन्छ,तर त्यसका लागि नगरपालिका र स्थानियबासी सक्रिय र जागरुक बन्नु आवश्यक छ । उनले प्राचिन बुद्ध संस्कृतिको जगेर्नासँगै परापुर्वकाल देखी रहेको संस्कृतिको जगेर्ना गर्ने,संरक्षण र सम्बद्र्धन गर्नमा यस्तो साँस्कृतिक मेलाको ठूलो योगदान हुन्छ ।

पहिलो सास्कृतिक मेला २०८० साँस्कृतिक संरक्षण अभियानको पहिलो खुडकिला भएको र रामग्राम वार्ड नं.२ ले यो कार्य शुभारम्भ गरेर राज्यको सानो इकाईबाट यस्तो अभियानको थालनी भएको लुम्बिनी प्रदेश साँसद खड्क बहादुर बस्नेतले बताए । सय माईलको यात्रा पहिलो कदमबाट हुन्छ,भन्ने यथार्थलाई स्मरण गराउदै उनले अगामी दिनमा यसलाई अझ ब्यवस्थित र परिस्कृत गर्दै लैजान र त्यसमा स्थानिय तहसँगै लुम्बिनी प्रदेश सरकारको तर्फबाट पनि सहभागिता जनाउने प्रतिवद्धता जनाएका थिए । उदघाटन कार्यक्रम रामग्रामका नगरप्रमुख धनपत यादवको अध्यक्षतामा भएको थियो । स्वागत उपप्रमुख सम्झना चौधरीले गरेकी थिईन् । सञ्चालन सञ्जय शर्माले गरेका थिए । मेलाको संमायोजन वार्ड नं.२ का वार्ड अध्यक्ष निरज रौनियारले गरिहेका छन् ।

उदघाटनमा सम्पुर्ण राजनीतिक दलको तर्फबाट नेपाली काँग्रेसका नेता विक्रम यादव,सम्पुर्ण मिडियाको तर्फबाट कोलिय खबरका सम्पादक तथा परासी प्रेस क्लबका अध्यक्ष बेचु गौडले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्थानिय फरुवाही नृत्यबाट शुरु गरिएको थियो । भोजपुरी गितमा स्थानिय कलाकारले नृत्य प्रदर्शन गरेका थिए । जेठ २० गतेसम्म चल्ने उतm मेलामा बाल उद्यान,विभिन्न स्टलहरुसँगै नेपाली तथा भोजपुरीका स्टार कलाकारहरुको प्रस्तुति रहने छ । मेला भित्रै कुस्ति समेत सञ्चालन हुने छन् ।
