मनोरोगी पत्ता लगाउन सुस्ताले दिलायो स्वास्थ्यकर्मीलाई नशा तथा मनोरोग सम्बन्धि तालिम

दर्शक: 58

नवलपरासी,२५ चैत्र
जिल्लाको सुस्ता गाउपालिकाले पालिका भित्रका स्वास्थ्यकर्मीलाई नशा तथा मनोरोग सम्बन्धि पाँच दिवसिय तालिम प्रदान गरि प्रयोगात्मक उपचारका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गाँउमै नशा रोग सम्बन्धि विरामीलाई प्राथमिक उपचार दिन सक्ने गरि स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्दै तालिमको अन्तिम दिन त्यस्ता विरामीलाई कसरी उपचार गर्नेबारे स्वास्थ्य शिविर समेत सञ्चालन गरेको हो ।
स्वास्थ्यचौकीमा कतिपय विरामी आउदा कसरी मनोविमर्श गर्ने,समस्या बुझ्ने र सहज तरिकाले निदान गर्न सक्नुका साथै यदि नशा तथा मनोरोग सम्बन्धि लक्षण देखिएमा प्राथमिक उपचार गरेर नशा तथा मनोरोग बिशेषज्ञ कहाँ प्रेषण गर्ने उदेश्यले यस्तो तामिलको आयोजना गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । उनका अनुसार गाउपालिका भित्र रहेका स्वास्थ्यकर्मीलाई पाँच दिनसम्म नसा तथा मनोरोग सम्बन्धि तालिम प्रदान गरिएको थियो । पाँच दिनसम्म तालिम दिलाईयो,उनले भने,तालिम पश्चात कसरी परामर्श गर्ने,पहिचान गर्ने र उपचारका लागि प्रेषण गर्ने कलाको प्रयोगात्मक सिकाईका लागि प्रशिक्षक र मनोरोग विशेषज्ञको रोहबरमै गाउपालिकाले स्वास्थ्य शिविर गरेको हो ।
यसले तालिमलाई ब्यवहारिक रुपमा सिकाई गराएको छ । स्वास्थ्यकर्मी समेत उत्साही भएको गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले बताईन् । एउटै बजेट कार्यक्रमले तिन प्रकारको काम गरियो । मनोरोग सम्बन्धि स्वास्थ्यकर्मीलाई तालिम कार्यक्रम राखिएको थियो । तर सोही बजेटले पाँच दिनसम्म स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिए पछि ब्यवहारिक ज्ञानका लागि विश्व स्वास्थ्य दिवसको अवसर पार्दै सोही रोगसम्बन्धि स्वास्थ्य शिविरको समेत आयोजना गरिएको थियो । यसले विरामीलाई पनि प्रत्यक्ष लाभ पुगेको छ,स्वास्थ्यकर्मीलाई पनि ब्यवहारिक ज्ञान प्राप्त भएको छ । सृजनात्मक सोच बनाइयो भने थोरै बजेटले पनि धेरै काम गर्न सक्ने यो एउटा उदाहरण भएको बताउदै उपाध्यक्ष चौधरीले अन्य बजेट कार्यक्रममा पनि थोरै साधन स्रोतले भेट्ने विषयलाई जोडियो भने अधिक्तम लाभ लिन सकिन्छ,भनेर अन्य शाखाहरुलाई पनि यो दृष्टान्त बन्ने उनको भनाई थियो ।
स्वास्थ्य शिविर सञ्चालन गर्दा ७० जना मनोरोगको आशंका गरिएका विरामीको जाँच गरिएको गाउपालिकाको स्वास्थ्य शाखा प्रमुख निर्मला कुश्वाहाले बताईन् । गाउपालिकासँग थोरै बजेट भए पनि सकेसम्म अधिक्तम सेवा प्रदान गर्ने गरि कार्यक्रम बनाईदै आएको उनको भनाई थियो । धेरै विरामीलाई यसले लाभ पुर्याएको छ, उनले भनिन,स्वास्थ्यकर्मीले पनि तालिममा नशा तथा मनोरोगसँग सम्बन्धि विरामीलाई कसरी ब्यवहार गर्ने,फकाउने,काउन्सेलिगँ गर्ने,उपचार गर्ने,औषधीको प्रयोग गर्न सिकाउने ब्यवारिक अभ्यास पनि भएको छ । केही स्वास्थ्यकर्मीले पहिला विरामीको उपचारको क्रममा झर्कने र राम्रो ब्यवहार नगरेको गुनासो पनि उठ्दै आएको थियो । त्यही भएर कतिपय विरामीलाई नशा तथा मनोरोग पनि हुन सक्छ,उनीको फरक ब्यवहारका कारण स्वास्थ्यकर्मी रिसाउने,झर्कने कारण बन्थ्यो,उनले भनिन्,तर तालिममा विरामीको आनीबानीले पहिला समस्याको पहिचान गर्नका लागि आफु सैयम भएर सोध अनुसंधान गरिनु पर्छ भनेर तालिममा सिकाईयो,तालिम पश्चात स्वास्थ्यकर्मीहरुले पनि ति कुरा मनन गर्दै अंगिकार गरेका छन् ।
आउदो दिनमा स्वास्थ्यचौकीमा स्वास्थ्य सेवा लिन जाने विरामीले फरक ब्यवहार पाउनेमा हामी विश्वस्त भएको उनको भनाई थियो । देवदह मेडिकल कलेजका विशेषज्ञ चिकित्सक र लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकले स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेका थिए । सुस्ता गाउपालिकामा ५ वटा स्वास्थ्यचौकीहरु रहेका छन् । स्वास्थ्यचौकीमा प्राथमिक सेवा प्रदान गर्दै आएको भए पनि गाँउ ठाँउमा नशा तथा मनोरोगका विरामी पनि हुने गर्दा त्यस्ता विरामीको पहिचान गरि समान्य काउन्सेलिगँ गरि विशेषज्ञ चिकित्सक कहाँ पठाउने कार्यमा अब यो शिविर सहितको तालिम सहयोगी बन्ने उनको भनाई थियो । सुस्ता नवलपरासीको दुर्गम पालिकाको रुपमा रहेको हुदा त्यहाँका विरामी नशा तथा मनोरोग सम्बन्धि सेवा लिनका लागि ३० किलोमिटर भन्दा बढि टाढा परासी सदरमुकाम,भैरहवा र बुटवल जानु पर्ने बाध्यता छ । नशा तथा मनोरोगका लक्षण भएका विरामी भए पनि उचित परामर्श नपाएका कारण गाँउमै अलपत्र हुने अवस्था पनि छ ।

Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *