Month: ३० फाल्गुन २०७९, मंगलवार

रासायनिक मलखाद्य खरिदको अधिकार पनि संघ सरकारले प्रदेश सरकारलाई दिनु पर्छ: कृषि मन्त्री यादव
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

रासायनिक मलखाद्य खरिदको अधिकार पनि संघ सरकारले प्रदेश सरकारलाई दिनु पर्छ: कृषि मन्त्री यादव

नवलपरासी, २९ फागुन,लुम्बिनी प्रदेश सरकारका कृषि तथा भुमि ब्यवस्था मन्त्री भण्डारीलाल (यादव) अहिरले किसानलाई मल खरिद समेतको अधिकार प्रदेश सरकारलाई दिनु पर्ने बताएका छन् । नवलपरासी केरा उत्पादक संघको छठौ बार्षिक साधारणसभा उदघाटन गर्ने क्रममा सो कुरा बताएका हुन् । रासायनिक मल खरिद गर्ने अधिकार संघ सरकारले आफैसँग राखेको र मल वितरणका कार्य मात्रै प्रदेश सरकारसँग राख्दा किसानको भावना र चाहना अनुसार प्रदेश सरकारले किसानलाई बेलामा मल उपलब्ध गराउन नसकेको जानकारी गराएका थिए । नेपाल कृषि प्रधान देश हो,तर किसानलाई आवश्यक सुविधा पुर्याउन नसक्नु दुर्भाग्य भएको उनको भनाई थियो । किसानलाई कृषि कार्य गर्नका लागि आवश्यक सिचाई,मलखाद्य,उन्नत विँउ,विषादी र उत्पादित बस्तुको बजारीकरण लगायतको समस्या विद्यमान नै रहेको हुदा किसानको समस्याबारे आफु जानकार रहेको बताएका थिए । आफु स्वमं कृषि पेशा गर्दै अहिले राजन...
नाममा कृषि ज्ञान केन्द्र, ब्यवहारमा कृषि अनुदान केन्द्र
कृषि, समाचार

नाममा कृषि ज्ञान केन्द्र, ब्यवहारमा कृषि अनुदान केन्द्र

नवलपरासी,२८ फागुनजिल्लाका कृषकहरुलाई कृषि सम्बन्धि ज्ञान वितरण तथा कृषि सम्बन्धि नयाँ खोज अनुसंधान गर्ने उदेश्यले लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको कृषि ज्ञान केन्दै अनुदान वितरण कार्यमा ब्यस्त हुदा अनुदान केन्द्र जस्तो भएको छ । कार्यालयको उदेश्य र अहिले गरिदै आएको कार्य शैलि नमिलेको अनुभुति ज्ञान केन्द्रका कर्मचारीले नै महशुस गर्दै ज्ञान केन्द्रले ज्ञानको कुरा छाडेर अनुदान वितरण गर्ने केन्द्र बनेको महशुस गर्न थालेका हुन् ।कृषि ज्ञान केन्द्र एक कृषि विज्ञहरु बस्ने र कृषकहरुलाई कृषि शिक्षा,तालिम,गोष्टि,सेमिनार गर्दै प्रयोगात्मक अभ्यास गराउने हो, कृषि ज्ञान केन्द्रका निमित प्रमुख सन्तोष चौधरीले भने,तर सरकारले कृषकका लागि पठाउने गरेको कार्यक्रम अधिकाँस अनुदानको रुपमा वितरण गर्ने खालको हुदा अनुदान वितरणका प्रकृया गत काम गर्दा मुल काम कृषि ज्ञान दिइने कार्य हुन सकेको छैन् । किसानलाई पनि ज्...
चुरे तराईको बन क्षेत्रमै छ,जैविक मल र सिचाई जलको भण्डारण स्रोत
कृषि, समाचार

चुरे तराईको बन क्षेत्रमै छ,जैविक मल र सिचाई जलको भण्डारण स्रोत

नवलपरासी,२५ फागुनचुरे तराईको बन र खोलानाला मल र जलको भण्डार हुन सक्ने अपार सम्भावना बोकेको भए पनि सरकारी निकाय त्यस प्रति उदासिन देखिएको सरोकारवालाले बताएका छन् । चुरे तराईको बन संरक्षण र ब्यवस्थापन मात्र गरे तराई मधेशको भुमिलाई आवश्यक पर्ने जैविक मल र सिचाई जल आपुर्ति हुन सक्ने आधार बनाउन सक्ने सरोकारवालाले त्यस प्रति सरकारी उदासिनता अहिलेसम्म रहेको बताएका हुन् ।किसानलाई पनि चुरेको मल र जलबारे जनचेतना बढाउन नसकि आयातित रासायनिक मल र भुमिगत जल प्रति अभिप्रेरित गर्नु दुर्भाग्य पुर्ण रहेको संघिय सँसद राष्ट्रियसभाका पुर्व साँसद रामलखन हरिजलले बताएका हुन् । राष्ट्रिय सिचाई जल उपभोतmा महासघका पुर्व महासचिव समेत रहेका पुर्व साँसद हरिजनले यसबारे आफुले सदनमा पटक पटक उठाउदै आएको तर संसद र सरकार एक कानले सुन्ने र आर्को कानले उठाउने प्रवृतिका कारण त्यसबारे समान्य खोज अनुसंधान समेत हुन नसकेको बताए । ...
सात करोड लगानीको लुम्बिनी प्रदेशकै ठूलो गोब च्याउ उद्योग नवलपरासीमा सञ्चालन
कृषि, समाचार

सात करोड लगानीको लुम्बिनी प्रदेशकै ठूलो गोब च्याउ उद्योग नवलपरासीमा सञ्चालन

नवलपरासी,२४ फागुनजिल्लाको रामग्राम नगरपालिका १२ कुनवारमा लुम्बिनी प्रदेशकै पहिलो ठूलो लगानीको गोब्रे च्याउ(बटन मसरुम) को उद्योग सञ्चालनमा आएको छ । झण्डै ७ करोड लगानीमा माँ पाल्ही भगवती कृषि फार्म प्रा.लि.ले सो उद्योग सञ्चालनमा ल्याएको हो । बुधवार औपचारिक रुपमा पुजापाठ गरेर उद्योग सञ्चालन गरिएको उद्योगका सञ्चालक नरेश जैसवालले जानकारी गराए । नेपालको दोश्रो र लुम्बिनी प्रदेशको पहिलो ठूलो लगानीको च्याउ उद्योग भएको बताउदै उनले च्याउ उत्पादन प्रकृया सबै आधुनिक प्रविधिमा आधारित आटोमेटिक सिस्टमले चल्ने जनाए । नेपालमा बढदो च्याउको माग आपुर्ति गर्नमा यो उद्योग सहयोगी बन्नेमा उनले विश्वास ब्यतm गर्दै भने,नेपालमा च्याउ आयात भन्दा नेपालमै च्याउ उद्योग स्थापना गरि च्याउको उत्पादन गरौ भनेर उद्योग सञ्चालन ल्याएका छौ । च्याउ उत्पादनका लागि आवश्यक उपकरण,कच्चा पदार्थ तथा प्रशोधन प्रकृयाका लागि प्लान्...
जिल्ला समन्वय समिति नवलपरासीको प्रशासनिक भवनको शिलान्यास
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

जिल्ला समन्वय समिति नवलपरासीको प्रशासनिक भवनको शिलान्यास

नवलपरासी,२२ फागुनझण्डै आठ करोड लागतमा बन्ने जिल्ला समन्वय समिति(जिसस)को प्रशासनिकय कार्यालय भवनको शिलान्यास भएको छ । जिसस प्रमुख भगौती प्रसाद यादवले एक समारोह विच सो भवनको शिलान्यास गरेका हुन् ।कुल ७ करोड ९० लाख ६५ हजार ३ सय ८ रुपिया भ्याट बाहेकको रकममा आकृति पशुपति एभरेष्ट जे.भि. बुटवलले भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको जिल्ला समन्वय अधिकार मान बहादुर खड्काले जानकारी गराएका थिए । रामग्राम नगरपालिका वार्ड नं.४ स्थित आफ्नै करिब ढाई विघा जग्गामा सो भवन निर्माण हुने छ । विगत जिल्ला प्रशासन कार्यालय परिसरमा रहदै आएको साविक जिविसको कार्यालयमा जिसस कार्यालय सञ्चालन हुदै आएको र अहिले जिल्ला प्रशासन कार्यालय समेत नयाँ भवन बन्ने भएको हुदा सो भवन भत्काउने कार्य भई रहेको छ । नयाँ बन्ने भवन पुरै जिल्ला प्रशासन कार्यालयको भवन हुने हुदा जिससले आफ्नो छुट्टै भवन बनाउन लागेको हो । ९ करोड ४२ लाख ५६ ...
सुस्ता गाउपालिकाकी उपाध्यक्ष चौधरीले कार्यालय परिसरमै बोलाएर भेटिन सय भन्दा बढि सुत्केरी
समाचार, समाज, सुस्ता गाउँपालिका

सुस्ता गाउपालिकाकी उपाध्यक्ष चौधरीले कार्यालय परिसरमै बोलाएर भेटिन सय भन्दा बढि सुत्केरी

नवलपरासी,२१ फागुनजिल्लाको सुस्ता गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले गाउपालिका भरिका सुत्केरीहरुलाई गाउपालिकामै भेलाएर भेटघाट गरेकी छिन् । आफ्नै अध्यक्षतामा उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रमको आयोजना नै गरेर करिब एक सय जना सुत्केरीलाई कार्यालय परिसरमा भेटघाट गरेकी हुन् ।आफुले चुनावको बेला गरेको प्रतिवद्धता अनुसार नै सुत्केरीलाई निरन्तर भेट्ने कार्य गरेको उनले भेटघाट कार्यक्रममा बनाएकी हुन् । विगत बर्ष देखी नै महिला क्षेत्रमा क्रियाशिल भई पोषण कार्यकर्ताको रुपमा काम गरि अनुभव संघालेकी उपाध्यक्ष चौधरीले तिनै महिलाहरुले आज मलाई यो गाउपालिकाको उपाध्यक्ष बनाउनमा मतदान गरेर पुर्याएको बताईन् । महिला त्यसमा पनि आमा बने पछि सुत्केरीको अवस्था समस्या बुझ्ने घरपरिवार,समाज र सरकारी निकायबाट थोरै हुन्छन्,उनले भनिन्,सुत्केरी अवस्थामा महिलाहरुलाई शारिरीक र मानसिक रुपमा ठूलो संघर्ष गर्नु पर्छ । शिशुको...
झण्डै १५ करोड लागतमा बन्ने प्रतापपुर गाउपालिका प्रशासनिक भवनको शिलान्यास
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

झण्डै १५ करोड लागतमा बन्ने प्रतापपुर गाउपालिका प्रशासनिक भवनको शिलान्यास

नवलपरासी,२१ फागुनलामो संघर्ष र प्रयत्न गर्दै जिल्लाको प्रतापपुर गाउपालिकाले आफ्नो प्रशासनियक भवन निर्माणका लागि शिलान्यास गरेको छ । भवन निर्माणमा स्थानिय केही पुर्व जनप्रतिनिधिहरुद्धारा अवरोध सृजना भए पनि त्यसलाई पन्छाउदै गाउपालिकाले आइतवार झण्डै १६ करोड लागतमा बन्ने उतm प्रशासनियक भवनका शिलान्यास गर्न सफल भएको हो ।एक औपचारिक कार्यक्रम बिच गाउपालिकाका अध्यक्ष उमेशचन्द यादवले भवनको शिलान्यास गरेको गाउपालिकाले जानकारी गराएको थियो । अघिल्लो कार्यकाल देखी नै प्रशासनिक भवन बनाउन नसक्दा दुई वटा भवन भाडामा लिई सञ्चालन हुदै आएकोले जति सक्दो चाडो आफ्नो प्रशासनिक भवन निर्माण गराउनमा लागि परेको र अहिले भवनको शिलान्यास गरि भवन निर्माण कार्यको शुभारम्भ गरेको गाउपालिका अध्यक्ष यादवले बताए । गाउपालिकाको भवन बनाउन पनि केही विरोधी तत्वका कारण संघर्ष गर्न परेको हो,उनले भने,जबकी यो प्रशासनिक भवन सबैको लागि ...
बालविवाह मुतm गाउपालिका बनाउन कार्ययोजना निर्माण गर्दै सुस्ता गाउपालिका
समाचार, समाज, सुस्ता गाउँपालिका

बालविवाह मुतm गाउपालिका बनाउन कार्ययोजना निर्माण गर्दै सुस्ता गाउपालिका

नवलपरासी,२० फागुनजिल्लाको सुस्ता गाउपालिकाले बालविवाह मुतm गाउपालिका बनाउनलागि कार्ययोजना बनाउने कार्यलाई तिब्रता दिइएको छ । बालविवाह मुतm गाउपालिकाको रुपमा चिनाउनका लागि पहिलो चरणमा सबै सरोकारवाला र अभिभावकहरु विच अन्तरक्रिया गर्दै राय सुझाव लिइने कार्यलाई तिब्रता दिइएको गाउपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताएका हुन् ।शनिवार गाउपालिका भित्रका सक्रिय अभिभावक,विवाह गराउने पण्डित,मौलबी,महिला स्वास्थ्य सेविका,प्रहरी,शिक्षक,बालक्लब र किसोरी समुह तथा जनप्रतिनिधि सहितको कार्यशाला गरि सो कार्य शुभारम्भ गरिएको अध्ययक्ष उपाध्यायले जानकारी गराएका थिए । जिल्लाको पिछडिएको समुदायको बसोबास रहेको सुस्ता गाउपालिका भित्र अहिले पनि बालबिवाह हुने गरेको अवस्थालाई निर्मुल पार्नका लागि बालविवाह मुतm गाउपालिका घोषणा गर्नका लागि काम भई रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । ...
नदीजन्य पदार्थको अबैध निकासी नियन्त्रणमा कडाई गर्न जिल्ला अनुगमन समितिको निर्णय
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

नदीजन्य पदार्थको अबैध निकासी नियन्त्रणमा कडाई गर्न जिल्ला अनुगमन समितिको निर्णय

नवलपरासी,१९ फागुनजिल्ला अनुगमन समितिले जिल्लाका विभिन्न खोलानालाबाट भई रहेको अबैध निकासीलाई नियन्त्रण गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको जिल्ला अनुगमन समितिको बैठकले गरेको निर्णयहरु परासी प्रेस क्लब मार्फत जिल्ला समन्वय समितिले सार्वजनिक गर्दै सो जानकारी गराएका हो ।अनुगमन समितिले गरेका विभिन्न चारवटा निर्णयबारे जानकारी जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवले खोला जन्य पदार्थको चोरी निकासी भई रहेको जनगुनासो आउने गरेको र खोला जन्य समाग्रिमा विचौलियाहरुको अन्त्य गर्ने गरि समाग्रिको उपलब्धता सहज बनाउने निर्णय समेत गराएका थिए । अनुगमन समितिले गरेको निर्णय अनुसार नदीजन्य पदार्थको उपयोग सम्बन्धि सुनवल नगरपालिकाबाट फागुन १६ गते प्राप्त पत्रमा ढुगाँ,गिट्टी,बालुवा उत्खनन विक्रि तथा ब्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ को दफा १२ तथा स्वीकृत प्रारम्भिक वातावरणिय परीक्षण प्रतिवेदनको अधिनमा रही उपरोतm ...
नेपाली सेनामा युवाको आकर्षण बढाउन सरोकारवाला बिच कार्यशाला
समाचार, समाज

नेपाली सेनामा युवाको आकर्षण बढाउन सरोकारवाला बिच कार्यशाला

नवलपरासी,१८ फागुननेपाली सेनामा युवाको आकर्षण बढाउनका लागि नेपाली सेनाले केही नीतिगत सुधारका लागि लुम्बिनी प्रदेशका तिनवटा जिल्लाका सरोकारवालाको सहभागितामा कार्यशाला गरेको छ । नेपाली सेनामा भर्नाका लागि स्थानिय स्तरमा प्रचार प्रसार,गौरव गर्ने स्थान र जिविको पार्जन आयआर्जन तथा कैरियर बनाउने थलोको रुपमा कुरा उठान गर्न नसक्दा सेनामा भर्ना लिइने युवाहरुको आर्कषण घटेका कारण सुझाव संकलनका लागि कार्यशाला बुटवलमा गरेको हो ।बरुण दल गणमा भएको उतm तिनै जिल्लाबाट भुतपुर्व सैनिक,प्रेस,शिक्षक,प्राध्यापक,समाजसेवी सहितको सहभागितामा कार्यशाला भएको जानकारी कर्नेल ज्ञानकाजी श्रेष्ठले बताए । उनका अनुसार कार्यशालामा राम्रा सुझावहरु आएका छन् । ति सुझावलाई मनन गर्दै नेपाली सेनाले अगामी दिनमा काम गर्ने बताएका थिए । कार्यशालामा सेना भर्ना प्रकृया,अवस्थाबारे जानकारी गराइएको थियो । नेपाली सेनाले भर्ना प्रकृया पारदर्...