नवलपरासी,७ माघ
जिल्लाको सुस्ता गाउपालिकाले सुस्तामा ‘आमा शुरक्षा अभियान’ अन्तरगत बर्थिगँ सेन्टर विस्तारसँगै घुम्ति सेवामा चिकित्सक परिचालन गर्ने भएको छ । समाज कल्याण परिषदको समन्वयमा सो अभियान सञ्चालन गर्दै गाउपालिकाले गाउमै सुरक्षित सुत्केरी गराउनका लागि बर्थिगँ सेन्टर र गर्भवति हुदा देखी नै नियमित चिकित्सय परामर्श तथा उपचारका लागि चिकित्सक परिचालन गर्ने जनाएको हो ।
गाउपालिकामै भिडियो एक्सरे सेवा दिदै आएको र विद्यालयमा आमा अभिभावक शिक्षा सञ्चालन गर्दै आएको सुस्ता गाउपालिकाले अहिले आमा शुरक्षा अभियानलाई शसतm बनाईने गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले बताईन् । उनका अनुसार सो अभियान अन्तरगत बर्थिगँ सेन्टर सञ्चालन गरि जिरो होम डिलेभरी(घरमा सुत्केरी हुने अवस्था सुन्य बनाउने) योजना सफल बनाउनका लागि बर्थिगँ सेन्टर सुस्ता गाउालिकाको ५ नंम्बर वार्डमा स्थापना गरिने छ । त्यसै गरि गाउपालिकामा भिडियो एक्सरे सेवा सञ्चालन हुदै आएको छ ।
सो भिडियो एक्सरेको रिपोर्टको विश्लेश्लात्मक परामर्श र औषधी उपचारको प्रिस्किप्न दिनका लागि चिकित्सक आवश्यक देखिदा चिकित्सकलाई स्वास्थ्य चौकीमा दिन पारेर परिचालन गर्ने तयारीमा जुटेको उनको भनाई थियो । पहिलो सुस्ता जिल्लाकै अति दुर्गम क्षेत्रको रुपमा चिनिएको छ । यहाँका गर्भवती महिलाहरुलाई सुत्केरी गराउनका लागि भारतको भर पर्न परेको अवस्था छ,उनले भनिन्,कि सेमरी,वर्दघाट,परासी,भैरहवा र बुटवल जानु पर्ने बाध्यता छ । आफुले महिला दिदी बहिनीलाई गरेको बाचा पुरा गर्नमै लागेको उनले सुनाईन् । सुस्ता अस्पताल निर्माण भई सकेको भए राहत हुन्थ्यो,उनले थपिन,तर अस्पतालका निर्माण कार्य नै प्रारम्भ भएको छैन् । त्यस अस्पताललाई कुर्दा केही आमाहरुले ज्यान गुमाउन पर्ने अवस्था पनि आउन सक्छ ।
गाउपालिकाको अस्पताल नबन्दासम्मका लागि आमा शुुरक्षा अभियानमा नयाँ नयाँ सुविधा थपिदै लैजाने लक्ष्य रहेको चौधरीले सुनाईन् । अहिले गाउपालिका भित्र वार्ड नं.४ मा एउटा बर्थिगँ सेन्टर मात्र छ । गाउपालिकाको १,२ र ३ नम्बर वार्ड प्रतापपुर स्वास्थ्य चौकीको बर्थिगँ सेन्टर र सेमरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रको बर्थिगँ सेन्टर तथा चौपत्त स्थित सामुदायिक अस्पतालमा पुर्याउन केही सहज छ । बाटो घाटो र सुविधा पनि केही सहज छ । तर वार्ड नं.५ दुर्गम जस्तै छ,उनले थपिन, अझ नारायणी नदी पारी सुस्ता भुमिका गाँउ अझै दुर्गममै रहेको छ । त्यसले गर्दा पनि पहिलो प्राथमिकतामा वार्ड नं.५लाई नै राखेर बर्थिगँ सेन्टर स्थापना गर्न लागिएको छ ।
चिकित्सकको रुपमा समाज कल्याण परिषदले एक जना मेडिकल अधिकृतको तलब सुविधा दिने गरि चिकित्सक राखिदिने प्रतिवद्धता जनाएको छ । छिट्टै सम्झौता गरि कार्य प्रारम्भ गछौ । समाज कल्याण परिषदकै सहयोगमा वर्दघाट अस्पताल र चौपत्ता सामुदायिक अस्पतालमा महिला तथा स्त्री रोग विशेषज्ञ(गाईनो) राख्ने पनि जनाएको छ । ति विशेषज्ञ चिकित्सकलाई पनि जटिल अवस्थाका गर्भवती महिला तथा प्रसुतीका लागि महिनाको दुई दिन सुस्ता गाउपालिकामा पठाउने पनि सम्झौता हुने उपाध्यक्ष चौधरीले बताईन् ।
एकातिर आपतकालिन सेवा सुस्ता गाउपालिकाले सञ्चालन गर्दै गर्ने र आर्को तर्फ आफ्नो सुस्ता अस्पताल निर्माणका प्रकृया अगाडी बढाउदै लैजाने योजना अनुसार काम अगाडी बढाउने गरि कार्य भईरहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । अस्पताल निर्माण गर्ने निर्माण कम्पनीले सम्झौता गरेर एक बर्ष भई सकेको छ,तर काम प्रारम्भ गरेको छैन् । काम ठेकेदारले रोकेको छ,उनले भने, ठेक्का रद्द गाउपालिकाले गर्दा ठेकेदारलाई क्षतिपुर्ति गाउपालिकाले तिर्नु पर्छ । त्यो रकम गाउपालिकासँग छैन् । दिए पनि महालेखा परिक्षक तथा अख्तियार दुरुपयोग अनुसंधान आयोगले गाउपालिका प्रशासनलाई दोषी देखाउछन् । नगरे ठेकेदारले काम गरेको छैन् । ठेकेदारको निर्माण गर्ने म्याद पनि अझ एक बर्ष बाकी छ । ठेकेदारले सम्झौता रद्द गर्यो भन्ने उसको धरौटी रकम डुब्छ,यो कानुनी जटिलतामा सुस्ताको अस्पताल अल्झिएको छ ।
अस्पताल निर्माण ढिलाई हुने देखिएको छ । मध्यमार्गको रुपमा अहिले बर्थिगँ सेन्टर थप्ने,घुम्ति चिकित्सक परिचालन गर्ने र बेला बेला विशेषज्ञ बोलाएर जनतालाई स्वास्थ्य सेवा दिदै जाने कार्यमा पालिका जुटेको छ । अस्पताल कानुनी जटिलता पार गर्दै निर्माण हुदै गर्छ,प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने, यसमा समाज कल्याण परिषदले पनि सहयोग गर्ने जनाए पछि गाउपालिकाका महिला तथा गर्भवती सुत्केरी सेवाबाट बन्चित नहुने अवस्थालाई सहजीकरण हुनेमा विश्वास लिएका छौ । स साना सेवालाई जोड्दै अस्पताल सरहको सेवा प्रदान गर्न सकियो भने पनि नागरिक तथा महिलाको स्वास्थ्य तथा प्रजनन स्वास्थ्य सम्बन्धि मौलिक हकलाई हनन हुन बाट बचाउन सकिन्छ । यो उनीहरुको मानवअधिकारको प्रत्याभुती गराउने स्थानिय सरकारको दायित्व भित्र पनि पर्ने हुदा स्थानिय सरकार त्यस प्रति गम्भिर रहेको उनको भनाई थियो ।
